ब्रिफिङ

‘चीन परस्त’ राजपाक्ष कसरी फर्किए कोलम्बोको सत्तामा



प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्ष शुक्रबार आफ्ना भाई तथा पूर्व रक्षा सचिव गोताभाया राजापक्षसँग अंकमाल गर्दै
प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्ष शुक्रबार आफ्ना भाई तथा पूर्व रक्षा सचिव गोताभाया राजापक्षसँग अंकमाल गर्दै
एपी

श्रीलंकाको राजनीतिको अर्को खेलाडी चीनले पनि कोलम्बोको पछिल्लो राजनीतिक परिवर्तन र राजापक्षको पुनआगमनबारे औपचारिक प्रतिक्रिया दिएको छैन। दिल्ली र बेइजिङ दुबै ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन्।

चार वर्षअघि काठमाडौं सार्क शिखर सम्मेलनमा सहभागी भइरहेका श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापक्ष निर्धारित समयभन्दा चाँडै स्वेदश फर्किन खोज्दा सम्मेलनका सहभागी धेरैले उनको मुलुकमा केही राजनीतिक गडबडी भइरहेको अनुमान गरेका थिए।

हो, श्रीलंकाको राजनीति अस्थिर बनिरहेको थियो। चुनावको मुखमा देशभित्र नयाँ राजनीतिक घटनाक्रम विकास भएको सूचना पाएपछि २०७१ मंसिरमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनको काठमाडौं घोषणा पत्र जारी गर्नुअघि नै राजापक्ष कोलम्बो फर्किन हतारिएका थिए।

नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले सार्क सम्मेलन आयोजकको हिसवाले आग्रह गरेपछि राजापक्षले काठमाडौंको बसाई केही समय लम्ब्याए। तर राष्ट्रपति राजापक्ष फर्केर कोलम्बो पुग्दा नपुग्दै चुनावलाई कन्द्रित गरेर उनीविरुद्ध नयाँ गठबन्धन खडा भैसकेको थियो। राजापक्षविरुद्ध राष्ट्रपति चुनावमा उनकै दल श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का महासचिव तथा स्वास्थ्यमन्त्री मैत्रिपाला सिरिसेना विपक्षी गठबन्धनका साझा उम्मेदवार बनेका थिए।

नभन्दै दुई महिनापछि २०७१ पुस २४ गते भएको चुनावमा राजापक्षलाई पराजित गर्दै सिरिसेना कोलम्बोको जिरो माइलस्थित राष्ट्रपति भवनमा प्रवेश गरे। त्यसपछि भारतीय गुप्तचार निकायले श्रीलंकाको राजनीतिमा कसरी ‘माइक्रो म्यानेजमेन्ट’ गर्नमा सफलता पायो भनेर विश्लेषण भयो। जसमा ‘चीन परस्त’ राजापक्षलाई सत्ताबाट हटाउन र उनकै दलका सिरिसेना र विपक्षी नेता रनिल विक्रमासिंगेलाई एकजुट बनाउन ‘रअ’ कसरी सफल भयो भन्ने धेरै चर्चा गरियो। राजापक्ष आफै सार्वजनिक रुपमै ‘रअ’ ले आफुलाई किनारा लगाएको आरोपमा उत्रिए।

राष्ट्रपतिमा पराजित भएपनि राजापक्षले त्यतिबेला नै प्रधानमन्त्री बन्ने प्रयास गरेका थिए। त्यसमा पनि असफल भएका उनी २०७५ साउन ३२ मा भएको श्रीलंकाको संसदीय चुनावमा फेरि प्रधानमन्त्रीको दाबेदारका रुपमा चर्चामा आए। चुनावमा विक्रमासिंगेको युनाइटेड नेसनल पार्टी (युएनपी) ले १ सय ६ स्थान जित्यो। तर सरकार बनउन चाहिने सामान्य बहुमत अर्थात् १ सय १३ स्थान पुर्याउन उसलाई अझै सात सिट आवश्यक पथ्र्यो। चुनाव भएको तीन दिनपछि राष्ट्रपति सिरिसेनाको पार्टी एसएलएफपीले विक्रमासिंगेको पार्टी युएनपीसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री हुने चाहना त्यागेको घोषणा गर्न राजापक्ष बाध्य भए।

सिरिसेनाले एसएलएफपी कब्जा गरेपछि राजापक्षले गत माघको अन्तिम साता स्थानीय निकायको चुनावअघि नयाँ पार्टी गठन गरे– श्रीलंका पोदुजाना पेरामुना (एसएलपिपी), जसले स्थानीय निकायमा सिरिसेना र विक्रमासिंगेको दल भन्दा करिब दोब्बर स्थानमा जित हासिल गर्यो। कोलम्बोको सत्ता गुमेपछि निरास बनेका राजापक्षलाई स्थानीय निकायको यो परिणामले उत्साहित तुल्यायो। त्यसपछि फेरि श्रीलंकामा भारतको ‘माइक्रो म्यानेजमेन्ट’ असफल भएको टिप्पणी हुन थाल्यो। त्यो स्थानीय चुनावको परिणामलाई युद्ध अपराध र भ्रष्टाचारको आरोपमा किनारा लगाइएका राजापक्षको राजनीतिमा पुनरागमको एउटा प्रमाण मानियो।

