Exclusive

बामदेवलाई काठमाडौँ-७ बाट ‘ब्याक’ गराउने ती दुई निर्णायक बैठक

त्यसपछि गौतमले भने: भैगो, म अब त्यहाँबाट चुनाव लड्दिनँ



छोरा हरिशसँगै मर्निङ वाकमा गौतम
छोरा हरिशसँगै मर्निङ वाकमा गौतम

कागेश्वरी–मनहरा नगरपालिकाले शुक्रबार बिहान आयोजना गरेको दशैँको शुभकामना आदान–प्रदान कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भने, ‘वामदेवजी आफैले चुनाव लड्दिनँ भनिसक्नु भएको छ, अब यो लफडा सकियो। त्यसैले, यस विषयमा अब तपार्इंहरुले टेन्सन लिनु पर्दैन।’

रामवीर मानन्धरको काठमाडौँ ७ बाट राजिनामा दिने घोषणा र मानन्धरले राजिनामा दिएपछि खालि हुने सो क्षेत्रको उपनिर्वाचनमा बर्दियाबाट पराजित नेकपा नेता गौतम उम्मेदवार बन्ने कुराले काठमाडौँका एमाले नेता–कार्यकर्ताहरुमा साँच्चिकै तनाव सिर्जना गरेको थियो।

तर, गौतम काठमाडौँ ७ बाट प्रतिस्पर्धा गर्ने निर्णयबाट पछि हटेलगत्तै त्यो तनाव अब समाप्त भएको छ। काठमाडौँ ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गरी प्रतिनिधि सभामा पुग्ने निर्णयबाट गौतम पछि हट्नुमा दुई बैठकहरुले निर्णायक भूमिका खेलेका छन्।

१. बालुवाटार बैठक
२२ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा केन्द्रीय सचिवालयको बैठकमा सांसद मानन्धरले राजिनामा दिने निर्णय गरेको विषयले प्रवेश पाएको थियो। तर, त्यस दिन सोही विषयमा छलफल हुन सकेन। सो बैठकले अर्को बैठक २४ असोजका लागि तय गर्‍यो।

मानन्धरले राजिनामा नै दिएकाले २४ असोजको बैठकले मानन्धरको राजिनामा र गौतमको उम्मेदवारी सम्बन्धमा निर्णय गर्नुपर्ने भयो। अप्ठेरोबाट पार पाउन अध्यक्षद्वयले फेरि बैठक स्थगित गरे। र, शनिबार (२७ असोज) का लागि सारे। शनिबारका लगि सारिएको बैठक अब दशैंपछि, ४–५ कार्तिकका लागि सारिएको छ।

२४ असोजका लागि बोलाइएको बैठक २७ असोजका लागि सारिएपनि प्रधानमन्त्री निवास बालुवाटारमा गौतमबाहेक केन्द्रीय सचिवालयका अन्य ५ जना नेताहरुको अनौपचारिक बैठक त्यसै दिन (२४ असोज) भयो। बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड सहित माधव नेपाल, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए।

त्यो बैठकमा काठमाडौँ ७ का दुबै प्रदेश सभा सदस्यद्वय बसन्त मानन्धर र प्रकाश श्रेष्ठलाई पनि बोलाइएको थियो। नेकपाका तर्फबाट निर्वाचित प्रदेश सभाका दुबै सदस्यहरुले पाँच नेतालाई ब्रिफिङ गरे, ‘काठमाडौँ ७ उपनिर्वाचनका लागि तयार छैन। यस्तो माहोलमा उपनिर्वाचनमा जाँदा स्थिति प्रत्युत्पादक हुनसक्छ।’

मानन्धरका भनाईमा, काठमाडौँ ७ को माहोलका विषयमा प्रधानमन्त्री ओलीसहितको शीर्ष नेतृत्वलाई जानकारी गराउँदै भनिएको थियो, ‘अहिलेको माहोल प्रतिकूल रहेकाले सांसद मानन्धरको राजिनामा स्वीकृति र कमरेड गौतमलाई उम्मेदवार बनाउने विषयमा निर्णय गर्दा ख्याल पुर्‍याइयोस्।’

