मोदीको पहिलो प्रधानमन्त्रित्वकालमा चीन, अमेरिका र नेपाललाई बराबरी प्राथमिकता



नरेन्द्र मोदी
नरेन्द्र मोदी

भ्रमण गरेको देशहरुको सूचीलाई आधार मान्ने हो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो प्रधानमन्त्रित्वकालमा नेपाल, चीन र अमेरिका र नेपाललाई सबैभन्दा बढी प्राथमिकता दिएको देखिएको छ।

आगामी बैशाखमा प्रधानमन्त्रित्वको पाँच बर्षे कार्यकाल सकिँदा मोदीले नेपाल, चीन र अमेरिकाको ५-५ पटक भ्रमण गरिसकेका हुनेछन्। यसबीचमा दक्षिण एसियाली मुलुक माल्दिभ्सबाहेक सबै देशको भ्रमण गरेका उनी अन्टार्टिका बाहेक सबै महादेश पुगिसकेका छन्।

मोदी पाचौँ पटक आगामी मंसीर दोस्रो साता नेपाल आउने भारतीय सञ्चारमाध्यमहरुले यसअघि नै उल्लेख गरिसकेका छन्। उनको यो पाचौँ नेपाल आगमन बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि हुने बताइएको छ।

मंसीर दोस्रो साता नेपाल टेके लगत्तै प्रधानमन्त्रीका रुपमा उनी पाँच पटक नेपाल आइसकेका हुनेछन्। २ जेठ २०७१ मा प्रधानमन्त्री भएयता उनले भारतको सामरिक प्रतिद्वन्दी मुलुक चीन र सामरिक सहयात्री मुलुक अमेरिकाको ५ पटक भ्रमण गरिसकेका छन्।

मोदी पछिल्लो समय १४–१५ भदौमा भएको बिमस्टेक सम्मेलनका सिलसिलामा नेपाल आएका थिए। बिमस्टेक सम्मेलनमा सहभागिताका लागि आएका मोदीको त्यो चौथो नेपाल भ्रमण थियो। त्यसअघि तेस्रो भ्रमणको रुपमा उनी बैशाख अन्तिम साता नेपाल आएका थिए।

त्यसबाहेक प्रधानमन्त्री भएलगत्तै उनको पहिलो भ्रमण २०७१ साउनमा भएको थियो। र, त्यो भ्रमण कुनैपनि भारतीय प्रधानमन्त्रीबाट १७ बर्षपछि भएको पहिलो औपचारिक नेपाल भ्रमण थियो। लगत्तै मंसीर ०७१ मा उनी दोस्रो पटक सार्क सम्मेलनमा भाग लिन नेपाल आएका थिए।

बिमस्टेक सम्मेलनमा मोदीको आगमन चौथो आगमन भएपनि २०७१ जेठमा प्रधानमन्त्री बनेपछि बिमस्टेक शिखर सम्मेलन (१४-१५ भदौ) मा भएको मोदीको ८९ नेपाल भ्रमण थियो। त्यसयता उनी अरु कुनैपनि मुलुकको भ्रमणमा गएका छैनन्।

आफ्नो साढे चार वर्षे प्रधानमन्त्रित्वकालमा मोदीले नेपालसहित ५६ देशको भ्रमण गरिसकेका छन् । त्यसमध्ये ३९ देशमा एक पटकमात्र भ्रमण गरेका छन् भने दुई वटा देशमा तीन पटक भ्रमण गरेका छन्।

मोदीले एक पटक भ्रमण गरेको देशहरु हुन्– अस्ट्रेलिया, बंगलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, फिजी, इन्डोनेसिया, इरान, आयरल्यान्ड, इजरायल, जोर्डन, केन्या, कीर्गिजस्तान, लाओस, मौरिसस, मेक्सिको, मंगोलिया, मोजाम्बिक र नेदरल्यान्ड्स।

यसैगरी ओमान, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, पोर्चुगल, कतार, रुवान्डा, साउदी अरब, सिसेल्स, दक्षिण कोरिया, स्पेन, स्वीडेन, ताजकिस्तान, तान्जानिया, थाइल्यान्ड, टर्की, तुर्कमेनिस्तान, युगाण्डा, भियनताममा पनि उनी एक पटकमात्र पुगेका छन्।

मोदीले दुई पटक भ्रमण गरेका देशको संख्या ११ छ। तिनमा अफगानिस्तान, जापान, काजगिस्तान, मलेसिया, म्यान्मार, दक्षिण अफ्रिका, श्रीलंका, स्वीट्जरल्याण्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य (युके), उज्वेकिस्तान रहेका छन्।

फ्रान्स र सिंगापुर मोदीले तीन पटक भ्रमण गरेका देश हुन् भने जर्मनी, रुसको उनले चार पटक भ्रमण गरेका छन्। पाँच पटक भ्रमण गरेको देशमा चीन र संयुक्त राज्य अमेरिका हो। मंसीरमा आएलगत्तै मोदी पाँच पटक भ्रमण गर्ने देशको सूचीमा नेपालपनि थपिनेछ।

मंसीरमा हुने नेपाल भ्रमण बाहेक आगामी पुस मध्यसम्ममा मोदीले सिँगापुर, श्रीलंका र अर्जेन्टिनाको भ्रमण गर्नेछन्। त्यसैगरी भुटानमा आम चुनाव सकिने वित्तिकै मोदीले यो दक्षिण एसियाली हिमाली मुलुकको पनि भ्रमण गर्ने तयारीमा छन्।

केही साताअघि भारतमा प्रधानमन्त्री मोदीको विदेश भ्रमण खर्चको बारेमा पनि प्रश्न उठेको थियो। विपक्षीहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले जवाफ दिँदै चार वर्षको अवधिमा १४ अर्ब ८४ करोड भारतीय रुपैयाँ खर्च भएका जनाएको थियो।

सो रकम मोदीका पूर्ववर्ती प्रधानमन्त्री मनमोहन सिँहको दुई कार्यकाल (१० बर्ष) मा विदेश भ्रमणमा गरेको खर्च भन्दा दोब्बर भन्दा पनि बढी हो। सिँहको दुई अवधिको कार्यकालमा विदेश भ्रमणमा ६ अर्ब ४२ करोड रुपैयाँ मात्र खर्च भएको थियो।

पछिल्लो समयमा बिमस्टेकको सम्मेलनमा सहभागी हुन नेपाल आउँदा काठमाडौँमा बिताएका २ दिन समेत जोड्ने होे भने मोदीले साढे ४ बर्षे प्रधानमन्त्रित्वकालमा १ सय ७७ दिन विदेशमा मात्रै बिताएका रहेछन्।

भारतीय पत्रपत्रिकाले हिसाव निकालेका छन्, प्रधानमन्त्री भएयता मोदीले आफ्नो शासनको १ हजार ५ सय ९१ दिनमा साढे ११ प्रतिशत समय त विदेशमा नै बिताएका रहेछन्।

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 19:03:32
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...