प्रदेश असफल भयो भने सबै परिवर्तन असफल हुन्छ: प्रचण्ड




...

विश्वभरको अभ्यास के छ भने सत्ता परिवर्तनपछि कर्मचारीतन्त्रको एउटा तह हटाइन्छ। नेपालमा पुरानै कर्मचारीतन्त्र रहेकाले संघीयता कार्यान्वयनमा अप्ठेरो भएको छ।

अहिले केही रणनीतिक महत्वका दीर्घकालीन पूर्वाधारसम्बन्धी कामहरू भएका छन्। जुन वर्षौंदेखि हामीले मेहनत गर्दा पनि हुन सकेका थिएनन्। त्यो अहिले भएको छ। कम्युनिस्ट एकताको तागतले यो संभव भएको हो। बलियो सरकारको शक्तिले संभव भएको हो।

भारतसँगको सम्बन्धको कुरा गरौं या चीनसँगको सम्बन्धको कुरा गरौं। हामीले बच्चैदेखि पढ्ने गरेका छौं, नेपाल भूपरिवेष्ठित देश हो। अझ कहिलेकाहीँ भारतवेष्ठित देश हो भनेर पनि पढ्थ्यौं।

तर अब नेपाल त्यस्तो छैन। अब नेपाल जमिनद्वारा जोडिएको देश भयो। ‘ल्यान्ड लक’ बाट ‘ल्यान्ड लिंक कन्ट्री’ भयो। अब परिभाषा बदलियो। भारतको कोलकाता बन्दरगाह र चीनका चार बन्दरगाह प्रयोग गरी विश्वभर व्यापार गर्ने सामथ्र्य हामीले बनाएका छौं। यदि देशमा स्थिर राजनीतिको वातावरण नभएको भए, बलियो सरकारको नबनेको भए यी कुरा संभव हुने थिएनन्।

अहिलेको जमाना केनेक्टिभिटीको जमाना हो। ल्हासादेखि लुम्बिनीसम्म रेल सञ्चालन, केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र अहिले पोखरा–लुम्बिनीतिर हामी सर्भे गर्न गइरहेका छौं।

अस्ति म पूर्व १ नम्बर प्रदेशतिर जाँदा रेल त आइसकेको छ। जनकपुरमा रेल आइसकेछ। भाडामै भए पनि रेल चल्न थालिसकेछ। अब सिमरासम्म छिट्टै आउनेछ। यसरी पूर्वपश्चिम रेलमार्ग बन्ने अब निश्चित छ। काठमाडौं वीरगन्जको कुरा पनि सुनिराख्नु भएकै छ।

यसरी हेर्दा ऐतिहासिक र रणनीतिक पूर्वाधार बनाउने कुरामा सरकार सफल भएको छ, कम्युनिस्ट पार्टी सफल भएको छ।

अर्को यो संविधान कार्यान्वयनको असाध्यै महत्वपूर्ण पक्ष– ऐनहरूको निर्माण हो। संविधानले तोकेअनुसार २०७५ असोज ३ गतेभित्र मौलिक अधिकारसम्बन्धी सबै ऐन बनाउन सरकार सफल भएको छ। यदि समयभित्र यी ऐनहरू नबनेका भए संविधानको औचित्यमाथि नै प्रश्न उठ्नेवाला थियो। तर हाम्रो सरकार सफल भएको छ।

विकासका पूर्वाधार र छिमेकीसँगको सम्बन्ध सुधार गर्ने विषयमा सरकार सफल भएको छ। जनताले तुरुन्तै खाल्डाखुल्डी पनि पुरियोस्, महँगी घटिहालोस् भन्ने चाहेका छन्। बर्खामा खाल्डाखुल्डी पुर्ने काम पनि सजिलो रहनेछ। अब बर्खा सकिएको छ। मैले भनेको छु– सरकारले गियर बदल्ने बेला आएको छ। अब सरकारले जनताले देख्नेगरी काम गर्ने बेला आएको छ।

सरकारले गियर बदल्दैछ र, जनताले देख्ने किसिमका कामहरू गर्दैछ। हामी त्यतातिर केन्द्रत छौं।

हामी नेतृत्व तहमा सरकारको काम कारबाही र पार्टी एकातासम्बन्धी समीक्षा गर्दैछौं। केही अपूरा कुराहरू पूरा गर्नेछौं। नसमेटिएका कुराहरू समेट्ने प्रयास गर्नेछौं। अन्ततः कम्युनिस्ट पार्टीले जनताका अगाडि जे वाचा गरेको थियो, त्यो पूरा हुन्छ भनेर म भन्न चाहन्छु।

गण्डकी प्रदेशको कुरा गरौं। यो यस्तो प्रदेश हो जसको केन्द्र निर्विवाद रूपले तोकियो– नेपालको ऐतिहासिक पर्यटकीय नगरी पोखरा। यो विगतको पुरानो राज्य बनाउने प्रक्रियाको पनि केन्द्र हो। यसैकारण यसले अलि अग्रणी भूमिका खेल्नुपर्छ। यहाँ काम गर्ने पत्रकारहरूले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ।

