Exclusive

‘पर्यटन र कृषिको चिनियाँ अनुभव नेपालका लागि लाभदायक’



प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदुत यु होङले आज भेट गरेकी छन्।

भेटमा लुम्बिनीको पर्यटन प्रवर्द्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ। मुख्यमन्त्रीले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर संभावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव नेपालका लागि काम लाग्ने बताए।

उनले नेपालको विकासमा चिनियाँ सद्भाव सँधै रहेकोले महामहिम राजदुत मार्फत चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरे। उनले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे।

राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताइन्। लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरिन्।

उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराइन्। साथै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सफलता पाउन शुभकामना समेत दिइन्।

राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा गरिन्। 

प्रकाशित २५ कार्तिक २०७५, आइतबार | 2018-11-11 16:36:20
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।