कांग्रेसमा ‘चिनियाँ मोडल’को संगठन निर्माण बहस



गगन थापा
गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रोसको संगठन संरचनामा उमेर हद तोक्ने विषयमा छलफल शुरु भएको छ। केन्द्रीय सदस्य गगन थापाले पार्टी कार्यकारी नेतृत्वका लागि ७० वर्षको उमेर हद तोक्नु पर्ने प्रस्ताव राखेसँगै याे विषयमा शुरु भएको हो।

गत साता आयोजित केन्द्रीय समितिमा बैठकमा थापाले पार्टी प्रवेशको उमेर तोकिएको तर अवकासका नतोकेको भन्दै नयाँ नेतृत्व विकासका लागि ७० वर्षको उमेरका प्रस्ताव गरेका थिए।

‘कार्यकारी नेतृत्वको पनि कुनै न कुनै रुपमा बहिगर्मनको व्यवस्था हुुनुपर्छ किनभने त्यसले आन्तरिक द्वन्द्वमात्रै सिर्जना गर्यो, पार्टी नचल्ने अवस्थामा पुग्यो’ थापाले नेपालखबरसँग भने, ‘मैले धेरै कार्यकर्ताहरुबाट प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चुुनिने बेलायतको जस्तो दल संचालनको व्यवस्था गरौँ भनेको थिएँ तर त्यसलाई असफल पारियो। त्यसैले विकल्पमा उमेर हद तोक्ने व्यवस्था गर्नुपर्‍यो भन्ने प्रस्ताव हो।’

बेलायती मोडलको राजनीतिक संगठन संरचनामा आम कार्यकर्ताहरुको प्रत्यक्ष मतदानबाट दलको नेता छनोट हुन्छ। नेताले आफू अनुकुलको पार्टी संगठन र संसदमा नेताहरु चयन गर्छ। आम चुनावमा नेताकै अजेण्डामा प्रतिस्पर्धा हुन्छ। जिते प्रधानमन्त्री बन्छ, हारे राजिनामा दिएर अर्कोलाई बाटो खुला गरिदिन्छ।

कांग्रेसभित्र राजनीति गर्नेहरुको उमेर हद तोकिनु हुन्न भन्ने मत पनि त्यत्तिकै शक्तिशाली रहेको छ। यसको बिरोधमा शीर्ष नेताहरु छन्। तर पछिल्लो समयमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा नेतृत्वमा ३२ वर्षको उमेर हद तोकिएपछि पार्टी संगठनमा पनि उमेर हदको कुराले प्रवेश पाएको छ। र, थापाले याे मुद्दाकाे नेतृत्व गरिरहेका छन्।

‘मानिस जहिले पनि विद्यार्थी हुनसक्छ। कुनै पनि मानिस ५० वर्षमा पिएचडी गर्दा पनि विद्यार्थी हुनसक्छ। उसले किन विद्यार्थीको नेतृत्व गर्न नपाउने?’ थापाको तर्क छ, ‘पार्टीको नेतृत्वमा नयाँ व्यक्ति आउने हो भने पुरानो नेतृत्वमा मानिसका बहिगर्मनको कुनै न कुनै व्यवस्था हुनुपर्छ।’

थापाले माग गरेअनुसार विधानमा व्यवस्था भए सभापति शेरबहादुर देउवा (७२ वर्ष), रामचन्द्र पौडेल (७४ वर्ष), अर्जुननरसिंह केसी (७१ वर्ष) सहितका नेताहरुले आगामी महाधिवेशनबाट अवकास पाउने छन्।

नेतृत्वका उमेर हद तोक्ने व्यवस्था भने चिनियाँ कम्युनिष्ट पार्टीले साढे तीन दशकअघि अभ्यासमा गरेको विधि हो। सन् १९८२ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १२ औँ महाधिवेशनपछि नेतृत्वमा लागि ७० वर्षको उमेर हद तोकिएको थियो।

त्यो बेला सीपीसीले दुई कार्यकालको व्यवस्था लिखित रुपमा नै गरेको थियो र सत्तरी वर्षको उमेर हद चाहिँ अघोषित रुपमा कार्यान्वयन गरिएको थियो। २०७४ असोज-कार्तिकमा भएको सीपीसीको १९ औँ महाधिवेशनले दुई कार्यकालको व्यवस्थालाई खारेज गरेको छ। राष्ट्रपति सी चिनफिङको उदयसँगै यो व्यवस्था हटाएको हो।

यो नयाँ व्यवस्थाले सीको शासनलाई तेस्राे कार्यकाल सुुनिश्चित गरेको छ। सीले थप १० वर्षे अरु चीनमा शासन गर्ने अनुमान गरिएको छ। विश्व राजनीतिमा यसकाे सकारात्मक सन्देश भने गएकाे छैन। कम्युनिस्ट अधिनायकवादले चीनमा प्रश्रय पाएकाे पश्चिमा विश्लेषकको भनाइ छ।

नेपालमा पनि केही राजनीतिक दलले यसको अभ्यास गरेका थिए। तत्कालीन एमालेले ९ अाैं महाधिवेशनबाट यो व्यवस्था लागू गरेको थियो। तर माओवादी केन्द्रसँग एकीकरणसँगै यो व्यवस्था हटेको छ। एकीकरणको समयमा ७० पुग्न लागेका नेताहरुले यो व्यवस्थालाई खारेज गर्न निकै लबिङ गरेका थिए। उनीहरुले तीन वर्ष पनि टिक्न दिएनन्।

तत्कालीन एमालेले चिनियाँ मोडल सिकाे गर्दै नेतृत्वको उमेरसम्बन्धी यस्तो व्यवस्था गरेको थियो।

वि.सं २००६ मा चीनमा जनवादी क्रान्ति भएपछि माओत्सेतुङको २७ बर्षे एक छत्र शासनपछि सीपीसीको नेतृत्वमा पुगेका देङ स्याओ पिङले आर्थिक खुलापनको कार्यक्रम मात्रै नभएर पार्टी संरचना र सञ्चालनमा समेत व्यापक परिवर्तन गरेका थिए। उनले कार्यकारीको दुई कार्यकाल र सक्रिय राजनीतिक नेतृत्वका लागि ७० वर्षको व्यवस्था गरेका थिए।

यो व्यवस्था पार्टी संगठनभित्र चिनियाँ मोडलका रुपमा चिनिन्छ। पद नछाड्ने समस्या समाधान गर्न चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकारी पदमा दुई कार्यकाल र उमेर तोक्ने व्यवस्था गरेको थियो। परिणाम, एक पार्टीको शासन रहेको चीनमा धेरै नेताहरुले शासनमा पुग्ने अवसर प्राप्त गरे।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले सुरुवात गरेको र नेपाली कम्युनिष्टहरुले अभ्यास गरिसकेको संगठनमा उमेर हदसम्बन्धी प्रस्ताव कांग्रेसमा सुरू हाेला? यसका लागि भने जारी कांग्रेस केन्द्रीय समिति र अागामी महासमिति बैठकसम्म पर्खनै पर्ने हुन्छ।

प्रकाशित २२ मंसिर २०७५, शनिबार | 2018-12-08 11:16:45
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...