मानवअधिकारवादी र न्यायालयले सिके राउत र विप्लवको समर्थन गरेः सांसद बस्नेत


Infocus



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा महेश बस्नेतले मानवअधिकारवादी संस्था र न्यायालयले विखण्डनकारी गतिविधिलाई समर्थन गरेको गम्भीर आरोप लगाएका छन्।

सिके राउत र विप्लव समूहको अराजक गतिविधिलाई नियन्त्रण गर्दा सरकारको आलोचना गरेर मानवअधिकारवादी र न्यायालयले उनीहरूकै पक्षपोषण गरेको उनले आरोप लगाएका हुन्।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा सांसद बस्नेतले भने, ‘मुलुकको सार्वभौमिक अखण्डतामाथि नै चुनौती दिने गरेर एकातिर सिके राउतका गतिविधि र अर्कोतर्फ आतंकवादलाई नै समर्थन गर्ने ढंगले विप्लव समूहको गतिविधि भएका छन्। त्यस्ता अराजक प्रवृत्तिका गतिविधि र विखण्डनकारी गतिविधिलाई सरकारले नियन्त्रण गर्दा राज्यको आलोचना गर्ने मानवअधिकारवादी र घुमाइफिराइ त्यसलाई समर्थन गर्ने न्यायालयको व्यवहार चाहिँ आज समीक्षाको विषय बनेको छ।’

उनले निर्मला पन्तको घटनालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु गलत भएको दाबी पनि गरे। सत्यतथ्यसहित दोषीलाई सरकारले कानूनी दायरामा ल्याउनैपर्नेमा उनले जोड दिएका छन्। 

सांसद बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताएका छन्। सरकार सञ्चालन भएको तथा संघीयता कार्यान्वयन भएको सात महीना भएकाले आजका दिनसम्म भएको सरकारका कामकारवाही, नीति नियम, कार्ययोजनालगायत कुराको समीक्षा जरुरी रहेको बताए।

सरकारले ल्याएको बजेट वितरणमुखीभन्दा पनि संकलनमुखी भएको बताउँदै उनले वर्तमान सरकारको समयमा ३१ प्रतिशतले राजश्व वृद्धि भएको दाबी गरे। करका विषयमा हल्ला बढी, वास्तविकता कम भएको टिप्पणी गर्दै सांसद बस्नेतले स्थानीय तहले जनतालाई समस्या हुने कुनै पनि कर वृद्धि नगरेको बताए।

स्थानीय सरकारमा कुनै सत्तापक्ष र प्रतिपक्ष नहुने जिकिर गर्दै उनले स्थानीय तहका राम्रा र नराम्रा दुवै कार्यको जिम्मेवारी सबैको बराबर हुने धारणा रोख। उनले भने, ‘कार्यका आधारमा ५५ प्रतिशत नगरपालिका वा गाउँपालिकाको प्रमुखले जिम्मा लिनुपर्छ भने ४५ प्रतिशतको जिम्मा अरू सबैले लिनुपर्छ।’

स्थानीय तहमा कर्मचारी अभावका कारण काममा समस्या आएको सांसद बस्नेतले स्वीकार गरे।

अन्तर्राष्ट्रिय रंगशाला, प्राणी उद्यान, सभागृह, राजमार्ग, सुरुङ मार्ग, रेलमार्ग, जलमार्ग, एक प्रदेशदेखि अर्को प्रदेशका बीचमा गर्नुपर्ने विकास, स्मार्ट सिटी, ठूलाठूला विद्युत् उत्पादनलगायत विकासनिर्माण स्थानीय तथा प्रदेश सरकारले नभई संघीय सरकारले गर्ने उनले बताए।

प्रकाशित १ कार्तिक २०७५, बिहिबार | 2018-10-18 08:39:29
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...