पूर्वराजालाई ओलीको सुझावः अन्तिम चिनियाँ बादशाहले जस्तै किताब लेख्नुस्

‘नेपाली जनताले पूर्वराजालाई सुविस्ताका साथ बस्न दिएका छन्’




कार्यक्रममा सम्बोधन गर्दै प्रम ओली
कार्यक्रममा सम्बोधन गर्दै प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई अन्तिम चिनियाँ  बादशाह पु यी जस्तै बन्न सुझाव दिएका छन्।

श्रीपेच, राजदण्ड लगायत राजतन्त्रकालीन महत्वपूर्ण सामाग्रीहरुको उद्घाटन गर्न नारायणहिटी दरवार संग्रहालय पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाटै पूर्वराजा शाहलाई यस्तो सुझाव दिएका हुन्।

‘पु यी जस्तै बन्न’ सुझाव दिनुअघि ओलीले ती चिनियाँ बादशाहले लेखेको आत्मकथाबारे संक्षिप्त चर्चा गरे।

‘पु यीले पछि १९४५ मा राजतन्त्रको अन्त्य नहुँदासम्म चीनका बादशाह थिए’ ओलीले भने, ‘उनको कितावमा सम्राट हुँदाका अनुभवपनि छन्, नागरिक हुँदाकापनि।’

ओलीका अनुसार, राजाहरुले किन श्रीपेच लगाउँथे, किन राजदण्ड बोक्थे, किन छातिभरि तक्मा लगाउँथे भन्ने कुरा पु यीले लेखेको पुस्तकमा उल्लेख छ।

‘बादशाहहरु खोक्रा हुन्छन्, उनीहरु सधैँ त्रसित हुन्छन्’ पु यीलाई उद्धृत गर्दै ओलीले भने, ‘त्यही खोक्रोपन छोप्न अनौठा कपडा र श्रीपेच लगाउँदा रहेछन्।’

‘ती बादशाहले लेखेका छन्’ ओलीले थपे, ‘जनतालाई आफूबारे भ्रम दिन छातिभरि तक्मा, शरीरमा अनौठा कपडा, शीरमा अनौठो श्रीपेच लगाउने गर्दा रहेछन्।’

जनतालाई भ्रममा राखेर शक्ति आर्जन गर्न बादशाहहरुले श्रीपेच लगाउने गरेपनि चीनमा जस्तै नेपालमा पनि त्यो भ्रम तोडिएको उनले उल्लेख गरे।

‘श्रीपेच लगाएको व्यक्ति शक्तिशाली हुन्छ भन्ने जुन भ्रम थियो, त्यो तोडिएको छ’ ओलीले भने, ‘त्यो श्रीपेच अब संग्रहालयमा कैद भएको छ।’

जनताले ढालेको राजतन्त्रलाई नेपालमा जस्तो सुविस्ताका साथ बस्न विश्वका अन्य कुनै देशमा नदिइएको पनि उनले उल्लेख गरे।

यति भन्दै उनी अन्तिम चिनियाँ बादशाहतिरै फर्के। र, पूर्वराजा शाहलाई सुझाव दिए, ‘अन्तिम चिनियाँ बादशाहले जस्तै किताव उहाँलेपनि लेखिदिए हुन्थ्यो।’

तर नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह चिनिया बादशाहको वाटोमा नरहेको उनको निष्कर्ष रहेछ। उनले पूर्वराजा शाहका अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे।

‘तर उहाँबाट बेला–बेला अलिक फरक ढंगले, अवान्छनीय ढंगले अभिव्यक्ति आउँछन्’ ओलीले गुनासो गरे, ‘यसप्रति मेरो भन्नु केही छैन।’

प्रकाशित २९ असोज २०७५, सोमबार | 2018-10-15 14:15:31
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।