सरकारका कारण आगामी निर्वाचनमा नेकपाले गम्भीर धक्का खाँदैछ: वामदेव



वामदेव गौतम
वामदेव गौतम

नेकपाका बरिष्ठ नेता वामदेव गौतमले वर्तमान सरकारको काम कार्वाहीका कारण आगामी निर्वाचनमा नेकपाले गम्भीर धक्का खानुपर्ने स्थिति उत्पन्न भएको दावी गरेका छन्।

पार्टी केन्द्रीय सचिवालयको शनिबारको बैठकमा पेश गरेको १६ पृष्ठ लामो फरक मत’ मा वर्तमान सरकारको गति अहिलेजस्तै रहे आगामी निर्वाचनमा त्यस्तो स्थिति सिर्जना हुने दावी गरेका हुन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले गरेका राम्रा कामहरुको चर्चा गर्दै राजनीतिक प्रतिवेदनको काउन्टर’ स्वरुप गौतमले फरक मतको रुपमा छुट्टै प्रतिवेदन पेश गरेका थिए।

प्रतिवेदनमा गौतमले भनेका छन्, ‘नेपालको इतिहासमा पहिलो स्थिर र शक्तिशाली सरकारको यही गति र अवस्था रह्यो भने अव हुने आम निर्वाचनमा सरकारले आफूलाई मात्र होइन, इतिहासको पहिलो शक्तिशाली पार्टी नेकपा’ लाई समेत गम्भीर धक्का लगाउने देखिन्छ।’

अहिले प्राप्त भएको दुई तिहाई बहुमत आफैलाई च्याप्ने बोझ बनेर प्रकट हुने सम्भावनाबारे बौद्धिक व्यक्तित्वहरुले विश्लेषण गर्न थालेको समेत गौतमले त्यसक्रममा बताएका छन्।

पार्टीको रुपमा नेकपाको ४ सय ३८ सदस्यीय केन्द्रीय कमिटी निर्वाचन आयोगमा दर्ता भएपनि पार्टी एकता भएको ७ महिनासम्म पनि उनीहरुले कार्यक्षेत्र नपाएको गुनासो गौतमले आफ्नो प्रतिवेदनमा गरेका छन्।

पार्टीमा व्यक्तिवादी कार्यशैली हावी भएको बताउँदै गौतमले अध्यक्षद्वयले पार्टी नेता कार्यकर्तालाई जाग्न, उठ्न र दौडन आव्हान गरेपनि कार्यकर्ताहरु जाग्ने, उठ्ने र दौडने स्थिति नरहेको दावी गरेका छन्। यसको दोष अध्यक्षद्वयले अरुलाई दिएपनि आफूतर्फ भने फर्केर नहेरेको आरोप गौतमले लगाएका छन्।

तल्लो तहसम्म कमिटी नरहेको तर्फ संकेत गर्दै गौतमले नेकपासँग केही सिद्धान्त, विचार र नीति सहितको टाउको भएपनि हात र खुट्टा सहितको अवयव नभएको बताएका छन्।

बनेका कमिटीहरुको बैठकपनि हुने गरेका छैनन्, केन्द्रीय कमिटीका सदस्यहरुको अहिलेसम्म कार्यविभाजन भएको छैन, कार्य विभाजन नभएको केन्द्रीय कमिटी सदस्य हुनु र नहुनुमा केही फरक परेको छैन’ गौतमले भनेका छन्, ‘त्यही भएर काठमाडौँ र देशका केही शहरहरुमा आयोजित चियापान समारोहहरुमा पार्टीका नेताहरु देखा पर्छन् तर पार्टी देखा पर्दैन।’

तल्ला कमिटीहरु नभएपछि सो तहका पार्टी कमिटीको नाममा गतिविधि सून्य भएको, पार्टीका सदस्य र सबै कार्यकर्ताहरु दिग्भ्रमित भएको बताउँदै गौतमले भनेका छन्, ‘समर्थक, शुभचिन्तकहरु दुविधाग्रस्त भएका छन्।’

