Exclusive

रामचन्द्र पौडेल भन्छन्: बामदेवलाई हराएर के पाउँछु र काठमाडौँ-७ बाट चुनाव लड्ने?



रामचन्द्र पौडेल
रामचन्द्र पौडेल

काठमाडौँ-७ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद रामवीर मानन्धरले राजिनामा दिने र त्यस क्षेत्रको उपनिर्वाचनमा नेकपाका बरिष्ठ नेता बामदेव गौतम उठ्ने चर्चाले राजनीतिक बजार गर्माएको छ।

नेकपाको नेतृत्वको दुई तिहाईको सरकार जनतालाई ‘डेलिभरि’ दिन असफल हुँदा प्रधानमन्त्री केपी शर्मा ओली समेत अलोकप्रिय बन्दै गएको परिस्थितिमा गौतमले सो क्षेत्रबाट जित्लान् कि हार्लान्? भन्ने बहस समेत सुरु भएको छ।

नेता विशेषको प्रतिनिधि सभा सदस्य बन्ने महत्वाकांक्षा पुरा गर्न निर्वाचित सांसदलाई बलिको बोको बनाइएकाले गौतमलाई हराउनुपर्ने अभियान समेत एकथरिले सामाजिक सञ्जालबाट सुरु गरिसकेका छन्।

गम्भीर कुरा भन्दा ठट्टा बढी हुने सामाजिक सञ्जालमा कतिपयले कतिपयले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रमार्फत् गौतमलाई पराजित गराउनु पर्ने बताएका छन्।

कतिपयको ठट्टा छ, कांग्रेसले आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेललाई सो क्षेत्रमा उठाउनु पर्छ, किनभने, नेकपाको सरकार अलोकप्रिय भएकाले पौडेलले सो क्षेत्रमा सहजै बाजी मार्न सक्छन्।

नेकपा बरिष्ठ नेता गौतम र कांग्रेस बरिष्ठ नेता पौडेल नेपाली राजनीतिमा समान नियति भोग्दै आएका पात्र हुन्। दुबै जना पटक पटक उपप्रधानमन्त्री भएका छन्, पार्टी र सरकारको ‘सेकेण्ड म्यान’ बनेका छन्। सरकार र पार्टीलाई सफल बनाउन दुबैजना उत्तिकै खट्छन्।

तर, सरकार वा पार्टीको ‘फष्ट म्यान’ बन्ने अवसर यी दुई नेतालाई जुरेको छैन।

आफूले भोग्दै आएको यो नियतिबाट गौतम मुक्त हुन चाहन्छन्। त्यसैले, उपनिर्वाचनमै प्रतिस्पर्धा गरेर सही, जसरी हुन्छ, प्रतिनिधि सभामा पुग्ने कसरतमा गौतम छन्।

‘गौतमविरुद्ध कांग्रेसले पौडेललाई उठाउनु पर्छ, सरकार अलोकप्रिय भएकाले पौडेलले गौतमलाई सहजै हराउन सक्छन्’ भन्ने सामाजिक सञ्जालबाट गरिएका ‘ठट्याउला विश्लेषण र माग’ बाट प्रभावित भएर कतै कांग्रेसका बरिष्ठ नेता पौडेलले पनि काठमाडौँ-७ को उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने सोचाई त बनाएका छैनन्?

किनभने, गृहजिल्ला तनहुँ भएपनि पौडेल आफैपनि काठमाडौँ-७ कै बासिन्दा हुन्। उनको घर रहेको बालाजु, बोहोराटार (कामनपा-१६) यही निर्वाचन क्षेत्रमा पर्छ।

कथं काठमाडौँ-७ मा उपनिर्वाचन भइहाल्यो भने पौडेल प्रतिस्पर्धा गर्ने मुडमा छन् कि छैनन्, सामाजिक सञ्जालमा भइरहेका ‘राजनीतिक ठट्टा’ लाई हामीले ‘गम्भीर राजनीति’ तर्फ मोड्न चाह्यौँ। र, पौडेललाई सम्पर्क गर्‍यौँ:

रामवीर मानन्धरले काठमाडौँ-७ छाड्ने र त्यहाँबाट बामदेव गौतम उठ्ने चर्चा छ। त्यो क्षेत्रको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने तपाईंको पनि ईच्छा छ कि! 
छैन, छैन। म तनहुँको मान्छे। मैले काठमाडौँमा आएर चुनाव लडेर के गर्ने? मैले कहिल्यै काठमाडौँबाट लड्न चाहिन। मेरो रोजाईमा सधैँ आफै जन्मे-हुर्केको तनहुँ पर्‍यो। त्यसैले, काठमाडौँबाट चुनाव लड्ने मेरो चाहना छैन।

तपाईंजस्तो नेता प्रतिनिधि सभामा हुनुहुन्न...
म प्रतिनिधि सभामा नभएर के भो र? भएर नै के हुन्छ फेरि? प्रधानमन्त्री बन्न प्रतिनिधि सभामा जान्छु भन्ने हो भने कांग्रेसको बहुमत छैन। संसदीय दलको नेता बनौँ भन्ने हो भने नेता अरु नै बनिसकेका छन्। प्रतिपक्षी दलको नेतापनि भइसकेका छन्। यो बेला प्रतिनिधि सभामा गएर मैले के पाउँछु र जाने?

तैपनि, बामदेवसँग प्रतिस्पर्धा गराउन त्यही स्तरको नेता चाहिएला नि!
म कसैलाई हराउन चुनाव लड्ने होइन, जित्नका लागि लड्ने हो। म सात पटक चुनाव जितेर सांसद भइसकेको मान्छे, एक कार्यकाल सांसद नहुँदैमा केही फरक पर्दैन।

प्रकाशित २४ असोज २०७५, बुधबार | 2018-10-10 19:51:55
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।