दक्षिण एसियामा प्रतिपक्षी लहर

मोदी, हसिना र ओलीलाई पनि पर्न सक्छ प्रतिपक्षी लहरको असर



मोदी र ओली
मोदी र ओली

दक्षिण एशिया क्षेत्रमा भएका एक वर्षभित्र भएका आम निर्वाचनमा सत्तारुढ दलहरुलाई पराजित गर्दै प्रतिपक्षी दलहरुले विजय हासिल गरेका छन्।

नेपाल लगायत पाकिस्तान, माल्दिभ्स र भुटानमा एक पछि अर्काे गर्दै सत्तासिन दलहरु पराजित हुने यस्तै ‘ट्रेण्ड’ देखिएको छ ।

यो जारी रहे असर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई पर्नेछ । किनभने, आगामी एक बर्षभित्र भारत र बंगलादेशमा पनि आम चुनाव हुँदैछ।

प्रतिपक्षी लहर
माल्दिभ्समा आइतबार (७ असोज) भएको राष्ट्रपति निर्वाचनमा ‘अन्डरडग’ मानिएको विपक्षी गठबन्धनका साझा उम्मेदवार इब्राहिम मोहमद सोलिहले जीत हासिल गरेपछि दक्षिण एशियामा देखिएको ‘विपक्षी लहर’ राजनीतिक विश्लेषकहरुका लागि चासोको विषय बनेको छ।

माल्दिभ्स भन्दा एक साताअघि मात्रै चुनाव भएको भुटानमा पाँच वर्ष शासन गरेको दल पहिलो चरणबाटै प्रतिस्पर्धाबाट बाहिरिएको थियो।

यसअघि भुटानमा ३० भदौमा भएको पहिलो चरणको चुनावमा निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको पिपुल्स डेमोक्र्याटिक पार्टी (पिडिपी) बाहिरिएको थियो।

भुटानमा १ मंसीरमा हुने आमचुनावमा पहिलो दल ड्रुक न्यमन रुव शोग्पा- (डिएनटी र विपक्षी दल ड्रुक फुन्सुम शाग्पा-(डिटिपी) बीच प्रतिस्पर्धा हुनेछ।

पहिलो चरणमा देशव्यापी रुपमा भएको चुनावी मतमा तेस्रो स्थानमा पुगेपछि नसकेपछि सत्तारुढ पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) दोस्रो चरणको निर्वाचनको प्रतिस्पर्धाबाटै बाहिरिएको हो।

भुटानको चुनावी प्रावधान अनुसार पहिलो चरणमा राजनीतिक दल र दोस्रो चरणमा पहिलो र दोस्रो हुने दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ।

पाकिस्तानमा ९ साउनमा भएको चुनावमा पनि विपक्षी दलले नै बाजी मारेको थियो। ९ साउनमा भएको निर्वाचनमा तेस्रो ठूलो विपक्षी दल पाकिस्तान तेहरिक इ इन्साफ (पिटिआइ) ले ठूलो दल बन्यो।

निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियत बनाएपछि पिटिआइका अध्यक्ष पूर्व क्रिकेटर इमरान खानले साना दलहरुको साथ लिएर सरकारको नेतृत्व गरेका छन्। २०१३ मा भएको चुनावमा उनको दल तेस्रो स्थानमा रहेको थियो ।

दक्षिण एसियामा देखिएको यो विपक्षी लहरको सुरुवात भने नेपालबाट भएको हो।

१० र २१ मंसीर (०७४) मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा विपक्षी दलको हैसियतमा नेकपा (एमाले) ले प्रतिस्पर्धा गरेको थियो। नेपाली कांग्रेस सत्तारुढ दलको रुपमा थियो।

तर, सत्तारुढ दललाई पराजित गर्दै एमाले सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुन पुग्यो।

मोदी र हसिनालाई खतरा!
दक्षिण एशियाली मुलुकमा पछिल्लो एक बर्ष भएको चुनावमा जसरी प्रतिपक्षी लहर देखिएको छ, यही लहर यसै बर्ष चुनाव हुने भारत र बंगलादेशमा पनि देखियो भने त्यसको असर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदलाई पर्ने छ।

