प्रदेश जिम्मेवारीमा नेपाल र श्रेष्ठको असहमति कायमै, स्थायी कमिटीमा अावाज उठाउने



नेकपा केन्द्रीय सचिवालय बैठक
नेकपा केन्द्रीय सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेशको जिम्मेवारी दिएको विषयमा अहसमतिलाई स्थायी कमिटीको बैठकमा उठाउने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आफ्नो पूर्ण निर्णयलाई स्वीकृत गरे पनि दुवै नेताले सो विषयमा रहँदै आएको आफ्नो असहमतिलाई स्थायी कमिटीको बैठकमा लैजाने भएका हुन्। स्थायी कमिटीको बैठक आगामी साता बस्नेछ। स्थायी कमिटीको बैठकले बाँकी जिम्मेवारीको विषयमा समेत निर्णय गर्ने बताइएको छ।

बैठकमा दुवै नेताहरुले आफूहरु विदेशमा रहेको समयमा भएको सचिवालयको बैठकले प्रदेशको जिम्मेवारी दिँदा विधि र प्रक्रिया नमिलेको भन्दै प्रदेश कमिटी जिम्मेवारी दिने सचिवालयको निर्णयप्रति अहसमति दर्ता गराएका हुन्।

'सचिवालयले आफ्नो पुरानो निर्णयलाई सदर गरे पनि प्रदेशको जिम्मेवारी दिएको विषयलाई आगामी स्थायी कमिटीको बैठकमा समेत उठाउनु हुनेछ' बरिष्ठ नेता नेपाल निकट स्रोतले भन्यो, 'नेता नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठकमा सचिवालयले प्रदेशमा तोकेको जिम्मेवारीप्रति असहमतिलाई स्पष्टसँग राख्नु भएको छ।'

बैठकमा अन्य नेताहरुले भने पहिलो गरेको निर्णय फिर्ता लिँदा राम्रो सन्देश नजाने भन्दै अन्य कमिटी गठन हुँदा असहमतिलाई सम्बोधन गर्ने भन्दै विवादको विषयलाई बाहिर नलैजान सहमति गर्दै बैठक सकिएको थियो। बैठकले प्रवक्ता श्रेष्ठको राजिनामालाई पनि अस्वीकार गरेको थियो ।

बैठकमा नेता नेपालले पूर्व सहमतिअनुसार सचिवालयले स्थायी कमिटीको बैठकमा नाम प्रस्ताव गर्नेभन्दा विपरित निर्णय भएको भन्दै त्यो स्वीकार नभएको उल्लेख गरेका थिए।

बैठकमा दोहोरो जिम्मेवारी नदिने गरी तय गरिएको मापदण्ड पनि तोडिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो। प्रदेश नम्बर चार र पाँचमा प्रदेश इन्चार्ज सोही प्रदेशको मुख्यमन्त्रीलाई तोकिएको छ। यसअघि नै नेपालले सचिवालयको बैठकमा प्रदेशको जिम्मेवारी तोक्ने विषयमा लिखित असहमति दर्ता गरेका थिए।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५ असोजको बैठकबाट प्रदेश कमिटीको नेतृत्व चयन गर्दा एकलौटी गरेको भन्दै नेता नेपालले असहमति व्यक्त गर्दै आएका छन्।

५ असोजको बैठकप्रति आक्रोशित नेता नेपालले १२ असोजमा स्थायी समितिका सदस्यहरु सम्मिलित चियापान कार्यक्रम आयोजना गर्नुको अतिरिक्त आफू विदेश भ्रमणमा भएका बेला बैठक राखेको भन्दै पार्टी सचिवालयमा आफ्नो लिखित सहमति पत्रसमेत बुझाएका थिए।

प्रकाशित ५ कार्तिक २०७५, सोमबार | 2018-10-22 23:05:50
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...