सस्तो डेरा खोज्दै डा बाबुरामको छोरी-ज्वाइँसँग बास


Infocus



डा बाबुराम भट्टराई
डा बाबुराम भट्टराई

एक महिना लामो भ्रमणको सिलसिलामा विशालनगर निवासबाट अमेरिका प्रस्थान गरेका नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई उताबाट फर्कंदा चाहिँ टोखास्थित डेरामा भित्रिएका छन्।

NIC ASIA

बिशालनगरस्थित निवास (डेरा) निकै महंगो भएको भन्दै उनी अमेरिका भएकै बेला टोखास्थित ‘हार्माेनी कोलोनी’ मा डा भट्टराईको डेरा सारिएको हो। उनी अमेरिकामा छँदा नै सहयोगीहरुले विशालनगरबाट उनको डेरा टोखा सारिदिएका थिए।

तीन बर्षअघिसम्म सानेपा (ललितपुर) स्थित एउटा घर ५० हजार मासिक रुपियाँ तिरेर भाडामा बस्दै आएका डा भट्टराई घरधनीले घर बेचेपछि बिशालनगर सरेका थिए, जहाँ उनी बस्ने घरको भाडा १ लाख १० हजार थियो।

बिशाननगरस्थित नयाँ डेरा उनका लागि खासै फापेन। त्यही घरमा रहँदा स्थानीय निर्वाचनमा पार्टीको नराम्रो पराजय भयो। प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनावमा पनि पार्टीले सोचेजस्तो स्थान ल्याउन सकेन।

त्यसबाहेक शीर्षस्थानमा रहेका पार्टीका कैयौँ नेता-कार्यकर्ताहरुले पनि पार्टी छाड्न थाले। प्रतिनिधि सभामा डा भट्टराई मात्र नयाँशक्तिका तर्फबाट विजयी भएकाले आर्थिक रुपले पनि पार्टीको स्थिति राम्रो रहेन। त्यसैले, उनी नयाँ डेराको खोजीमा थिए।

डा भट्टराईको नयाँ निवास

डा भट्टराईको नयाँ निवास

स्रोतका अनुसार, उनी अमेरिका प्रस्थान गर्नुअघि नै टोखास्थित सो घर पत्ता लागेको थियो। राम्रो सुरक्षा व्यवस्था भएको कोलोनीको यो घर छोरी मानुषी यमी र ज्वाइँ जेकेन्द्र श्रेष्ठले खोजेका थिए। त्यसैले, बाबुरामपनि छोरी-ज्वाइँसँगै त्यही घरमा बस्ने निर्णयमा पुगे।

राजधानीको केन्द्रबाट अलिक पर रहेकाले सो घरको मासिक भाडा ५० हजार रुपियाँ छ। ‘विशालनगरमा बसेको घरको एक महिनाको भाडाले त्यहाँ दुई महिना तिर्न पुग्छ’ स्रोतले भन्यो, ‘सुरक्षापनि राम्रो र शान्त पनि भएकाले उहाँपनि त्यहीँ सर्ने निर्णयमा पुग्नुभयो।’

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 16:30:44
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...