हामीले नेपालमा थुप्रै प्रगति गर्यौं। एउटा नराम्रो प्रवृत्ति पनि विकास भएको छ– हरेक कुरालाई नकारात्मक रूपमा हेर्ने। नकारात्कक सोच मात्रै आउने। जसलाई देखे पनि रिस उठ्ने। यस्तो खालको प्रवृत्तिले कसैलाई फाइदा गर्दैन। पत्रकारहरूले यसलाई चिर्दै सकारात्मक सोच, सकारात्मक वातावरण निर्माणमा मद्दत पुर्याउनुपर्छ।

अहिले केही रणनीतिक महत्वका दीर्घकालीन पूर्वाधारसम्बन्धी कामहरू भएका छन्। जुन वर्षौंदेखि हामीले मेहनत गर्दा पनि हुन सकेका थिएनन्।

प्रदेश सकारलाई, प्रदेश सभालाई प्रभावकारी कसरी बनाउने भन्ने महत्वपूर्ण प्रश्न छ। कतिपयको सोच छ– प्रदेश असफल भयो भने प्रदेश मात्रै असफल हुन्छ, अरू त रहन्छ। तर मैले अहिलेसम्म नेतृत्व गरेको राजनीतिक संघर्ष, आन्दोलन तथा सरकारको अनुभव र बुझाइले के भन्छ भने प्रदेश असफल भयो भने गणतन्त्र असफल हुन्छ। संघीयता असफल हुन्छ। धर्मनिरपेक्षता असफल हुन्छ। यो सम्पूर्ण परिवर्तन असफल हुन्छ।

त्यसैले प्रदेश सफल पार्ने कुरा धेरै महत्वपूर्ण कुरा हो। अरू त सबै पहिलेदेखि भइरहाखेकै कुरा हो। हिजो राष्ट्रिय पञ्चायत थियो, गाउँ पञ्चायत थियो। गाउँ विकास समिति थियो, संसद् थियो। यी सबै पहिलेदेखि भएकै कुरा हुन्। नभएको नौलो कुरा भनेकै प्रदेश सभा र प्रदेश सरकार हो।

अहिले हेर्दा काम न काज त्यत्तिकै ल्याएर थोपर्दिएको जस्तो देखिएको छ यो। काम पनि छैन, कर्मचारी पनि छैनन्। राम्रोसँग अफिस पनि छैन। बजेट पनि छैन। बजेट भए पनि खर्च गर्ने ताकत छैन भन्याजस्तो देखिन्छ।

सिंहदरबारको अधिकार तल लैजाने भनेको वास्तवमा प्रदेश र स्थानीय तहसम्म पुर्याउने भनेको हो। यहाँ कुरा के छ भने राजनीतिक नेतृत्व र लामो समयदेखि स्थायी सरकारका रूपमा काम गर्ने कर्मचारीको नेतृत्वको बुझाइमा तादात्म्य र एकरूपता आइसकेको छैन। मैले अहिले धेरै भन्यो भने सायद राम्रो हुँदैन।

दुनियाँमा के हुने गर्छ भने ठूल्ठूला राजनीतिक परिवर्तन भएपछि, सिस्टम परिवर्तन भएपछि ब्युरोक्रेसीको एउटा लेयर (तह) लाई हटाइन्छ। जुन लेयरले नयाँ सिस्टम नआओस् भन्ने चाहेको हुन्छ त्यसलाई हटाइन्छ। र, नयाँ सिस्टमप्रति ‘लोयल’ हुनेलाई ‘प्रमोट’ गरिन्छ।

हाम्रोमा त्यस्तो चलन छैन। यहाँ के छ भने २००७ सालमा होस् वा ०४६ र ०६२–६३ मा। पार्टी र जनताले आन्दोलन गर्छन्, संघर्ष गर्छन्, बलिदान गर्छन् र नयाँ परिवर्तन, नयाँ सिस्टम ल्याउँछन्। त्यसलाई कार्यान्वयन गर्ने तन्त्र चाहिँ पुरानै छ। मान्छे पुरानै छन्। अनि राजनीतिक नेताहरूलाई पनि विस्तारै–विस्तारै त्यो ब्युरोक्रेसीले आफूजस्तै बनाउँदै लान्छ र त्यो परिवर्तनको औचित्यमाथि नै प्रश्न उठ्नेजस्तो हुन जान्छ। कर्मचारी सिंहदरबार छाडेर तल आउन चाहँदैनन्। सरकार त्योसँग सम्झौता गर्नुपर्ने बाध्यतामा पर्छ। अर्थात् सरकारले एकैचोटि निर्णय गर्न धेरै अप्ठ्यारा र झमेलाहरू आउँछन्। त्यसकारणले पनि अहिले कर्मचारी समायोजन राम्रोसँग हुन नसकेको हो। प्रदेश सरकार प्रभावकारी हुन नसकेको हो।

(बुधबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित २१ कार्तिक २०७५, बुधबार | 2018-11-07 12:27:32
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...