भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत




चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ
चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

बिहिबार भएको चुनावमा डा. लोटे छिरिङले नेतृत्व गरेको डिएनटीले ४७ मध्ये ३० सिट जितेर संसदको तल्लो सदनमा बहुमत हासिल गरेको छ, जुन सरकार गठन गर्नका लागि स्पष्ट बहुमत हो। बिहिबार साँझ आएको मत परिणाम अनुसार प्रमुख प्रतिपक्षी पार्टी ड्रुक फुन्सुम शोग–पा (डिटिपी) १७ स्थानमा खुम्चिएको छ।

भुटानको सत्तारुढ पीपुल्स डेमोक्य्राटिक पार्टी (पिडिपी) त भदौको अन्तिम साता भएको पहिलो चरणको चुनावबाटै बाहिरिएको थियो।

संसदमा ३० सिट जितेर सरकार बनाउने तयारीमा रहेको डिएनटी २०१३ को चुनावभन्दा केही समयअघि मात्र गठन भएको थियो। भुटानका मतदातले तेस्रो चुनावमा तेस्रो पार्टीलाई सत्तामा पुर्याएका हुन्।

२००८ मा भएको पहिलो संसदीय चुनावमा ४७ मध्ये ४५ सिट जितेर डिपिटीले सरकार बनायो भने पिडिपीले २ स्थानमै सिमित भयो।

२०१३ मा भएको दोस्रो चुनावमा ३२ स्थान जितेर सरकार बनाउन पिडिपी सफल भयो भने डिटिपी १५ स्थानम थन्कियो।

अहिले २०१८ मा भएको चुनावमा पहिले सरकार बनाएका दुबै पार्टी पराजित भएका छन्। ३० स्थान हासिल गरेर डिएनटीले सरकार गठन गर्ने मान्यता पाएको छ भने डिटिपी १७ स्थानमा रोकिएको छ।

नयाँ पार्टी डिएनटीले भुटानमा बढ्दो आर्थिक असमानतालाई प्रमुख चुनावी मुद्दा बताएको थियो। सो दलले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउने योजना अघि सारेको छ।

दोक्लाममा भारत र चीनबीच चर्केको सैन्य तनावपछि भुटानमा भएको यो चुनावलाई बाह्य विश्वले पनि चासोका साथ हेरेको थियो।

भुटानमा २० जिल्लामा ४७ निर्वाचन क्षेत्र छन्। भुटानको कानुनअनुसार नेशनल एसेम्बली चुनावमा राजनीतिक पार्टीले मात्रै भाग लिन पाउँछन्। माथिल्लो सदन र स्थानीय निकायमा भने राजनीतिक पार्टी नभई स्वतन्त्र व्यक्तिबीच चुनाव हुन्छ।

संसदको चुनाव दुई चरणमा हुन्छ। पहिलो चरणमा मतदाताले राजनीतिक पार्टीलाई मत दिन्छन्। देशभरबाट बढी मत प्राप्त गर्ने दुई पार्टीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ। त्यसबेला आफ्ना उम्मेदवारसहित दुई राजनीतिक पार्टी चुनावी प्रतिस्पर्धामा आउँछन्।

पहिलो चरणको चुनावमा जस्तै डिएनटीले आर्थिक रुपले तुलनात्मक रुपमा सम्पन्न दक्षिण पश्चिम क्षेत्रमा स्वीप गरेको छ। सरकार पुग्ने प्रयास असफल भएपनि पूर्वी क्षेत्रमा रहेको आफ्नो प्रभाव जोगाउन डिपिटी सफल भएको छ।

 

प्रकाशित १ कार्तिक २०७५, बिहिबार | 2018-10-18 21:21:28
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...