दिल्लीको सहयोगले मात्रै कोलम्बोको सत्तामा सिरिसेना आउन सफल भएको निष्कर्ष निकालेका राजापक्ष आफैपनि दिल्लीसँग सम्बन्ध सुधार्ने प्रयासमा थिए। करिब डेढ महिनाअघि भारतीय जनता पार्टीको निमन्त्रणामा राजापक्ष भारत भ्रमणमा आए। टाइम्स अफ इण्डीयाका अनुसार प्रधानमन्त्री मोदीसँग त्यसबेला दिल्लीमा भएको भेट राजापक्ष कोलम्बोको सत्ताबाट विस्थापित भएपछिको पहिलो थिएन। यसबीच कोलम्बो जाँदा मोदीले राजापक्षसँग भेट्न समय छुट्टयाउने गरेका थिए।

राजापक्षको भारत भ्रमणको व्यवस्थापन गरेका भारतीय जनता पार्टीका नेता तथा राज्यसभाका सांसद सुब्रमण्ड्यम स्वामीले दिल्लीको समर्थनमै कोलम्बोमा शुक्रबार राजनीतिक कदम चालिएको जस्तो संकेत गरेका छन्।

राजापक्षले प्रधानमन्त्रीको सपथ लिए लगत्तै ट्विट गर्दै स्वामीले भनेका छन्, ‘मेरा मित्र महिन्दा राजापक्षले भर्खरै श्रीलंकाको प्रधानमन्त्रीको सपथग्रहण गरेका छन्। अब म माल्दिभ्स र अफगानिस्तानको विषयमा काम गर्छु।’

२००९ मा २५ वर्षभन्दा लामो गृहयुद्धमा तामिल विद्रोहीलाई परास्त गर्दै श्रीलंकामा एकछत्र शासन गर्ने अवस्थामा पुगेका थिए राजापक्ष। तामिल विद्रोहलाई नियन्त्रण गर्न चीनबाट हतियार खरिद गरेका राजापक्षले त्यसपछि केही ठूला परियोजनामा चिनियाँ लगानी भित्र्याएका थिए। जसमा राजापक्षकै गृहनगर हम्बनटोटास्थित समुद्री बन्दरगाह एउटा थियो। कोलम्बोको सत्तामा सिरिसेना आएपछि त्यो परियोजनाका शर्त फेरबदल गरियो र चिनियाँ कम्पनीलाई ९९ वर्षसम्म लिजमा दिने सम्झौता भयो। जसलाई अहिले भारतीय र पश्चिमा विश्लेषकले ‘चिनियाँ डेब्ड ट्रयाप’ को एउटा उदाहरण बनाउँदै आएका छन्।

संयोग कस्तो परेको छ भने जसरी चार वर्षअघि काठमाडौं सार्क सम्मेलनबाट श्रींलंकन राष्ट्रपति राजापक्ष कोलम्बो फर्के लगत्तै त्यहाँ राजनीतिक परिवर्तन भयो फेरि काठमाडौं बिम्स्टेक सम्मेलनबाट राष्ट्रपति सिरिसेना फर्केलगत्तै अर्को परिवर्तन भएको छ र उनै राजापक्ष फेरि सत्ताको केन्द्रमा फर्किएका छन्।

पूर्व राष्ट्रपति महिन्दा राजापक्षले शुक्रबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाबाट प्रधानमन्त्रीको सपथ लिए। राष्ट्रपति सिरिसेनाले नाटकीय रुपमा रनिल विक्रमासिङ्गेलाई हटाएर राजापक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि विश्लेषकहरूले यसलाई अनपेक्षित घटनाका रुपमा अथ्र्याएका छन्।

राजापक्ष प्रधानमन्त्रीमा नियुक्त भएपछि पनि ‘प्रधानमन्त्री आफै रहेको’ दाबी गरिरहेका विक्रमासिङ्गेले सभामुखलाई भेटेर संसदको आपतकालिन बैठक बोलाउन आग्रह गरेपछि राष्ट्रपतिले शनिबार संसद निलम्वन गरेका छन्।

