घुसखाेर कर्मचारीको नयाँ शैलीः जाेगिने विधि सिक्न अख्तियार ‘पोष्टिङ’


Infocus



अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

आयोगबाट सरुवा भएर गएपछि आफूले जाने, सिकेको अनुसन्धानशैलीका आडमा अनियमितता भएका घटनाले कर्मचारी छनौटको अख्तियार शैलीमाथि गम्भीर प्रश्न उब्जिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीनवर्ष बस्दा उपसचिव (जिल्ला न्यायाधीवक्ता) कोषहरि निरौलाले अनुसन्धान अधिकृत बनेर दर्जनौ मुद्दाको अनुसन्धान गरे।

पक्राउ गरी राष्ट्र सेवक कर्मचारीसँग बयान लिए। कैयौं स्ट्रिङ अप्रेशनमा सहभागी भए। आयोगका तर्फबाट मुद्दा बलियो बनाएर बिशेष अदालतमा लगे।

आयोगले २३ औं स्थापना दिवस मनाइरहँदा उपसचिव निरौला टंगालस्थित केन्द्रीय कार्यालयमै थिए। तर आफूले तीन वर्ष बिताएको त्यही आयोगका सदस्यले मंगलबार उनलाई हातमा हतकडी लगाएर जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट बाहिर निकाले। पछिल्लो समय उनी रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालय प्रमुख थिए।

सरकार वादी हुने मुद्दामा पीडितका पक्षबाट वकालत गर्ने कार्यालयका प्रमुख निरौला ८० हजार रुपैयाँ रकमसहित रंगेहात पक्राउ परेका थिए। ठगी मुद्दा मिलाइदिने भन्दै उनले कार्यालय खुल्नासाथ रकम लिएका थिए। उनले रकम गनेर लुकाउन नपाउँदै काठमाडौंबाट खटिएको आयोगको टोलीले नियन्त्रणमा लियो।

कुनै समय आयोगका मुद्दालाई कसरी बलियो बनाउने भनेर दिनरात मिहेनत गर्ने उपसचिव निरौला मंगलबार भने मुद्दा कमजोर बनाएर प्रतिवादीलाई उन्मुक्ती दिन सक्रिय थिए।

‘आयोगमा बस्दा उनले सदाचारभन्दा भ्रष्टाचार गरेर कसरी बच्ने भन्ने सिकेका रहेछन्’, आयोगका एकजना अधिकृतले नेपालखबरसँग भने ‘मलाई कसले समाउँछ भन्दै घुस लिदा रहेछन्।’ ती अधिकारीका अनुसार रुपन्देहीमा निरौलाको घुस आतंक चलेको लामो समय भइसकेको थियो। आयोगको बुटवल कार्यालयमा उनीबिरुद्ध दर्जनौ मौखिक र लिखित उजुरी परेका छन्।

‘अख्तियारको मोडस अपरेन्डी (कामगर्ने शैली) बुझेका कारणले उनलाई रंगेहात समाउन समय लागेको हो। धेरै पीडितहरुका गुनासो लिएर आउनु भएको छ। आयोगले मंगलबार मात्रै सफलता पायो,’ ती अधिकारीले भने। निरौलालाई आयोगको कारवाही, स्ट्रिङ अप्रेशन र त्यहाँका कर्मचारीका बिषयमा राम्रो जानकारी थियो। यसबाहेक उनी नेपाली कांग्रेस निकट कर्मचारी संगठनमा समेत सक्रिय थिए। यसलाई उनले सदाचार र न्यायसंगत कामभन्दा अनियमितता र भ्रष्टाचार गर्ने अस्त्रको रुपमा प्रयोग गर्दै आएका थिए।

मंगलबार पक्राउ परेका उपसचिव काेषहरि निराैलाला ३ वर्षअघि अख्तियार प्रांगणमा

मंगलबार पक्राउ परेका उपसचिव काेषहरि निराैलाला ३ वर्षअघि अख्तियार प्रांगणमा

‘घुस खाने कर्मचारी हुन् वा उच्च पदाधिकारी अख्तियारले साँच्चै काम गरेमा एक दिन फन्दामा पर्छन्। त्यसबेला कुनै उपाय काम लाग्दैन,’ आयोगमा लामो समय काम गरेका एक प्रहरी अधिकारी भन्छन्।

निरौलामात्र होइन आयोगमा बसेर अख्तियारको अनुसन्धान शैली थाहा पाएका नेपाल प्रहरीका डिएसपी श्यामकुमार राई २ वर्षभन्दा लामो प्रयासपछि असोज २० गते पक्राउ परेका थिए। उनीविरुद्ध १ लाख ४० हजार रुपैयाँ बिगो जरिवानासहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ।

