पत्रकार सम्मेलनमा ट्रम्प अाक्राेशित, सिएनएन पत्रकारको मान्यता रद्द


Kshamadevi Group


सिएनएन पत्रकारका हातबाट माइक खाेस्दै ह्वाइट हाउस कर्मचारी
सिएनएन पत्रकारका हातबाट माइक खाेस्दै ह्वाइट हाउस कर्मचारी

ह्वाइट हाउस मामिला हेर्ने पत्रकारहरूकाे एउटा संगठनले ट्रम्प प्रशासनको निर्णयको भर्त्सना गर्दै भनेको छ, ‘यो पत्रकारहरुका लागि सैह्य हुने छैन।’

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा प्रश्न सोध्ने केबल न्युज नेटवर्क (सिएनएन) का ह्वाइट हाउस संवाददाताको मान्यता राष्ट्रपति कार्यालयले रद्द गरिदिएको छ। यो फैसला राष्ट्रपति ट्रम्पको निर्देशन भएको हो।

बुधबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा सरकारी कर्मचारीले सिएनएन संवाददाता जिम एकोस्टासँग माइक खोस्ने प्रयास गरेका थिए। सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सो पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘सिएनएन पत्रकार पत्रकार असभ्य छन् र रुखो छन्।’ ट्रम्प प्रेस सचिव सारा स्यान्डर्सले एक महिलालाई दुर्व्यवहार गरेका कारण सिएनएन संवाददाता जिम एकोस्टाको मान्यता रद्द गरिएको बताइन्।

के भएको थियो पत्रकार सम्मेलनमा?
पत्रकार सम्मेलनमा जिम एकोस्टाले अमेरिकी राष्ट्रपतिसँग मेक्सिकन शरणार्थी एवं मेक्सिकन आप्रवासीबारे प्रश्न गर्न चाहेका थिए। तर प्रश्न पूरा हुन नपाउँदै ट्रम्प छेउमा रहेकी एक महिलाले उनको हातबाट माइक खोस्ने प्रयास गरिन्। त्यति नै बेला राष्ट्रपति ट्रम्प बाेले, ‘धेरै भयो, धेरै भयो। बस् यसलाई रोक। माइक तल राख।’

यसपछि डोनाल्ड ट्रम्पले भने, ‘सिएनएनले आफैँसँग लज्जित हुनुपर्ने हो। जुन किसिमको व्यवहार तिमीले स्यान्डर्सको टोली सदस्यसँग गर्याे त्यो निन्दनीय छ।’

ट्रम्पकी प्रेस सचिव सारा स्यान्डर्सले यसबारे ह्वाइट हाउसको आधिकारिक बयान ट्विटरमा पोष्ट गरेकी छिन्। ‘राष्ट्रपति ट्रम्प स्वतन्त्र प्रेसमा विश्वास गर्छन्। उनी कडा प्रश्नका पनि सामना गर्छन्। तर उनी आफ्नो काम गरिरहेकी एक युवा महिलालाई दुव्र्यवहार गर्ने कुनै संवाददाता सहन सक्दैनन्’, उनले भनेकी छिन्।

सिएनएन पत्रकार जिम एकोस्टाले आफूलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएको घटनाको पुष्टि गर्दै ट्विट गरेका छन्। सिएनएनले पनि यो मुद्दबारे बयान सार्वजनिक गरेको छ। ‘कडा प्रश्न सोधका कारण सिएनएन पत्रकारको मान्यता रद्द गरिएको हो’, सिएनएनले भनेको छ।

सिएनएनले राष्ट्रपति प्रेस सचिव सारा स्यान्डर्सले झुटो बोलेको भन्दै त्यसको खण्डन गरेको छ। ह्वाइट हाउस कभर गर्ने संवाददाताहरुको एक समितिले ट्रम्प प्रशासनको यो निर्णयको भर्त्सना गर्दै भनेको छ, ‘यो पत्रकारहरुका लागि सैह्य हुने छैन।’ समितिले ह्वाइट हाउसलाई आफ्नो निर्णय फिर्ता लिन समेत आग्रह गरेको छ।

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 15:50:47
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...