होटल हायात प्रकरणः अंगुरबाबा जोशीको बयानले अड्कियो अख्तियारको मुद्दा



तारागाउँ समितिकी पूर्व अध्यक्ष अंगुरबाबा जोशी। तस्विर साैजन्य: मदनपुरस्कार डट ओआरजी
तारागाउँ समितिकी पूर्व अध्यक्ष अंगुरबाबा जोशी। तस्विर साैजन्य: मदनपुरस्कार डट ओआरजी

हायात होटलको शेयर संरचनामा निजी साझेदारको चलखेल र सञ्चालक समितिमा भएको अनियमिताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन अन्तिम चरणमा पुगेको छ।

अख्तियार स्रोतका अनुसार हायात होटल सञ्चालक समितिमा लामो समय सदस्य रहेकी तारागाउँ विकास समितिकी तत्कालीन अध्यक्ष अंगुरबाबा जोशीको बयानबाहेक अरु अनुसन्धान पूरा भएको हो।

‘हायात होटल प्रकरणमा मुख्य पात्र रहेकी अंगुरबाबा जोशीको बयान लिन अप्ठ्यारो पर्दा मुद्दा बुझाउन ढिलो भइरहेको हो’, अख्तियार उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘अन्य पक्षसँग यो विषयमा बयान लिने र छानबिन गर्ने काम सकिएको छ।’

अख्तियारले पटक पटक बोलाए पनि जोशीले स्वास्थ्य स्थितिको कारण देखाउँदै बयान दिन गएकी छैनन्। ‘स्वास्थ्यका कारण कार्यालय आउन नसकेको भन्नु भएको छ, हामी घरमै गएर बयान लिने प्रयासमा छौं’, अख्तियार स्रोतले भन्यो।

८८ वर्षीया जोशी काठमाडौंको बागबजारस्थित निवासमा बस्दै आएकी छिन्।

हायात होटलका निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) ले सेयर संरचनामा चलखेल गरी सरकारी सम्पत्ति हत्याएको विषयमा पाँच वर्षअघि अख्तियारमा उजुरी परेको थियो। पछिल्लो पटक अख्तियारले होटलको १४ वर्षसम्म लेखापरीक्षण गर्ने सुन्दरमान श्रेष्ठसँग बयान लिएको थियो।

अख्तियारले बयान लिन बाँकी रहेकी जोशी होटल सञ्चालक समितिमा सरकारको तर्फबाट सबैभन्दा लामो समय प्रतिनिधित्व गर्ने व्यक्ति हुन्। जोशीले साढे दुई दशकसम्म तारागाउँ विकास समितिको नेतृत्व गरेकी थिइन्। उनकै पालामा निजी सार्वजनिक साझेदारीअन्तर्गत श्रेष्ठ र सराफ परिवारलाई होटल निर्माणको स्वीकृति दिइएको थियो। २०६२–०६३ को जनआन्दोलनपछि उनले समिति अध्यक्षबाट राजीनामा दिएकी थिइन्।

२०४८ मंसिर ५ को मन्त्रिपरिषद बैठकले १ सय ५० रोपनी जग्गाको साधारण शेयर लिएर तारागाउँ रिजेन्सी होटल लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गर्ने र बाँकी १ सय ५४ रोपनी जग्गा भाडामा दिने निर्णय गरेको थियो। तर २०५१ जेठ ५ मा जोशी नेतृत्वको समिति र निजी साझेदार राधेश्याम सराफ र रामलाल श्रेष्ठ समूहबीच कम्पनी स्थापना हुँदाको भाडाको जग्गालाई समेत पाँच वर्षमा क्रमशः शेयरमा परिणत गर्दै लैजाने सहमति गरेको भेटिएको थियो। सरकारी स्वामित्वको सम्पत्ति निजी कम्पनीको सेयरमा परिणत गर्ने निर्णय मन्त्रिपरिषदबाट गराउनु पर्ने भए पनि निजी साझेदारले जोशीलाई हात लिएर तारागाउँ विकास समितिबाट त्यस्तो निर्णय गराउन सफल भएका थिए। 

मन्त्रिपरिषदकाे निर्णयले भन्छ १५० राेपनी बाहेककाे जमिन 'लिज'मा दिइनेछ।

मन्त्रिपरिषदकाे निर्णयले भन्छ १५० राेपनी बाहेककाे जमिन 'लिज'मा दिइनेछ।

अख्तियारले होटल सञ्चालक समितिका पूर्व अध्यक्ष तथा सदस्य सचिवहरुसहित पर्यटन मन्त्रालयका तत्कालीन पदाधिकारीहरुलाई समेत विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।

२०७३ चैतमा पर्यटन मन्त्रालयले बनाएको छानविन समितिले तत्कालीन अध्यक्ष जोशीलाई मन्त्रिपरिषदले दिएको अख्तियारीभन्दा अघि बढेर भाडामा दिएको जग्गा बैंक धितो राख्न स्वीकृति दिएको औंल्याएको छ। संस्थापक शेयर सदस्य भए पनि समितिको तत्कालीन नेतृत्वले जिम्मेवारीअनुसार भूमिका निर्वाह नगर्दा निजी साझेदारहरुले शेयर संरचनामा चलखेल गरी सरकारलाई नोक्सान पुर्याउन सफल भएको निष्कर्ष दिएको छ। छानविन समितिले सरकारी प्रतिनिधि भएर पनि निजी साझेदारले आर्थिक हिनामिना गर्दा रहस्मय रुपमा चुप रहेको भन्दै जोशीको भूमिकामाथि प्रश्न उठाएको छ।

संसदीय समितिको छुट्टै छानविन
संसदका दुई समितिले होटल हायातको विषयमा छानबिन गरिरहँदा अख्तियारले अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो। संसदको सार्वजनिक लेखा समितिले महालेखा परीक्षकको प्रतिवदेनले औंल्याएको विषयमा छानविन गरिरहेको छ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सांसद अग्नि सापकोटाको संयोजकत्वमा उपसमिति गठन गरी यो प्रकरणमा छानविन अघि बढाएको छ।

देशभरका सबै तारे होटलहरु नाफामा रहेको अवस्थामा निजी सञ्चालकहरुले बद्नियतपूर्ण तरिकारले हायातलाई सधैँ घाटामा देखाएको होटलकै कर्मचारीहरूले पनि बताउँदै आएका छन्। होटल घाटामा गएका बखत निजी सञ्चालकको डिजाइनअनुसार कम्पनीको शेयर जारी गरिएको थियो।

ऋणपत्र जारी गर्ने, त्यसलाई विभिन्न माध्यमबाट आफ्नो बनाउने र शेयरमा परिणात गर्ने काम रोधश्याम सराफ र रामलाल श्रेष्ठ परिवारले गरेका थिए। शुरुमा सरकारको ३९.७७ प्रतिशत शेयर रहेको हयाता होटलमा २२.८७ हुँदै अहिले ९.११ प्रतिशतमा सिमित भएको छ।

देशको अर्थतन्त्रका लागि नीजि क्षेत्र फस्टाउनु राम्रो पक्ष हो तर हायातको सन्दर्भमा सरकारी स्वामित्वको शेयरलाई विभिन्न हथकण्डा प्रयोग गरेर नीजिमा परिणत गर्ने र होटललाई सधैं घाटामा देखाउने काम हुँदै आएकाले संसदीय समितिसँगै अख्तियार सक्रिय भएको हो।

पढ्नोस् थप रिपोर्टः

हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

३. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

४. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

५. होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

६. हायात हत्याउने सञ्चालकका प्रतिनिधि छानविन समितिमा राख्न प्रस्ताव

सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश

प्रकाशित १२ पुस २०७५, बिहिबार | 2018-12-27 13:05:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...