माधव नेपाललाई ओली-प्रचण्डको टर्राे जवाफ: केन्द्रीय सचिवालयले मज्जासँग निर्णय गर्न पाउँछ



प्रचण्ड र ओली
प्रचण्ड र ओली

केन्द्रीय सचिवालयलाई संगठनात्मक निर्णयको अधिकार नरहेको बताउँदै आएका नेकपा बरिष्ठ नेता माधव नेपाललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रतिवेदनमार्फत् जवाफ फर्काएका छन्।

शनिबारदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठकमा पेश गरिएको अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा नेपालले उठाउँदै आएको ‘समयमै बैठक नबस्ने र केन्द्रीय सचिवालयले संगठनात्मक निर्णय गर्न नपाउने’ भन्ने आलोचनाको जवाफ दिने प्रयास गरिएको छ।

‘लोकतान्त्रिक पार्टीमा सधैँ सहमति या सर्वसम्मति सम्भव नहुन सक्छ, तरपनि पार्टी एकतापछि हामीले लिएका कुनैपनि राजनीतिक वा संगठनात्मक निर्णयहरु सहमतिमै गरिएका छन्’ अध्यक्षद्वयद्वारा प्रस्तुत २२ पृष्ठको राजनीतिक प्रतिवेदनको पृष्ठ १६-१७ मा भनिएको छ, ‘आउने दिनमा पनि हाम्रो प्राथमिकता सहमतिमै रहनेछ। निर्णयका निम्ति हाम्रो अन्तिम र सर्वशक्तिमान निकाय राष्ट्रिय महाधिवेशन हो। ’

सविचवालय र स्थायी कमिटीका निर्णयहरुमात्रै होइन, केन्द्रीय कमिटीका निर्णयहरु समेत ती भन्दा माथिल्लो निकायमा प्रस्तुत गर्नुपर्ने र त्यहाँबाट अनुमोदन हुनुपर्ने बताउँदै प्रतिवेदनमा भनिएको छ, ‘अनुमोदनका लागि माथिल्लो निकायमा प्रस्तुत गर्नुपर्ने वा त्यहाँबाट अनुमोदन हुनु पर्ने व्यवस्थाको अर्थ तिनले निर्णय गर्न सक्छन् र निर्णय गर्नैका लागि, काम गर्नैका लागि ती निकाय बनेका हुन्छन् भन्ने बुझ्नुपर्छ।’

बैठक नियमित रुपमा र समयमै सम्पन्न नहुने गरेको आरोपपनि नेता नेपालले लगाउँदै आएका छन्। लामो समयपछि बोलाइएको केन्द्रीय सचिवालयको २२ मंसिरको बैठक निर्धारित समय (अपरान्ह ३ बजे) सुरु नहुँदा २२ मंसिरमा नेपालसहित ४ नेताले बहिस्कार समेत गरेका थिए। नेपालले जनाएको यो सरोकारको जवाफपनि अध्यक्षद्वयले राजनीतिक प्रतिवेदनमार्फत् दिएका छन्।

‘बैठकहरु नियमित हुनुपर्दछ र सकेसम्म फराकिलो दायराबाट निर्णयहरु हुनुपर्दछ भन्ने कुरामा कुनै द्विविधा हुन सक्दैन’ ओली-प्रचण्डले नेपाल नेतृत्वको समूहलाई जवाफ फर्काउँदै भनेका छन्, ‘तर पार्टी एकिकरण प्रक्रियाको यो विशिष्ठ अवस्था, पार्टीले सरकारको नेतृत्व गरिरहेको सन्दर्भ र राज्यका कतिपय अपरिहार्य दायित्वमा व्यस्त हुनुपर्ने कारणहरुले गर्दा बैठकको आयोजनामा यदाकदा हुनसक्ने विलम्बलाई मनसायसँग जोडेर नकरात्मक टिप्पणी गर्नु उचित होइन।’

अध्यक्षद्वयले उपरोक्त जवाफका साथ केन्द्रीय सचिवालयसँग निर्णयको अधिकार रहेको फेरि दोहोर्‍याएका छन्। केन्द्रीय सचिवालय पार्टीको केन्द्रीय नेतृत्व भएकाले यसले निर्णय गर्दै जाने चुनौतिपनि दिइएको छ।

‘नेकपाको केन्द्रीय सचिवालय आकारमा सानो भएको हुनाले त्यसले निर्णय गर्न नसक्ने वा नपाउने होइन, विधानतः राजनीतिक र संगठनात्मक निर्णय गर्ने अधिकार सचिवालयलाई छ’ प्रतिवेदनमा भनिएको छ, ‘सबैले स्पष्ट हुनुपर्दछ, यो सचिवालय कुनै नेता, प्रधानमन्त्री या मन्त्रीको निजी सचिवालय जस्तो होइन, यो पार्टीको मुख्य नेतृत्व (Core of Leadership) हो। सचिवालयले त्यसैगरी काम गरेको छ र गर्दै जानुपर्दछ।’

अध्यक्षद्वयले अप्रत्यक्षरुपमा मर्यादित र विधिसम्मत रुपमा आलोचना गर्नपनि नेपाललगायतलाई सो प्रतिवेदनमार्फत् सुझाव दिएका छन्। पार्टीलाई राष्ट्रिय राजनीतिको मुख्य एवं नेतृत्वदायी शक्तिको हैसियतमा आफूहरुले ल्याएको दावीपनि त्यसमा गरिएको छ।

‘हामी समकालिन नेपाल र विश्व राजनीतिमा अन्तरपार्टी लोकतन्त्रका दृष्टिले उन्नत अभ्यासमा अभ्यस्त पार्टी हौँ, हामीकहाँ विधिसम्मत ढंगले, लोकतान्त्रिक ढंगले नीति र नेतृत्वको विकल्प प्रस्तुत गर्ने र आफूले प्रस्तुत गरेको विकल्पलाई स्थापित गर्ने अधिकार छ’ उनीहरुले भनेका छन्, ‘नीति, निर्णय र नेतृत्वप्रति आलोचना गर्ने असाधारण छुट छ, पार्टीको अपेक्षा यतिमात्र हो कि, आलोचना मर्यादित होस्, विधिसम्मत होस्। जनता र कार्यकर्तालाई निराश तुल्याउने काम नहोस्।’

विभिन्न आठ बुँदा रहेको राजनीतिक प्रतिवेदनको आठौँ बुँदाले पार्टीको ‘आगामी कार्यभार’ बारे चर्चा गरेको छ। त्यस अन्तर्गत पार्टीको संगठनात्मक एकिकरण, वैचारिक र भावनात्मक एकताको सुदृढिकरण, विशेष अभियान, सबै सरकारहरुको प्रभावकारी परिचालन, समृद्धिका योजना, सुशासन संघीय सरकारहरुको सुसञ्चालन, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, पार्टी स्कूल, प्रभावकारी प्रचार कार्य, पार्टी पंक्तिलाई उत्पादन कार्यमा आवद्ध तुल्याउने भन्ने लगायत छन्।

प्रकाशित २९ मंसिर २०७५, शनिबार | 2018-12-15 19:37:48
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...