Exclusive

चार वर्षभित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना पुरा गर्छौंः मन्त्री महासेठ



रघुवीर महासेठ
रघुवीर महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ४ वर्ष भित्र ६ वटा राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने दाबी गरेका छन्।

हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, कालिगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजनाको काम ४ वर्ष भित्र सम्पन्न गर्ने मन्त्री महासेठको योजना छ।

मन्त्री महासेठले ६ वटा आयोजनामध्ये हुलाकी मार्गका लागि बजेटको अभाव नरहेको पनि स्पष्ट पारे। बिहीबार संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति विवरण पेश गर्दै मन्त्री महासेठले अन्य आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन सरकारले अर्थ मन्त्रालयसँग बजेटका विषयमा छलफल गरिरहेको पनि बताए।

उनले हुलाकी राजमार्ग निर्माणका लागि करिव ६० अर्ब बजेट लाग्ने जानकारी पनि समितिलाई गराए। ४७ अर्ब लागत अनुमान गरिएको सो राजमार्गमा भारत सरकारले ८ अर्ब अनुदान सहायता उपलब्ध गराएको छ। समय लाग्ने भएकाले सो आयोजना सम्पन्न गर्न ४७ अर्बले नपुग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुमान छ।

मन्त्री महासेठले रेल सेवा संचालनका लागि अब छिट्टै विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा भारत र चीन दुवै देशका सरकारसँग कुरा भईरहेको पनि जानकारी दिए। बैठकमा समितिका सदस्यहरुले ४ वर्ष भित्र ६ वटा राष्ट्रिय गौरवको आयोजना निर्माण गरेर देखाउन सरकारलाई सचेत गराएका थिए।

सरकारले गफमात्रै नभई कामै गरेर देखाउने बेला आएको समितिका सदस्य सुरेन्द्रराज पाण्डेले बताए। उनले सरकारको नौ महिने कार्यकाल हेर्दा चार वर्ष भित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य हासिल हुनेमा आफू विश्वस्त हुन नसकेको पनि स्पष्ट पारे।

समितिका अर्का सदस्य खिमलाल भट्टराईले लक्ष्य अनुसार राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न गर्ने आधार तयार पार्न सरकारले जग्गाको मुआब्जा वितरणको कामलाई छिटो सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए। उनले वन क्षेत्रमा गएर आयोजना निर्माणको काम रोकिने गरेको उल्लेख गर्दै त्यसतर्फ पनि सचेत रहन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराए।

बैठकमा समितिका सदस्यहरुले काठमाडौंकै सडकको खाल्डाखुल्डी पुर्ने काम समेत गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 21:25:25
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...