स्थापितको ठाउँमा तिहार लगत्तै नयाँ मन्त्रीः मुख्यमन्त्री पौडेल



डोरमणि पौडेल
डोरमणि पौडेल
प्रविन कोइराला

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई विस्थापित गरेपछि खाली भएको भौतिक पूर्वाधार मन्त्रालयमा तिहार लगत्तै नयाँ नियुक्ति गर्ने बताएका छन्।

शनिबार बिहान ललितपुरको भैसेपाटीस्थित निवासमा नेपालखबरसँग वार्ता गर्दै मुख्यमन्त्री पौडेलले जिम्मेवारी अनुसार काम नगरेको र मन्त्रिपरिषद बैठकमा समेत अप्रिय स्थित सिर्जना गर्न खोजेकाले स्थापितलाई बर्खास्त गर्नुपरेको बताए।

बुधबार हेटौंडामा भएको प्रदेश मन्त्रीपरिषद बैठकमा मन्त्री स्थापितले गाली गरेपछि लगत्तै काठमाडौं आएका मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री केपी ओलीको सहमती लिएर शुक्रबार उनलाई पदमुक्त गरेका थिए।

स्थापितलाई बर्खास्त गर्ने गर्ने निर्णयलाई सबैले सकारात्मक रुपमा लिएको बताउँदै पौडेलले यसबाट पार्टी र प्रदेश सरकारलाई कुनै असर नगर्ने दाबी गरे।

‘प्रतिक्रिया देख्नु भयो होला नि, मुख्यमन्त्रीले गलत गरे भन्ने एक जना देख्नु भएको छ?, प्रश्न गर्दै पौडेलले भने, ‘अब तिहारको दुई चार दिनपछि अर्को मन्त्री आउनु हुन्छ, काम गर्नुहुन्छ।’

स्थापितलाई किन निकालियो भनेर कसैले नभनेको र धेरैले ‘ठिकै भयो’ भनेर प्रतिक्रिया दिएको बताउँदै पौडेलले भने, ‘पार्टी अध्यक्ष प्रचण्डसहित नेतृत्वमा रहेका सबैलाई यस विषयमा जानकारी गराएको छु, प्रधानमन्त्री विरामी हुँदाहुँदै पनि अस्पताल गएर ब्रिफिङ गरें।’

‘तपाईंले जे निर्णय गर्नुहुन्छ त्यसमा समर्थन छ’ भनेर सबैले भनेपछि स्थापितलाई बर्खास्त गर्ने निर्णय गरेको बताउँदै पौडेलले यसबाट सरकार र पार्टीभित्र कुनै असर नपार्ने दाबी गरे।

बुधबार मन्त्रिपरिषदको बैठकमा भएको घटनापछि स्थापित आफैले राजिनामा दिने ठानेको तर बिहीबारसम्म कुर्दा पनि राजिनामा नआएपछि बर्खास्त गर्नु परेको पौडेलले बताए।

शुक्रबार स्थापितलाई बर्खास्त गरेपछि पौडेलले आफैले भौतिक पूर्वाधार मन्त्रालय पनि सम्हाल्दै आएका छन्।

‘बुधबारको बैठकमा स्थापितले अलिकति अराजता देखाए, संसदीय मर्यादा विपरितका काम पटक पटक भयो’, मुख्यमन्त्री पैडेलले घटनाविवरण सुनाउँदै भने, ‘क्याबिनेटमा मिनिस्टर जुन अनुशासनमा बस्नुपर्ने हो, त्यो भएन।’

मन्त्री स्थापित काण्ड, प्रदेश–केन्द्रबीचको खिचातानी, प्रदेश ३ को राजधानी र नाम लगायतका विषयमा मुख्यमन्त्री पौडेलसँग गरिएको वार्ता नेपालखबरमा प्रकाशित हुँदैछ।

प्रकाशित १७ कार्तिक २०७५, शनिबार | 2018-11-03 15:17:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...