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपनि कार्यकर्ताहरुले पार्टी भेट्न नसकेको गौतमको दावी छ। एमालेका ४ लाख र माओवादी केन्द्रका ३ लाख गरी ७ लाख पार्टी सदस्यहरु रहेको बताउँदै गौतमले भनेका छन्, ‘आधिकारिक रुपमा अहिलेपनि उनीहरुले पार्टी एकिकरणको जानकारी पाएका छैनन्। सात महिनासम्म ७ लाख पार्टी सदस्यहरुको खोजविन छैन। भेटघाट छैन। नीति निर्देशन छैन। छलफल छैन। र, अधिकार र कर्तव्यको पालना के भइरहेको छ, केन्द्रीय कमिटीलाई थाहा छैन। निर्वाचन आयोगमा नेकपा दर्ता भएपछि ७ लाख पार्टी सदस्यहरुले केन्द्रीय कार्यालयतर्फ मुख फर्काएर बसेका छन्। तर उनीहरुले सिंगो पार्टीको अनुहार देख्न पाएका छैनन्। केही महिना पहिलेमात्र नेकपाका दुई पार्टीलाई मतदान गरेका ५० लाख जनता पार्टीलाई खोज्न आँखा घुमाउँछन्। तर पार्टी कहीँ पाउँदैनन्।’

‘यति ठूलो शक्तिशाली पार्टीको यो अवस्था कसैले पत्याउन सक्दैन तर पार्टीको बेहाल अवस्था वस्तुगत सत्य भएको छ’ पार्टीको अधोगतिबारे गौतम थप्छन्, ‘एकिकृत पार्टीका नेताहरुको गैरजिम्मेवार व्यवहारकै कारण यसो भएको हो भन्दा कसैकसैलाई पत्याउन गार्‍हो लाग्छ होला, तर सत्य यस्तै छ।’ 

पार्टी नेतृत्वका कारण नेकपालाई अहिले जुन क्षति पुगेको छ, त्यसको पूर्ति निकै ठूलो त्याग र बलिदानले पनि पुरा हुन नसक्ने स्थिति आउनसक्ने पनि गौतमले आँकलन गरेका छन्।

‘पार्टी एकिकरणपछिको ७ महिने अन्तरालको यो अवस्थाले के स्पष्ट पार्छ भने नेकपाको नेतृत्वमा रहेका व्यक्तिहरुमा पार्टीमो संगठनात्मक संरचनाको महत्व स्थापित हुन सकेको छैन। यो यथार्थले के देखाउँछ भने यात उहाँहरुले संगठनात्मक संरचनाको महत्व बुझ्नै सक्नुभएको छैन वा बुझेरपनि वेवास्ता गरिरहनु भएको छ, यो भन्दा अको निष्कर्ष निस्कन सक्दैन’ गौतम भन्छन्, ‘संगठनात्मक संरचनाहरु निर्माण गर्न सकिएनन् भन्नेमात्र होइन, अझ महत्वपूर्ण कुरा के हो भने आधा शताब्दीभन्दा लामो संघर्षबाट नेपाली जनताको मन मस्तिष्कमा परेको कम्युनिष्ट आन्दोलनप्रतिको सकरात्मक छापमा जेजति नोक्सान यो गतिसून्यताले पारेको छ, त्यसको क्षति भयवहको बलिदान र त्यागले पनि पुरा गर्न नसक्ने अवस्था सिर्जना भयो भने त्यसको जवाफदेही कसले लिने? यो करौडौँ नेपाली जनता र लाखौँ पार्टी सदस्यहरुले अगाडि सार्ने पार्टीको जीवनमरणको सवाल हो।’

प्रकाशित २९ मंसिर २०७५, शनिबार | 2018-12-15 17:47:39
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...