प्रदेश कमिटी गठन गर्न नसक्ने नेताहरुपनि नेकपाका ‘कोर अफ लिडरसिप?’




नेकपा स्थायी समिति बैठक
नेकपा स्थायी समिति बैठक

दिगम्बर झाजस्ता विवादास्पद व्यक्तिहरुलाई महत्वपूर्ण जिम्मेवारीमा नियुक्त गरेर छदलाल पूँजीवाद’ अन्त्य गर्ने गफ नहाँक्न नेकपा नेता सुरेन्द्र पाण्डेले नेताहरुलाई सुझाव दिएका छन्। 

२९ मंसिरदेखि सुरु भएको नेकपा स्थायी समितिको तेस्रो बैठकको चौँथो दिन बुधबार बोल्दै पाण्डेले ‘दलाल पूँजीवाद’ बारे नयाँ व्याख्या-विश्लेषण गर्न नेताहरुलाई आव्हानपनि गरे।

‘राजनीतिक नियुक्ति गर्दा चाहिँ पूँजीवादका तिनै ‘दलाल’ व्यक्तिहरुलाई गर्ने, अनि दलाल पूँजीवाद अन्त्यको कुरा प्रतिवेदनमा राख्ने?’ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै पाण्डेले भने, ‘अहिलेको दलाल पूँजीवादले के के गर्छ भन्ने तपाईंहरुलाई थाहा छ?’

यति भन्दै उनले अहिलेको दलाल पूँजीवादले अख्तियार, सर्वाेच्च अदालत, सरकार-मन्त्री, विभिन्न रणनीतिक निकायहरुमा आफ्ना मान्छे घुमाएर निर्णय प्रक्रियालाई प्रभावित गर्ने गरेको विश्लेषण सुनाएका थिए।

‘दिगम्बर झाजस्ता मानिसलाई नियुक्ति दिने, अनि राजनीतिक प्रतिवेदनमा चाहिँ दलाल पूँजीवादको अन्त्य गर्ने कुरा लेख्ने? पाण्डेले भने, ‘महत्वपूर्ण निकायमा हुने दलालहरुको नियुक्ति नरोकी दलाल पूँजीवादको अन्त्य हुँदैन भन्ने कुरा बुझ्नुपर्‍यो, दलाल पूँजीवादको व्याख्या विश्लेषण सही ढंगले हुनुपर्‍यो।’

‘कोर अफ लिडरसिप’ को आलोचना
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालय ‘कोर अफ लिडरसिप’ भएको दावी गर्दै यसले राजनीतिक–सांगठनिक निर्णय गर्न पाउने र गर्दै जाने दावी गरिएको छ।

माधव नेपाल, वामदेव गौतम लगायतका नेताले केन्द्रीय सचिवालयलाई यो अधिकार नभएको बताउँदै आएका छन्। बुधबारको बैठकमा पाण्डेले ‘कोर अफ लिडरसिप’ बारे पनि कठोर-जोडदार तर्क गरेका छन्।

‘के हो कोर अफ लिडरसिप भनेको?’ पाण्डेले प्रश्न गरे, ‘मदन भण्डारीको पालामा एमाले नेताहरुको मर्यादाक्रम तोक्न नसकेर ‘अल्फाबेटिकल अर्डर’ अनुसार नाम राख्नु परेको थियो, अनि अहिले तपाईंहरु चाहिँ कसरी कोर अफ लिडरसिप हुनुभयो?’

सुरेन्द्र पाण्डे

सुरेन्द्र पाण्डे

चीन (सी जिनपिङको अपवाद बाहेक र अमेरिकामा समेत राष्ट्रपति २ पटकका लागि मात्र निर्वाचित हुने गरेको उदाहरण दिँदै पाण्डेले नेकपाको नेतृत्वपनि निश्चित पदावधिका लागि निर्वाचित भएर आउने बताए। र, भने, निर्वाचित भएर आउने नेतृत्व कसरी कोर अफ लिडरसिप हुन्छ? अहिले कोर अफ लिडरसिप भनिएको नेता महाधिवेशनको निर्वाचनमा हार्‍यो भने के हुन्छ?’

‘प्रदेश कमिटी त समयमै बनाउन सक्नुहुन्न, अनि ‘कोर अफ लिडरसिप’ दावी गर्ने?’ अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेखित राजनीतिक प्रतिवेदनमा उल्लेखित उपरोक्त शब्दावलीप्रति आक्रोस व्यक्त गर्दै पाण्डेले भने।

भूराजनीति नबुझेको प्रतिवेदन?
अध्यक्षद्वयको प्रतिवेदनमा उपलब्धिहरुको चर्चा गर्ने सन्दर्भमा ओली नेतृत्वमा सरकार बनेपछि ‘अनुकूल बाह्य सम्बन्ध’ बिकसित भएको दावी गरिएको छ। तर, पाण्डेले यो विश्लेषणप्रति असहमति जाहेर गरे। नेपालको भूराजनीतिक अवस्थिति बुझ्दै नबुझी हचुवाको भरमा अध्यक्षद्वयको विश्लेषण आएको उनको ठोकुवा थियो।

भूराजनीतिक शक्तिहरुको नेपाल सम्बन्धी स्वार्थ अहिलेपनि नफेरिएको बताउँदै यस्तो स्थितिमा सरकार बनेपछि ‘अनुकूल बाह्य सम्बन्ध’ बिकसित भएको दावी गर्नु हावादारी रहेको पाण्डेले दावी गरेका थिए।

‘क्रान्तिका लागि भनेर हामी विदेशी भूमिमा बस्छौँ, उनीहरुको सहयोग लिन्छौँ, अनि हामी नै कुनै बेला राष्ट्रवादी बनेर उनीहरुलाई गालीपनि गर्छाैँ’ पाण्डेको विश्लेषण थियो, ‘न भूराजनीतिक शक्तिहरुको स्वार्थमा फेरबदल आएको छ, न हाम्रो स्वभावमा। अनि छिमेक सम्बन्ध सुमधुर भएको भनेर हामी व्याख्या गर्दैछौँ।’

प्रकाशित ४ पुस २०७५, बुधबार | 2018-12-19 15:44:29
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?