यी हुन् वामदेवलाई काठमाडौं ७ छाड्न सांसद मानन्धरका तीन शर्त



रामवीर मानन्धर
रामवीर मानन्धर

नेकपा नेतृत्वले आफ्ना तीन वटा शर्त स्वीकार गरेपछि काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्।

पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन सांसद श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सोमबार राजिनामा पत्र बुझाएका हुन्।

काठमाडौं ७ मा उपनिर्वाचन गराएर नेता गौतमलाई उम्मेदवार बनाउनु पर्ने भन्दै सांसद मानन्धरले दिएको राजिनामा अध्यक्ष प्रचण्डले नै बोकेर बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा गएका थिए, जुन पत्र बैठकमा महासचिव बिष्णु पौडेलले पढेर सुनाए।

नेकपाका उच्च स्रोतहरूका अनुसार गौतमलाई काठमाडौँ ७ बाट प्रतिनिधि सभामा उठाउने विषयमा पार्टी अध्यक्ष प्रचण्ड, नेता गौतम र सांसद मानन्धरबीच कुराकानी भएपछि यो नयाँ राजनीतिक वातावरण बनेको हो।

प्रचण्ड र गौतमसमक्ष प्रतिनिधि सभा सदस्य पदबाट राजिनामाका लागि मानन्धरले तीन वटा शर्त राखेका थिए। उनले राखेका तीन मागमा– आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने छन्।

प्रचण्ड र गौतमले आफ्ना शर्त पूरा हुने आश्वासन दिएपछि गौतमलाई काठमाडौँ–७ छाड्न आफू तयार भएर राजिनामा पत्र पार्टी समक्ष बुझाएको मानन्धरले निकटस्थहरूलाई बताएका छन्।

प्रकाशित २२ असोज २०७५, सोमबार | 2018-10-08 22:03:35
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।