कोलम्बोमा केही सातायता राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंगेबीच बढेको मतभेदको अप्रत्यासित परिणाम मानिएको छ शुक्रबारको नयाँ राजनीतिक विकास। संसदको चुनावबाट सबैभन्दा ठूलो दल बनेपनि विक्रमासिंगेको पार्टी युएनपीसँग सरकार गठन गर्न बहुमत पुग्दैन। सो दलसँग १ सय ६ स्थान रहेको छ, जुन बहुमतभन्दा ७ स्थान कम हो। सिरिसेना र राजापाक्षसँग ९५ सांसद मात्रै छन्, जबकी संविधान अनुसार प्रधानमन्त्रीले संसदमा बहुमत सिद्ध गर्नु पर्ने हुन्छ।

त्यसैले केही वर्षअघिसम्म नेपालमा जस्तै श्रीलंकामा अब साना राजनीतिक पार्टी निर्णायक हुने देखिएको छ। श्रीलंकाको संसदमा तामिल गठबन्धनका १६, जनथा भिमुक्थी पेनामुलाका ६ र श्रीलंका मुस्लिम कांग्रेस र इलम पिपुल डेमोक्रयाटिक पार्टीका एक–एक सांसद छन्। राजापक्षले संसदमा बहुमत सिद्ध गर्न अब यी साना पार्टीमध्ये केहीको समर्थन लिनुपर्ने हुन्छ।

***
कोलम्बो बन्दरगाह भारतलाई लिजमा दिने विषयमा पछिल्लो समय राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंगेबीच विवाद चुलिएको थियो। सिरिसेनाले मन्त्री परिषद बैठकमा कोलम्बो बन्दगाहको टर्मिनल परियोजनामा भारतीय सहभागिताको विरोध गरेका थिए। जबकी विक्रमासिंगे चाहिँ यो परियोजनामा भारतलाई सहभागी गराउन चाहन्थे।

एक साताअघि भारत भ्रमणमा आएका विक्रमासिंगेले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि श्रीलंकामा भारतीय परियोजनाहरुको कार्यान्वयनमा ढिलाई भइरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए। जसलाई कोलम्बो बन्दरगाहमा भारतलाई सहभागी नगराउने राष्ट्रपति सिरिसेनाको योजनामाथिको प्रहारका रुपमा अर्थ्याइएको थियो।

कोलम्बोमा मन्त्री परिषद बैठकमै यो परियोजनाको विषयमा विवाद भएपछि राष्ट्रपति सिरिसेनाले भारतीय गुप्तचार निकाय ‘रअ’ ले आफ्नो हत्या गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका थिए। श्रीलंका सरकारले राष्ट्रपतिको उक्त भनाईको खण्डन गर्दै उनको सुरक्षा व्यवस्था कडा बनाएको थियो।

श्रीलंका प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन व्यवस्था भएको देश हो, जहाँ प्रधानमन्त्रीले मन्त्रीपरिषदको सञ्चालन र नेतृत्व गर्छन्। 

***
‘चीन परस्त’ ठानिएका राजापक्ष कसरी कोलम्बोको सत्तामा फर्किए र श्रीलंकाको राजनीतिक परिवर्तनले कस्तो आकार लिन्छ भन्ने विषय अझै केही समय अनुमानमै सिमित रहने देखिन्छ। हिन्द महासागरको टापु राष्ट्र श्रीलंकामा सधैं आफू अनुकुलको सरकार रहेको देख्न चाहने दिल्लीले कोलम्बोको पछिल्लो राजनीतिक परिवर्तनबारे औपचारिक प्रतिक्रिया जनाइसकेको छैन।

पछिल्ला वर्षहरूमा खासगरी बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) रणनीति अन्र्तगत बेइजिङले हिन्द महासागरका तटमा प्रभाव विस्तार गर्दै गएकोमा दिल्लीको असन्तुष्टी बढिरहेको छ। र, श्रीलंकाका प्रमुख तीन पार्टीका प्रमुख खेलाडीहरू– सिरिसेना, राजापक्ष र विक्रमासिंगे कोलम्बोको सत्तामा हावी हुन दिल्लीको विश्वास जित्ने प्रयासमा छन्। राष्ट्रपति सिरिसेनाले बिम्स्टेक सम्मेलनको क्रममा काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ता गरेका थिए भने राजापक्ष र विक्रमासिंगेले दिल्ली पुगेर मोदीसँग भेटवार्ता गरेका छन्।

श्रीलंकाको राजनीतिको अर्को खेलाडी चीनले पनि कोलम्बोको पछिल्लो राजनीतिक परिवर्तन र राजापक्षको पुनआगमनबारे औपचारिक प्रतिक्रिया दिएको छैन। दिल्ली र बेइजिङ दुबै ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन्।

यो पनिः
श्रीलंकामा राजनीतिक संकटः राष्ट्रपतिद्वारा संसद निलम्बन
श्रीलंकामा नयाँ राजनीतिक मोड, राष्ट्रपतिमा हारेका महिन्दा राजापक्ष बने प्रधानमन्त्री

प्रकाशित १० कार्तिक २०७५, शनिबार | 2018-10-27 14:22:42
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...