भारत र बंगलादेश दक्षिण एशियामा धेरै जनासंख्या भएका देश हुन्। यसमध्ये बंगलादेशमा आगामी पुष अघि नै निर्वाचन गरिसक्नुपर्ने सम्बैधानिक बाध्यता छ भने भारतमा चाहिँ आगामी मे भन्दा अघि चुनाव हुनेछ।

नब्बेको दशकमा प्रजातान्त्रिक पुनर्स्थापना भएयता बंगलादेशमा शेख हसिना नेतृत्वको अवामी लीग र बेगम खालिदा जिया नेतृत्वको बंगलादेश नेसनलिष्ट पार्टी (बिएनपी) ले आलोपालो शासन चलाउँदै आएका छन्।

तर पछिल्लो एक दशकदेखि लीग शासनमा छ। सन् २०१३ मा भएको संसदीय चुनाव विपक्षी दल बिएनपीले बहिस्कार गरेपछि अवामी लीगलाई सत्तामा पुग्न समस्या भएन।

भारतमा चाहिँ भाजपाले साढे ४ बर्षअघि भएको निर्वाचनमा बहुमत ल्याएको थियो र मोदी प्रधानमन्त्री बने। बिगत ३० बर्षयताको चुनावमा स्पष्ट बहुमत ल्याउने भाजपा पहिलो दल बनेको थियो।

तर, राष्ट्रियस्तरमा मोदीलाई चुनौति दिनसक्ने उनकै कदको नेता नभएपनि विभिन्न आन्तरिक परिस्थिति भने २०१४ को आमचुनावमा जस्तो अनुकुल भने छैन। तर दक्षिण एसियामा देखिएको प्रतिपक्षी लहरको असर भारतमापनि पुग्यो भने चाहिँ मोदी नजोगिन सक्छन्।

मोदी अहिले वभिन्न काण्डमा फसेका छन्। जसको पछिल्लो उदाहरण हो, फ्रान्सबाट लडाकु बिमान राफेल किन्ने सम्झौता सम्बन्धी विवाद। त्यस बाहेक मोदीमाथि भारतीय समाजलाई विभाजित गरेको आरोप छ।

डलरको तुलनामा कमजोर बन्दै गएको भारतीय रुपैयाँ, बढ्दो तेलको मूल्य जस्ता विषय ६ महिनापछि हुने चुनावको समयका लागि सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेका छन्।

मोदीजस्तै शेख हसिनापनि चुनौतिरहित छैनन्। १० बर्ष सत्तामा रहेका कारण र विपक्षीमाथिको ज्यादतिका कारण उनीपनि बंगलादेशमा त्यति लोकप्रिय छैनन्। यो स्थितिमा अन्य मुलुकमा देखिएको विपक्षी लहर बंगलादेशपनि पुग्न सक्छ।

अर्काे दक्षिण एसियाली मुलुक श्रीलंकामा २०२० मा राष्ट्रपति निर्वाचन हुँदैछ। त्यहाँपनि प्रतिपक्षी दल श्रीलंका पोदुजाना पेरामुना (एसएलपिपी) दबदबा अहिले नै देखिन थालेको छ। यो पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको दल हो।

६ महिनाअघि भएको स्थानीय निर्वाचनमा राजापाक्षे नेतृत्वको एसएलपिपीले सत्तारुढ गठबन्धनमा रहेको दलभन्दा बढी स्थानमा जीत हासिल गरेको थियो। त्यही कारणपनि अब हुने राष्ट्रपति निर्वाचनमा राजापाक्षे नेतृत्वको पुनरागमनको आँकलन गरिएको छ।

भूटान, पाकिस्तान, माल्दिभ्समा देखिएको प्रतिपक्षी लहर बंगलादेश, भारत र श्रीलंकामा देखियो भने त्यसको असर ४ बर्षपछि हुने नेपालमा पनि नपर्ला भन्ने छैन। गत चुनावमा बामगठबन्धन र त्यसको नेतृत्वकर्ता केपी शर्मा ओलीको जस्तो लोकप्रियता थियो, त्यो लोकप्रिययता अहिले स्वाट्टै घटेको स्थिति यहाँनिर स्मरणीय छ।

प्रकाशित ११ असोज २०७५, बिहिबार | 2018-09-27 19:14:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...