ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा



रनरिद्द र हुन सेन
रनरिद्द र हुन सेन

सत्तारुढ नेकपा सम्बद्ध कानुन व्यवसायीहरुको संगठनको एकीकरण कार्यक्रमलाई शनिबार (२९ पुष) सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘संविधानले मिल्दैन नत्र दुई वटा प्रधानमन्त्री हुँदा राम्रो हुन्छ।’

ओलीको साथमा नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि थिए।

सचिवालय सदस्य बामदेव गौतमले स्थायी समिति बैठकमा राखेको ‘पार्टीमा एक मात्र अध्यक्ष बनाउनु पर्छ’ प्रस्तावको मजाक उडाउँदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुई प्रधानमन्त्रीय व्यवस्थाबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए।

शुक्रबारबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा गौतमले ‘एक व्यक्ति, एक पद’को प्रावधानअनुसार अध्यक्ष केपी शर्मा ओलीको अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिनुपर्ने धारणा राखेका थिए।

त्यसपछि यो विषयले पार्टीभित्र र बाहिर निकै चर्चा पाइरहेको छ।

प्रधानमन्त्रीले ओलीले भनेजस्तो दुई जना प्रधानमन्त्री हुने अवस्था संसारमा कहीँ नभएको चाहिँ होइन। प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

साढे दुई दशकअघि मात्रै दक्षिणपूर्वी एशियाको सो मुलुक दुई प्रधानमन्त्रीद्वारा शासित थियो।

कम्बोडियामा खमेररुज र त्यसलाई प्रतिरोध गर्नेहरुबीच लामो समय गृहयुद्ध चल्यो। सन् १९९२ मा संयुक्त राष्ट्रसंघ मध्यस्थतामा पेरिस शान्ति सम्झौता भयो। त्यसैअनुसार सन् १९९३ मा आमचुनाव हुँदा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन भने सकेनन्।

राजकुमार नरोद्दम रनरिद्दको राजावादी पार्टी ‘नेसनल युनाइटेड फ्रन्ट फर एन इन्डिपेन्डेन्ट, न्युट्रल, पिसफुल एन्ड कोअपरेटिभ कम्बोडिया’ (फुन्सिटनपेक) ५८ स्थान जित्दै सबैभन्दा ठूलो दल बन्यो। हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (केपिपी) ले ५० स्थानमा जीत हात पार्‍यो।

‘कसैले पनि बहुमत नल्याएपछि संविधान संशोधन गरेर रनरिद्द र हुन सेन दुवै प्रधानमन्त्री बनेको इतिहास छ,’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘बीचबीचमा खटपट भएपनि सन् १९९७ सम्म दुवै प्रधानमन्त्रीले देश चलाएका थिए।’

सबैभन्दा धेरै स्थान जित्ने रनरिद पहिलो र दोस्रो स्थानमा आउने हुन सेन दोस्रो बरियताको प्रधानमन्त्री बनेका थिए।

दुई प्रधानमन्त्री मध्येका एक हुन सेन भर्खरै काठमाडौंमा सम्पन्न युनिभर्सल पिस फेडेरेसन (युपिएफ) को विवादस्पद सम्मेलनमा सहभागी भएका थिए।

सन् १९९७ हुन सेन समर्थित सेनाले रनरिदविरुद्ध कू गरे। ज्यान जोगाउन उनी भागेर थाइल्यान्ड पुगे। त्यसयता हुन सेनको दक्षिण पूर्वी एशियाको त्यो गरिब देशमा एकछत्र शासन रहेको छ। हुनसेनसँग नेकपा नेता माधवकुमार नेपालको सुमधुर सम्बन्ध रहँदै आएको छ।

प्रकाशित २ पुस २०७५, सोमबार | 2018-12-17 20:14:51
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...