ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?




माधव नेपाल
माधव नेपाल
ओली र नेपाल

नेपाल कम्युनिष्ट पार्टीभित्र वामदेव गौतमको उम्मेदवारीको विषयको पटाक्षेपपछि पार्टी नेतृत्वले माधवकुमार नेपालले उठाएको विषयलाई नेतृत्वलाई कसरी समाधान गर्छ भन्ने चासो बढेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५ असोजको बैठकबाट प्रदेश कमिटीको नेतृत्व चयन गर्दा एकलौटी गरेको भन्दै नेता नेपालले असहमति व्यक्त गर्दै आएका छन्।

५ असोजको बैठकप्रति आक्रोसित नेता नेपालले १२ असोजमा स्थायी समितिका सदस्यहरु सम्मिलित चियापान कार्यक्रम आयोजना गर्नुको अतिरिक्त आफू विदेश भ्रमणमा भएका बेला बैठक राखेको भन्दै पार्टी सचिवालयमा आफ्नो लिखित सहमति पत्रसमेत बुझाएका छन्।

दुवै अध्यक्ष विदेशमा भएको समयमा १२ असोजमा नेपालले आयोजना गरेको स्थायी कमिटी सदस्य सम्मिलित चियापान कार्यक्रमले तरंग नै सिर्जना गरेको थियो। चियापान कार्यक्रममा आधाजस्तो स्थायी समिति सदस्य र तीन जना सचिवालय सदस्य उपस्थित थिए। नेता नेपालले संसदमा सरकारको भूमिकाको समेत आलोचना गरेपछि अमेरिकाबाटै प्रधानमन्त्री ओलीले जवाफ फर्काएका थिए।

नेपालले संसद र चियापान कार्यक्रममा गरेको सरकार तथा पार्टी नेतृत्वको आलोचनाका कारण पार्टी एकीकरणपछि सुमधुर भएको भनिएको ओली र नेपालबीचको दरारलाई स्पष्टसँग सतहमा ल्याइदिएको थियो। पार्टी एकीकरणपछि अध्यक्षहरुबाट विधि र प्रक्रिया मिचेर हुँदै आएका कामहरुका विरोध गर्ने भन्दा पनि त्यसमा सहयोगी भएको भन्दै नेता नेपाल निकट नेताहरुले नेपालप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

नेता नेपाल चीन भ्रमणका रहेका बेला नेकपाको ५ असोजको बैठकले प्रदेश कमिटीको ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको थियो।

नेता नेपालका असन्तुष्टि विषयमा सचिवालयको बैठकमा छलफल गर्ने भनिएपनि बैठक एकपछि अर्को गर्दै सर्दै आएको छ।

यसबीचमा काठमाडौँ–७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा दिएर सो स्थानमा गौतम चुनाव लड्ने विषय सार्वजनिक भयो। चौतर्फी दबाबपछि गौतम उपनिर्वाचनमा प्रतिस्पर्धा गरेर प्रतिनिधि सभामा पुग्ने योजनाबाट पछि हटेका छन्। यो प्रकरणमा गौतमलाई साथ दिएका अर्का अध्यक्ष प्रचण्डपनि ‘डिफेन्सिभ’ भएका छन्। र, ‘साइड इफेक्ट’ का रुपमा प्रचण्डका अधिकांश भाषणमा प्रधानमन्त्री ओलीको प्रसंशा पाइन थालेको छ।

यस सँगसँगै नेता नेपालका मागका विषयमा अघि कसरी सम्बोधन हुन्छ भन्ने चासो शुरु भएको छ। नेपालका असन्तुष्टिका विषयमा प्रधानमन्त्री ओलीले नेपालसँगै छलफलसमेत सुरु गरेका छन्।

नेताद्वयबीचको छलफलमा दोहोरो जिम्मेवारी पाएकालाई दोहोरो जिम्मेवारीबाट हटाउने र ५ असोजको बैठकबाट भएको जिम्मेवारी सम्बन्धी निर्णयलाई परिमार्जन गर्ने छलफल भएको स्रोतहरुले बताएका छन्। नेता नेपालले दोहोरो जिम्मेवारी पाएका प्रदेश इन्चार्ज परिवर्तन गर्न भनेका छन्। र, मापदण्ड र विधि बनाएर मात्रै जिम्मेवारी दिने निर्णय गर्नुपर्ने बताएका छन्।

स्मरणीय प्रदेश-४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले ती प्रदेशमा पार्टी इञ्चार्जको जिम्मेवारी समेत ५ असोजको बैठकबाट प्राप्त गरेका छन्।

‘मुख्यमन्त्री हुँदाहुँदै इन्चार्जको जिम्मेवारी पाएका नेताहरुको जिम्मेवारी परिवर्तनसहित अन्य केही कमिटीका जिम्मेवारी हेरफेरका विषयमा छलफल चलेको छ’ पछिल्लो घटनाक्रम बारेमा जानकार एक नेताले भने।

नेता नेपाल निकट मानिने नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका भनाईमा, नेता नेपालले उठाएका एजेण्डा पार्टीलाई संस्थागत रुपमा चलाउने ध्येयका साथ आएकाले अब बस्ने सचिवालय र स्थायी कमिटी बैठक यिनै एजेण्डाका विषयमा केन्द्रित हुनेछन्।

ओली र नेपाल

ओली र नेपाल

‘यो विषय नेता नेपालको असन्तुष्टिको विषयमा मात्रै होइन, उहाँले उठाउनु भएको विषय विधिसँग जोडिएको विषय भएकाले सचिवालय र स्थायी कमिटी बैठकमा यी विषयमा छलफल हुनेछ’ खतिवडाले भने, ‘बीचमा धेरै विषयहरुमा छलफलहरु चलेका हुनसक्छन्। कुनै प्रकारको सहमति भएको रहेछ भने त्यसले पनि निकासलाई सहज बनाउनेछ।’

वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि फाइदा हुने देखेका छन्। दुवै नेताबीच शुरु भएको छलफललाई निकटस्थहरुले सम्बन्ध सुधारका प्रयासका रुपमा हेरेका छन्।

प्रकाशित २८ असोज २०७५, आइतबार | 2018-10-14 19:35:04
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...