श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?


Infocus



ज्ञानेन्द्र शाह
ज्ञानेन्द्र शाह

नयाँ बर्ष होस् वा प्रजातन्त्र दिवस (७ फागुन), यी दिनको पूर्व सन्ध्यामा विज्ञप्ती जारी गरेर पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिइरहन्छन्। र, समसामयिक राजनीतिबारे आफ्ना धारणा सार्वजनिक गरिरहन्छन्। उनका लागि विजया दशमीपनि नेपालीजनलाई शुभकामना दिने नाममा आफ्ना मनका भँडाश पोख्ने अवसर बन्ने गरेको छ।

प्रत्येक बर्षझैँ दशैँको मुख्य दिन सुरु भएसँगै फूलपाती (३० असोज) का दिन पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ती जारी गरी नेपाली जनतालाई शुभकामना दिएका छन्। र, समसामयिक राजनीतिबारे आफ्ना धारणा व्यक्त गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।

‘नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले वेष्ठित रहेको’ बताउँदै उनले ‘पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू संकटमा पर्दै जानु सबै नेपालीका लागि विषद् विषय बनेको’ उल्लेख गरेका छन्। उनले भनेका छन्,

‘देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मुलुक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनः स्मरण गराउँदछु। देशमा शान्ति–सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु–मारिनु नपर्ने, आपराधिक क्रियाकलापमा न्यूनीकरण हुने, कोपिला बालबालिकाहरू समेत सुरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार–प्रकारका सरकारहरूबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ।’

११ बैशाख २०६३ (लोकतन्त्रको पुनर्वहाली) र २९ जेठ ०६५ (गणतन्त्र स्वीकार गर्दै नारायणहिटी छाड्ने निर्णय) मा आफूले लिएका निर्णय विपरितका क्रियाकलाप त्यसयता हुँदै आएको उनको ठहर देखिन्छ। जस्तो कि, उनले भनेका छन्,

‘देश बन्ने–बनाइने सपना देखेका हामी नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ। हरेक उपलब्धिहरू परिवर्तन हुन्, तर हरेक परिवर्तनहरू उपलब्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ। आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने तराई, पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्नसमेत भइरहेको छ।’

यति भन्दै उनले ‘अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको’ पनि उल्लेख गरेका छन्। र, भनेका छन्, ‘आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ।’

यो विज्ञप्तीमार्फत् पूर्व राजा शाहले तीन कुरामा असन्तुष्टि पोखेका छन्। एक, ११ बैशाख २०६३ शाही घोषणापछि मुलुकले लिएको गणतन्त्रको बाटो असामयिक र असान्दर्भिक हो, जसले देशको अस्तित्व नै संकटमा परेको छ।

‘देश बन्ने बनाइने सपना देखेका हामी नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ’ भन्ने उनको विज्ञप्तीको वाक्यले यही बताउँछ।

दुई, संविधान सभाको १५ जेठ २०६५ को पहिलो बैठकले गरेको गणतन्त्रको घोषणा परिवर्तन’ भएपनि यो नेपाली जनताका लागि उपलब्धिमूलक बन्न नसकेको दावी उनको छ। र, यसलाई उनले बेकारको परिवर्तन’ करार गर्न खोजेका छन्।

‘हरेक उपलब्धिहरू परिवर्तन हुन्, तर हरेक परिवर्तनहरू उपलब्धिमूलक बन्न सक्दा रहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ’ भन्नुको अर्थ यही हो।

तीन, नयाँ राजनीतिक व्यवस्थाको सुरुवातपछि सामाजिक सद्भाव खल्बलिएको र नेपालीहरु बीचको एकतासमेत तोड्न खोजिएको आरोपसमेत उनले लगाएका छन्। ‘आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने तराई, पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्नसमेत भइरहेको छ’ भन्ने बताएर पूर्वराजा शाहले गणतान्त्रिक शासन व्यवस्था नेपाली–नेपालीबीचको एकता तोड्न सहयोगी सिद्ध गर्न खोजेका छन्।

२९ जेठ ०६५ मा नारायणहिटी छाडेयता जारी भएका हरेकजसो विज्ञप्तीमा पूर्वराजाले असन्तुष्टि पोख्ने गरेका छन्। तर, ‘गणतन्त्र’ को उच्चारण नगरी गणतन्त्रप्रति यति सार्‍हो प्रहार गरिएको चाहिँ पहिलो पटक हो।

पूर्वराजाले गणतन्त्रप्रति त्यही दिन प्रहार गरेका छन्, जुन दिन १ महिना भन्दा लामो थाइल्याण्ड, श्रीलङ्का, माल्दिभ्स र भारतको भ्रमण टुङ्ग्याएर स्वदेश फर्केका थिए।

त्यसबाहेक पूर्वराजाले गणतन्त्रप्रतिको आफ्नो भँडास श्रीपेच र राजदण्ड नेपाल सरकारले सार्वजनिक गरेको भोलिपल्टै पोखेका छन्। पूर्वराजाको यस्तो विज्ञप्ती आउनु अघिल्लो दिन अर्थात् २९ असोजमा नेपाल सरकारले श्रीपेच सार्वजनिक गरेको थियो।

