बामदेवपत्नी तुलसा भन्छिन्: पार्टीले निर्णय नगरी बामदेवले कसरी चुनाव लड्न पाउनुहुन्छ?


Infocus



तुलसा थापा
तुलसा थापा

रामवीर मानन्धरले काठमाडौँ-७ बाट राजिनामा दिएपछि नेकपा बरिष्ठ नेता बामदेव गौतम सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने कुराले तातिएको नेकपाको राजनीति अझै सेलाएको छैन।

गौतमले सो क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्न हुने-नहुने, प्रतिस्पर्धा गरेको खण्डमा उनले सफलता पाउने–नपाउने कुरामा नेकपाका नेता कार्यकर्ताहरु विभाजित भएका छन्।

स्रोतका भनाईमा, नेकपाका अध्यक्षद्वय प्रम केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) गौतमलाई प्रतिनिधि सभामा लैजानुपर्ने कुरामा सकरात्मक छन्।

तर, ईश्वर पोखरेल लगायतका नेताहरु चाहिँ गौतमलाई कुनैपनि हालतमा प्रतिनिधि सभामा लैजान नहुने पक्षमा छन्।

उपनिर्वाचनमा प्रतिस्पर्धा गरेर गौतम प्रतिनिधि सभामा जाने कुराले नेकपाका नेता-कार्यकर्ता भइरहेका बेला यो प्रकरणको असर नेता गौतमको घरमा चाहिँ कसरी परेको छ त?

हामीले यसबारेमा गौतम पत्नी तुलसा थापा (मगर) सँग बुझ्ने प्रयास गर्‍यौँ। थापा नेता गौतमकी पत्नीमात्र होइनन्, नेकपाकी नेतृपनि हुन्।

उनी अखिल नेपाल महिला संघको स्थायी समिति सदस्य छिन् भने प्रतिनिधि सभामा नेपपाको तर्फबाट सांसद (समानुपातिक) पनि छन्।

प्रस्तुत छ- थापासँग नेपालखबरले गरेको कुराकानी:

नेता गौतम काठमाडौँ-७ बाट प्रतिस्पर्धा गर्ने पक्का हो त?
पक्का भइसकेको छैन। सो क्षेत्रका सांसद रामवीर मानन्धरले ‘बामदेव कमरेडका लागि राजिनामा दिएर चुनाव क्षेत्र खालि गर्न तयार गर्न तयार छु’ भन्नु भएको मात्र हो। यत्तिका भरमा सबै चर्चा उपचर्चा, समर्थन–विरोध भइरहेको छ।

तपाईं आफैपनि सांसद हुनुहुन्छ, उहाँ (बामदेव) पनि सांसद बन्दा एउटै परिवारका दुईजना संसदमा हुने हुनुभयो नि!
त्यस्तो त हामीमात्र हुँदैनौँ। नेकपाका अरु श्रीमान्-श्रीमतिको जोडीपनि संसदमा छन्। श्रीमान्–श्रीमति नै संसदमा जाने भए भन्ने कुराले अरु जोडीपनि संसदमा छन् भन्ने कुरा ख्याल गर्नुपर्छ।

त्यसो भए उहाँ प्रतिनिधि सभामा जाने-नजाने के होला त?
उहाँले ‘मपनि संसदमा जान्छु’ भनेरमात्र हुन्छ र? उहाँको बारेमा पार्टीले निर्णय गर्नुपर्दैन? पार्टीले आवस्यक देख्यो भने उहाँ जाने हो। पार्टीले आवस्यक देखेन भने उहाँ जानुहुन्न।

बामदेव जस्तो नेता प्रतिनिधि सभामा जाने भनेको प्रधानमन्त्री बन्नकै लागि त होला नि!
यो उहाँमाथिको अनावस्यक लान्छना हो। उहाँ प्रतिनिधि सभामा जान चाहनु भएको विकास निर्माण प्राधिकरणको नेतृत्व सम्हाल्नका लागि हो। विकास निर्माण प्राधिकरण प्रधानमन्त्री मातहत निर्माण हुने निकाय हो।

बनिनसकेको विकास निर्माण प्राधिकरणमा जान प्रतिनिधि सभाकै सदस्य हुनुपर्ने बाध्यता छ र?
त्यस्तो त छैन। प्राधिकरण प्रधानमन्त्री मातहत रहन्छ। प्रतिनिधि सभाको सदस्य पनि बनेर प्रधानमन्त्री मातहतको प्राधिकरणको त्यसको नेतृत्व सम्हाल्दा सजिलो पनि हुन्छ, प्रभावकारी पनि हुन्छ भन्ने उहाँको दृष्टिकोण छ।

उहाँको दिमागमा प्रधानमन्त्री बन्ने भन्ने कुरा छँदै छैन। तर, किन ‘प्रधानमन्त्री बन्न संसदमा जान लागेको हो’ भनेर प्रचार गरिएको हो, त्यो मैले पनि बुझ्न सकेको छैन। प्रधानमन्त्री ओलीले पनि यो कुरा सोच्नु भएको छैन।

तपाईंको दावीको आधार?
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले नै ‘तपाईं नेता प्रतिनिधि सभामा आउनुपर्छ’ भनेर केही समय अघि कुरा गर्नुभएको रहेछ। उहाँ त प्राधिकरणको नेतृत्वका लागि इच्छुक हुनुहुन्थ्यो। ओली-प्रचण्डले नै त्यसो भनेपनि ‘संसदमा पनि भएपछि प्राधिकरणमा काम गर्न झन् सजिलो हुन्छ’ भनेर रुचि देखाउनु भएको हो। प्रधानमन्त्री ओली र यो सरकारलाई असफल पार्ने भन्ने कुरा उहाँले सोच्नु भएको पनि छैन।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 18:22:57
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं