Exclusive

सत्तारुढ दलकै भातृसंगठन अनेरास्ववियूद्वारा सरकार विरुद्ध नाराबाजी



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियूले पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ।

यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै अनेरास्ववियू सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको हो।

अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो।

दशैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए।

अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको विरोध प्रर्दशनमा दुई तिहाई बहुमतको लोकप्रिय सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो। उनीहरुले सरकारलाई जनअपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएका थिए।

प्रर्दशनका क्रममा अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले यातायातमा बढाइको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि सरकारलाई दिएका छन्।

प्रकाशित ९ असोज २०७५, मंगलबार | 2018-09-25 14:35:06
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...