उनी आयोगको प्रहरी महाशाखामा बसेका थिए। यही महाशाखाले आयोगले गर्ने स्ट्रिङ अप्रेशनको व्यवस्थापन गर्छ। राईले आयोगले समाउँछ भन्दै महानगरीय प्रहरी वृत्त चाँपागाउँमा कार्यरत रहँदा रातीको १० बजेपछिमात्र सेवाग्राही बोलाएर घुस लिन्थे।

वृत्तको माथिल्लो तलामा च्यानल गेट लगाएर घुस रकम लिने उनको तरिकाले आयोगका अधिकारी हैरान थिए। आखिर उनी वृत्त बौद्धमा साँझमा घुस लिदैगर्दा पक्राउ परे। उनले खरिद गरेको टेलिभिजनको भुक्तानी एकजना सेवाग्राहीसँग घुस बापत लिन खोजेका थिए।

अख्तियारले पक्राउ गरेका डिएसपी श्यामकुमार राई

अख्तियारले पक्राउ गरेका डिएसपी श्यामकुमार राई

आयोगले अनुसन्धान गरिरहेको ‘लाइसेन्सको ट्रायल परिक्षामा भएको भ्रष्टाचार’ को मुद्दामा पक्राउ परेका सई श्रीराम तिवारी समेत कुनै समय आयोगका सक्रिय प्रहरी अधिकारी थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट ठूला सवारीसाधनको प्रयोगात्मक परिक्षाका लागि प्रतिनिधि बनेका उनले समेत आयोगको अनुभव भ्रष्टाचार र अनियमितता गर्न प्रयोग गरे। आयोगले ठूलो मुद्दामा वर्गीकरण गरेर अनुसन्धान गरिरहेको यो मुद्दामा करोडौं रुपैयाँ अनियमितता भएको देखिएको छ। आयोगमा बसिसकेका र कानूनका विद्यार्थी तिवारीले आफूभन्दा माथिल्लो तहको संरक्षणका लागि मूख खोलेनन्। यसमा समेत उनलाई आयोगको बसाइले सिकाएको पाठ काम लागेको थियो।

अख्तियारले पक्राउ गरेका ट्राफिक महाशाखाका सई तिवारी

अख्तियारले पक्राउ गरेका ट्राफिक महाशाखाका सई तिवारी

जिल्ला प्राविधिक कार्यालय कन्चनपुर इन्जिनियर केदार शर्मा ६ लाख नगद र १४ लाख ७० हजार बराबरका चेकसहित केही अघि पक्राउ परे। अनुसन्धानमा उनी समेत आयोगमा काम गरिसकेका अधिकारी भएको खुलेको छ।

आयोग प्रवक्ता सहसचिव रामेश्वर दंगाल भन्छन्, ‘आयोगमा बसेर सदभावना दूत बन्नुको साटो केही कुपात्र अपवाद देखिएका छन्। यहाँको कार्यविधि, तौरतरिका र प्राविधिक ज्ञान सिकेर भ्रष्टाचारबाट बच्छु भन्ने ठान्नेहरु पक्राउ परिरहेका छन्।’

अनियमितता छानवीन गर्ने यो संवैधानिक निकायले कर्मचारी लिँदा उनीहरुको पृष्ठभूमि चेकजाँच गर्ने गरेको छ। यो औपचारिक प्रक्रिया भए पनि सत्ता, शक्ति, पार्टी र अाफन्तका आडमा अख्तियारमा उजुरी परेका कर्मचारीहरु नै अख्तियार पोष्टिङ भएका थुप्रै उदाहरण छन्। ‘आफूविरुद्धको उजुरी मिलाउनै भनेर विगतमा अख्तियार जानेहरू पनि देखिएका थिए। कस्ता कर्मचारी लिने भन्ने सन्दर्भमा अख्तियारले राम्रो गृहकार्य गर्नुपर्ने देखिन्छ’, लामो समय अख्तियारमा बिताएका एक बरिष्ठ सरकारी अधिकारी भन्छन्।

आयोगबाट सरुवा भएर गएपछि आफूले जाने, सिकेको अनुसन्धानशैलीका आडमा अनियमितता भएका घटनाले कर्मचारी छनौटको अख्तियार शैलीमाथि गम्भीर प्रश्न उब्जिएको छ। आयोग प्रवक्ता सहसचिव दंगाल भन्छन्, ‘यहाँ आएपछि आचरण सुधार हुनुपर्ने हो तर सबैको स्वभाव उस्तै नहुने रहेछ। जे भए पनि त्यस्ता कुपात्रहरु पक्राउ पर्छन्। ढिलोचाँडोको मात्र कुरा हो।’

प्रकाशित ४ मंसिर २०७५, मंगलबार | 2018-11-20 18:12:06
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’