हायातका निजी साझेदारको जालझेल छानबिन गर्दै संसदका दुई समिति



बाैद्धस्थित हायात हाेटल
बाैद्धस्थित हायात हाेटल

हायात होटलमा शेयर संरचनामा चलखेल गरेर निजी साझेदारीहरुले स्वामित्व हत्याएको विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप समितिले छानबिन शुरु गरेको छ।

‘उप समितिमा म्याद एक महिना तोकिएको छ। उप समितिले त्यस विषयमा छानबिन समेत शुरु गरिसकेको छ,’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सचिव सुरज दुराले नेपालखबरसँग भने।

उपसमितिमा संयोजकमा अग्नी सापकोटा रहेका छन् भने सदस्यहरुमा पुष्पा भुसाल, प्रेमप्रसाद तुलाचन, सानु सिवा र नारदमुनी थारु रहेका छन्।

बुधबारमा उप समितिले हायात होटल सञ्चालन गर्दै आएका तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको निजी साझेदार प्रतिनिधिहरुलाई बोलाएका बयान लिएको छ। समितिमा बयानका लागि गएका होटल सञ्चालकहरुका प्रतिनिधिहरुले कानुन सम्मत रुपमा सञ्चालन भैरहेको जिकिर गरेका थिए। तर तारागाउँ विकास समितिका प्रतिनिधिहरुले भने शुरुदेखि नै हत्याउन प्रपञ्चअनुसार गतिविधि भएकाले यस विषयमा थप छानविन आवश्यक भएको उल्लेख गरेका थिए।

समितिमा अध्यक्ष नारद लुइँटेलले कानुनी छिद्राहरु खोजेर निजी साझेदारहरुले सम्पत्ति हत्याउन खोजेको जानकारी गराएका थिए। 

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुर्इ छोराहरू

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुर्इ छोराहरू

लेखा समितिको छानवीन सुरु

संसदकोसार्वजनिक लेखा समितिले पनि हायात होटलमा भएको अनमितिताका बारेमा छानविन शुरु गरेको छ।

समितिका सभापति भारत साहले पटक पटक ताकेका गर्दा पनि आवश्यक काजगात प्राप्त गर्न नसकेको बुधबारको बैठकमा बताएका थिए। बैठकमा बोल्ने अधिकांश सांसदहरुले कानुनी छिद्रालाई प्रयोग गरी हत्याउन खोजेको विषयलाई गम्भीरता पूर्वक छानबिन हुनुपर्ने उल्लेख गरेका छन्।

के हो हायात विवाद?
सार्वजनिक–निजी साझेदारीअन्र्तगत २०४९ सालमा स्थापना भएको हायातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी भएको थियो। कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत थियो। अहिले यो होटल फैलिएको एक सय ५० रोपनी जग्गाको मात्रै २० अर्ब रुपैयाँभन्दा माथि मूल्य पुगेको छ। तर सेयर संरचनामा भएको चलखेलको कारण सुरूमा ४० प्रतिशत सेयर स्वामित्व रहेको सरकारको लगानी घटेर ९.०१ प्रतिशतमा झरेको छ।

हायात हत्याउने श्रेष्ठ परिवारका याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

हायात हत्याउने श्रेष्ठ परिवारका याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

निजी लगानीकर्ता (प्रत्यक्ष र उनीहरुको लगानीमा रहेको कम्पनीसमेत) को स्वामित्व बढेर ६१.३६ प्रतिशत पुगेको छ। यसमा राधेश्याम सराफको १२.२५ प्रतिशत, आइसिटिसी प्रालिको ७.८९ प्रतिशत, आइसिटिसी होल्डिङ (उमेशलाल श्रेष्ठ र सुरेश लाल श्रेष्ठ) को १०.०९, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड हङकङ (सराफ परिवार) २१.६०, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड (बिभिआइ र सराफ परिवार) को ९.५३ र तारागाउँ विकास समितिको ९.०१ प्रतिशत छ।

बाँकी सर्वसाधारण र अन्यको ३२.५ प्रतिशत रहेको छ। अन्य भनेका को हुन् खुलाइएको छैन। हाल यो कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ।

निजी साझेदारले पहिले होटल घाटामा देखाएर सेयरको मूल्य घटाउने त्यसपछि लगानी बढाउने निहुँमा हकप्रद सेयर जारी गर्ने र त्यो सेयर आफैंले किन्ने बदनियत राख्दा सरकारको अर्बौंको सम्पत्ति विस्तारै निजी साझेदारको पोल्टामा पुग्दै गएको हो। यो कार्यमा सरकारका मन्त्री एवं कर्मचारी संयन्त्रको समेत मिलेमतो हुँदै आएको छ।

कम्पनीको सेयरसम्बन्धी विवादलाई लिएर महालेखा परीक्षकको प्रतिवेदन २०७४ मा निजी लगानीकर्तामाथि कारबाहीको सिफारिस गरिएको छ।

‘समितिको क्षेत्राधिकारमा रहेको ३०४ रोपनी जग्गा र घरमध्ये १५० रोपनी जग्गा र दुई करोड रुपैयाँ बराबरको घरमा गरिएको सेयर लगानीको कुनै हिसाब किताब नदेखिएको हुँदा निजी लगानीकर्तामाथि कारबाही हुनुपर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।

हायात हत्याउने प्रकरणसम्बन्धी थप खबर:

१. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

२. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

३. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

४. होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

५. हायात हत्याउने सञ्चालकका प्रतिनिधि छानविन समितिमा राख्न प्रस्ताव

६. सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश

प्रकाशित २६ मंसिर २०७५, बुधबार | 2018-12-12 19:42:54
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...