काठमाडौं–हेटौंडा सडकको ठेक्का रद्द गरेर प्रदेशलाई जिम्मा दिन माग


Infocus



राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले काठमाडौं हेटौडा सडकमार्ग निर्माणको जिम्मा ३ नं प्रदेश सरकारलाई दिन माग गरेका छन्।

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै अधिकारीले ३ नम्बर प्रदेश सरकारले सो सडकमार्ग निर्माण गर्ने सम्बन्धमा गरेको निर्णयबारे केन्द्र सरकारको धारणा माग गरे।

उनले काठमाडौं हेटौडा जोड्ने सडक र त्यसका लागि आवश्यक सुरुङ मार्ग पनि आफै बनाउने निर्णय गर्दै ३ नम्बर प्रदेशले स्वीकृतिका लागि केन्द्र सरकारमा पठाएको विषयमा सरकारको धारणा माग गरेका हुन्।

अधिकारीले सडक बनाउन ६ वर्ष अघि निजी कम्पनीसँग भएको सम्झौता रद्द गरी केन्द्र सरकारले ३ नम्बर प्रदेशलाई नै सडक बनाउन स्वीकृति दिनुपर्ने धारणा राखे।

उनले ६ बर्ष अघि ४ बर्षमा बनाउने गरि सडक बनाउने जिम्मा दिईको भएपनि पटक पटक म्याद थप्ने काम मात्रै भएकाले सो सम्झौता रद्द गरियोस् भनी ३ नम्बर प्रदेशबाट गरिएको मागको आफुले पनि समर्थन गर्ने बताए।

उनले भने, ‘हामी ८ घण्टासम्म ज्यु ज्यान हत्केलामा लिएर नागढुङ्गाको बाटो सधै हिड्नुपर्ने, सरकारले कुनै जिम्मेवारी निलिने? एक घण्टामा पुगिने बाटो ८ घण्टामा हिड्ने, ६ वर्ष अगाडि हामी गर्छौं भनी गरेको प्रतिवद्धता आज सम्म केही पनि नहुने र अहिले ३ नम्बर प्रदेश सरकारले हामी बनाउँछौ भनेर अठोट गर्दा त्यसलाई हामीले समर्थन गर्नु पर्ने कि नपर्ने?’

तात्कालिन संविधानसभा सदस्य मध्येबाट काठमाडौं उपत्यकाका ४३ जना सदस्यले हेटौंडा काठमाडौं सडक मार्ग बनाउनुपर्यो भन्दै दस्तखत गरेर प्रधानमन्त्रीलाई बुझाएको स्मरण गर्दै उनले निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने निजी कम्पनीसँगको सम्झौता रद्द गर्नुपर्ने तर्क गरे।

प्रकाशित ९ असोज २०७५, मंगलबार | 2018-09-25 17:19:18
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।