गणतन्त्र स्थापना भएको १० बर्षपछि पूर्वराजाले संभवत पहिलो पटक गणतन्त्रप्रति प्रहार गर्नुका तीन कारण हुन सक्छन्।

एक, सल्लाहकारको उक्साहट
पूर्वराजाको यस पटकको थाइल्याण्ड–श्रीलङ्का–माल्दिभ्स–भारत भ्रमण दल पहिलेको भन्दा ठूलो थियो। स्रोतका अनुसार, छोरा पारसबाहेक भ्रमणदलमा पूर्वराजाका परिवार र निकट नातेदारहरु त थिए नै, उनलाई निर्णायक राजनीतिक सल्लाह दिँदै आएका प्रभु शमशेर राणापनि यस पटक भ्रमण दलको सदस्य थिए।

पूर्वराजा यिनै पारिवारिक र राजनीतिक सल्लाहकारहरुको प्रभावमा परे र काठमाडौँ ओर्लने बित्तिकै यस्तो विज्ञप्ती जारी गर्न पुगे।

दुई, विदेशीहरुको भरोशा
दुई नातिनीहरु पूर्णिका र कृतिकाको पठनपाठन थाइल्याण्डमा नै हुन थालेकाले पूर्वराजपरिवारको ब्याङ्कक आउजाउ निकै बढेको छ। थाइल्याण्ड नेपाल नजिकको राजतन्त्रात्मक मुलुक हुनु र त्यहाँको राजपरिवारसँग पूर्व शाही परिवारको राम्रो सम्बन्ध भएकाले पनि पूर्व राजपरिवार धेरै रम्ने विदेशी भूमि थाइल्याण्ड नै बन्न पुगेको छ।

तर, उनी थाइल्याण्डबाट श्रीलङ्का–माल्दिभ्स हुँदै भारत किन गए भन्ने कुरा खुल्न सकेको छैन। जानकारहरु त अझ के बताउँछन् भने, यस पटकको थाइल्याण्ड भ्रमणको क्रममा मात्र होइन, अघिल्ला भ्रमणमा पनि उनी सुटुक्क नयाँदिल्ली आएका थिए। र, भारतीय राजनीतिक व्यक्तिहरुसँग गोप्य रुपमा भेट्ने गरेका थिए।

नेपालको नयाँ राजनीतिक व्यवस्थाको विरोध गर्न नसकेपनि भारतमा सत्तारुढ भाजपाले नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था स्थापना होस् र यो मुलुक ‘हिन्दू राष्ट्र’ पनि होस् भन्ने चाहन्छ भन्ने कुरा लुकेको छैन। यसपटक संभवत भारतीय नेताहरुले उनलाई पहिले भन्दा धेरै भरोशा दिएका हुनसक्छन् र उनको यसखालको विज्ञप्ती आएको हुनसक्छ।

तीन, श्रीपेच प्रदर्शनको आक्रोस
२९ जेठ २०६५ मा नारायणहिटी छाड्दा पूर्वराजा चाहन्थे, नारायणहिटी छाड्नु परेपनि कम्तिमा श्रीपेच र राजदण्ड चाहिँ आफूसँगै लैजान पाइयोस्। तर, पूर्वराजाले श्रीपेच र राजतन्त्र सँगै लैजाँदा राजतन्त्रको समाप्ती र गणतन्त्रको आगमन भएको अनुभूति नहुने निष्कर्ष सरकारको रह्यो। सरकारका अगाडि अपदस्थ राजाको केही सीप चलेन। उनी श्रीपेच र राजदण्डपनि हस्तान्तरण गर्न बाध्य भए।

राजतन्त्र कुनै बेला फर्काउन सकिन्छ र श्रीपेच आफ्नो शीरमा पहिरिन पाइन्छ भन्ने आशा पूर्वराजामा थियो। त्यसैले, ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण वस्तु संग्रहालयमा थन्कने इतिहासको विषयवस्तु नबनोस् भन्ने उनको चाहना थियो।

ढिलै सही, तर सरकारले श्रीपेचलाई संग्रहालयमा प्रदर्शनको वस्तु बनाइदियो। प्रधानमन्त्री ओलीले नै श्रीपेच प्रदर्शनीको उद्घाटन गरे। र, पूर्वराजालाई चीनका अन्तिम सम्राट पु यी जस्तो बन्न सुझाव दिए, जसले सम्राटहरुले जनतामा आफू शक्तिशाली भएको भ्रम पार्न श्रीपेच लगाउँछन्, राजदण्ड बोक्छन् भन्ने बेहोरा सहितको पुस्तक लेखेका थिए।

सम्भवतः श्रीपेच प्रदर्शनी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यङ्ग मिश्रित सुझावको जवाफस्वरुप पनि पूर्वराजाको विज्ञप्तीमा गणतन्त्रप्रति प्रहार भएको हुनसक्छ।

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 21:05:01
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...