पाकिस्तान सरकारबाट पुरस्कृत भएकी थिइन नेपालका लागि प्रस्तावित चिनियाँ राजदूत होउ


Kshamadevi Group


कुटनीतिक भेटघाटको क्रममा होउ यानछी दायाँ
कुटनीतिक भेटघाटको क्रममा होउ यानछी दायाँ

राजदूत यु होङलाई होउ यानछीले विस्थापन गरेसँगै नेपालमा चिनियाँ कुटनीतिज्ञको एउटा रेकर्ड बनेको छ, लगातार दोस्रो पटक महिला मिसन प्रमुखका रुपमा।

चीनले काठमाडौंस्थित राजदूत यु होङको ठाउँमा परराष्ट्र मन्त्रालयको एशिया विभागकी उपनिर्देशक होउ यानछीलाई पठाउने निर्णय गरिसकेको छ।

एशिया विभागमा रहेर दक्षिण एशिया बुझेकी तथा नेपालको राजनीतिक मामिलामा राम्रैसँग परिचित कूटनीतिज्ञ होउ काठमाडौं आउने अन्तिम गृहकार्यमा छन् भने यु काठमाडौंबाट विदा हुने क्रममा राजनीतिक भेटघाट गरिरहेकी छन्।

बेइजिङस्थित कुटनीतिक स्रोतहरूका अनुसार राजदूत यु होङ बढुवा भएर फर्किन लागेकी हुन्।

राजदूत यु होङलाई होउ यानछीले विस्थापन गरेसँगै नेपालमा चिनियाँ कुटनीतिज्ञको एउटा रेकर्ड बनेको छ, लगातार दोस्रो पटक महिला मिसन प्रमुखका रुपमा। 

चीनको छिमेक नीति बुझेकी नयाँ राजदूत होउ जलविद्युतमा पनि विशेष जनाकार मानिन्छिन्। यू होङको कार्यकालमा नेपाल र चीनबीच बेल्ट एण्ड रोड (बीआरआई), व्यापार तथा पारबहन, सिमापार रेलमार्ग र विद्युत ट्रान्समिसन ग्रिड लगायत महत्वपूर्ण सम्झौता भएका छन्। यी सम्झौता अगाडि बढाउँदै दुई देशको सम्बन्ध विस्तारमा राजदूत होउ झन् सक्रिय हुनेमा कुनै सन्देह छैन।

नोभेम्बर १९ मा बेइजिङको डिप्लोम्याटिक एकाडेमीमा अफगान कूटनीतिज्ञ लक्षित चीन–भारत–अफगानिस्तान संयुक्त तालिम आयोजना गरिएको छ। जहाँ चीनको परराष्ट्रमन्त्रालयको तर्फबाट होउ यानछीसँगै अफगानिस्तान र भारतीय प्रतिनिधिहरू सहभागी भएका छन्। सम्मेलनमा चीन–भारत–अफगानिस्तान त्रिपक्षीय सहकार्य हुनु पर्ने सहमती बनेको छ। १५ दिनसम्म चल्ने यो तालिममा अफगानिस्तानबाट युवा कूटनीतिज्ञहरू सहभागी भएका छन्। यसबाट के देखिन्छ भने होउ बेइजिङमा दक्षिण एशिया मामिलामै बढी सक्रिय रहँदै आएकी छिन्।

त्यस्तै गत जुलाईको अन्त्यमा चीनको थ्री गर्जेज ग्रुपले गरेको ‘उद्योगमा वरिपरिका मुलुकको कूटनीति’ विषयक कार्यक्रममा पनि होउ संलग्न भएकी थिइन्। उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको १८औं जनकांग्रेसले तय गरेको छिमेक नीतिबारे ब्रिफिङ गरेकी थिइन्। यसबाट उनी छिमेक नीति र नेपालमा थ्री गर्जेजसँग पनि जोडिएको जलविद्युत विकासमा जानकार रहेको मान्न सकिन्छ। ७५० मेगावाटको पश्चिम सेतीमा थ्री गर्जेजले गरेको वर्षौंदेखिको आलटाल अनि गेजुवाले हालसालै पाएको बुढीगण्डकी परियोजनालाई टुङ्गोमा पुर्याउन उनको भूमिका महत्वपूर्ण हुन सक्नेछ।

राजदूत यू होङको कार्यकालमा नेपालले सन् २०१७ को मेमा बेल्ट एण्ड रोड इनिसियटिभमा हस्ताक्षर गरेपछि चिनियाँ लगानीकर्ताहरू नेपालमा भित्रिने क्रम बढ्दो छ। चिनियाँ लगानीकर्ताहरूले नेपालमा छाडेको नकारात्मक असर मेटाउँदै थप लगानीका लागि उनले चिनियाँ लगानीकर्तालाई अकार्षित गर्न सक्नेछिन्।

बेइजिङस्थित परराष्ट्र मन्त्रालयमा रहँदा उनले चीन र छिमेकी मुलुकबीच सम्बन्ध विकास र अनुसन्धानको क्षेत्रमा काम गरिन्। पछिल्लो समय नेपालमा भारतीय जस्तै चिनियाँ दूतावासले पनि सक्रियता बढाएको छ। यो क्रम राजदूत यू होङको पालादेखि अझै तीव्र भएको हो। नेपालमा चीनको बढ्दो चासो र उपस्थितिबीच होउ थप सक्रिय हुन सक्नेछिन्।

अघिल्ला केही वर्षहरूमा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गर्ने संभावनाहरू मात्रै देखिए तर वास्तविकतामा रूपान्तरण हुनसकेन। नेपालमा दुई तिहाईको वाम सरकार बनेको एक वर्ष बितेपछि संभवतः सरकारको परिपक्वता पनि देखिँदै जानेछ। सन् २०१९ मा सीले नेपालको भ्रमण गर्ने छनक दिए भने त्यसको चाँजोपाँजो मिलाउने काम होउकै काँधमा आउने छ।

नेपालमा २४ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण आयोजना गर्ने अवसर पाउनु कुनै पनि चिनियाँ राजदुतका लागि ठूलो महत्वको विषय हो। राजकीय भ्रमण सफलतासाथ आयोजना गर्दा एउटा कुटनीतिज्ञको करिअरले ठूलो फड्को मार्न सक्ने छँदैछ। संयोगले त्यस्तो अवसर होउले पाउने संभावना बढिरहेको देखिन्छ।

उर्दूमै मास्टर गरेकी होउ बेइजिङकी पाकिस्तान विशेषज्ञ समेत मानिन्छिन् र चीन–पाकिस्तान मित्रता बलियो बनाउन योगदान गरेवापत् उनी पाकिस्तान सरकारबाट पुरस्कृत भएकी थिइन्। पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानमा चिनियाँ लगानीका परियोजनाका काम तीब्र रुपमा अगाडि बढाउन उनको भूमिका रहेको थियो।

नेपालमा उर्दू भाषा पनि बोलिने भएकाले त्यसको केही न केही फाइदा हाउले पाउने नै छिन्। राजदूतका रुपमा काठमाडौंमा होउका प्राथमिकता भने राष्ट्रपति सीको नेपाल भ्रमण, नेपालमा चिनियाँ लगानीका आयोजनाका काममा तिब्रता र थप लगानी आकर्षित गर्ने नै हुने देखिन्छ।

प्रकाशित ९ मंसिर २०७५, आइतबार | 2018-11-25 18:42:52
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...