प्रदेश सभाका सांसदद्वयले उपनिर्वाचनका लागि काठमाडौँ ७ को माहोल प्रतिकूल रहेको जानकारी गराएपछि नेकपा नेतृत्वपनि गौतमलाई त्यहाँबाट प्रतिस्पर्धा गराउन नहुने निष्कर्षमा पुग्यो। यस विषयमा गौतमलाई कन्भिन्स गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डले पाए। प्रचण्डले त्यसैदिन गौतमलाई परिस्थितिबारे जानकारी गराए। तर गौतम पछि हट्ने मुडमा थिएनन्।

२. होटल यलो प्यागोडा बैठक
गौतम उपनिर्वाचनमा प्रतिस्पर्धा गरेर प्रतिनिधि सभामा पुग्ने अडानमै रहेपनि सामाजिक सञ्जालबाट उनको तीब्र विरोध र आलोचना सुरु भइसकेको थियो। प्रधानमन्त्री ओली पक्षीय नेता कार्यकर्ताहरुले पनि अरिंगाल झैँ गौतमविरुद्ध धावा बोल्न सुरु गरिसकेका थिए।

गैर नेकपा पंक्ति र नेकपाकै ओली पक्षीय पंक्तिले तीब्र आलोचना गरेपछि गौतम बिहिबार (२५ असोज) बिहानसम्म आइपुग्दा रक्षात्मक बनिसकेका थिए। त्यसैक्रममा उपत्यकाबाट निर्वाचित नेकपाका प्रदेश सभा सदस्यहरुले अर्को बैठक डाके। गौतमले भेउ पाइसकेका थिए कि, त्यो बैठकले पनि आफ्नो उम्मेदवारी विरुद्ध निर्णय गर्दैछ।

प्रदेश सभाका सदस्यहरुको बैठकबारे गौतम यस्तो निष्कर्षमा पुग्नुको एउटा कारण पार्टीभित्रको समीकरणमा आफ्ना ‘विरोधी खेमा’ निकट प्रदेश सभा सदस्यहरुले बैठकको अगुवाई गरेकाले पनि हो। बैठकको आयोजना ओली पक्षीय रामेश्वर फुयाँल र ईश्वर पोखरेल पक्षीय नारायण सिलवालले गरेका थिए।

नभन्दै त्यो बैठकले पनि काठमाडौँ ७ को परिस्थिति गौतम अनुकूल नरहेको निष्कर्ष निकाल्दै यसबारे नेतृत्वलाई जानकारी गराउन जाने निर्णय गर्यो। बैठकले ‘काठमाडौँ–७ को बस्तुगत अवस्थाबारे अध्यक्षद्वय ओली र प्रचण्ड सहित गौतमलाई समेत जानकारी दिनेगरी भेट्ने’ कार्यक्रम बनायो।

दिउँसो २ बजे भएको सो बैठकले गरेका निर्णयबारे जानकारी गराउन र कुराकानीका लागि समय माग्न गौतम निकट मानिने प्रदेश सभा सदस्य मानन्धरले नै गौतमलाई फोन गरे। तर, गौतमले भेटघाट आवश्यक नभएको बताउँदै उत्तर फर्काए, ‘भैगो, म पछि हटिसकेँ, अब काठमाडौँ ७ बाट चुनाव लड्दिनँ।’

प्रदेश सभा सदस्यहरुको सो बैठक अगावै गौतमले काडमाडौँ ७ बाट चुनाव लड्ने योजनाबाट पछि हटिसकेको जानकारी बिहिबार नै महासचिव विष्णु पौडेल र अध्यक्ष प्रचण्डलाई पनि दिइसकेका थिए। लगत्तै महासचिव पौडेलले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘बामदेव कमरेडले अब उपचुनाव लड्नु हुँदैन।’ 

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 19:43:26
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।