न्यायाधीस जोशीमाथिको महाअभियोगमा ‘बहादुरीपूर्वक पछि हट्दै’ नेकपा !


Infocus



दीपकराज जोशी
दीपकराज जोशी
NIC ASIA

सर, महाअभियोग के हुने भयो?
को माथि महाअभियोग?

न्यायाधीस दीपकराज जोशीमाथि...। 
कसले लगाउने भनेको छ र?

अस्ति सांसदहरुको हस्ताक्षर गराउनु भएको होइन त!
कुन हस्ताक्षर? 

यो सम्बाद हो, नेपालखबर र नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङबीचको; शुक्रबार दिउसोको।

प्रधानन्यायाधीसमा अस्वीकृत बरिष्ठ न्यायाधीस दीपकराज जोशीसँगको ‘भद्र सहमति’ अनुसार ओमप्रकाश मिश्र प्रधानन्यायाधीस नियुक्त भएपछि जोशीले राजिनामा दिनेछन् भन्ने अपेक्षा सत्तारुढ नेकपाको थियो। तर, राजिनामा दिनुको साटो जोशीले इजलास लिइरहेका छन्।

यसले सर्वाेच्चको नेतृत्वलाई त अप्ठेरो पारेको छ नै, प्रधानन्यायाधीसमा अस्वीकृत गर्ने नेकपा पनि सर्वाेच्च अदालतमा जोशीको उपस्थितिका कारण अप्ठेरोमा परेको छ। पुषमा प्रधानन्याधीस मिश्रले अवकास पाएसँगै बरिष्ठ न्यायाधीसको रुपमा जोशीकै नाम सिफारिस गर्नु पर्ने भएकाले नेकपा नैतिक अप्ठेरोमा छ।

यही स्थितिका बीच जोशीलाई महाअभियोग लगाएर भएपनि हटाउने तयारीका साथ नेकपाले विहीबार (४ असोज) मा सांसदहरुको हस्ताक्षर गरायो। महाअभियोग दर्ता गराउन आवस्यक पर्ने एक चौथाई सांसदको हस्ताक्षर त्यसैदिन संकलन भइसकेपनि नेकपाले जोशीविरुद्ध महाअभियोग दर्ता गराउन सकेको छैन।

दर्ता गर्ने नै हो भनेपनि त्यो कहिले हुने हो, त्योपनि स्पष्ट छैन। सत्तारुढ दलहरुसँग जोशीमाथि महाअभियोग लगाउन पारित गराउन आवश्यक पर्ने दुई तिहाइको संख्या छ।

जानकार स्रोतका भनाईमा, बरिष्ठ न्यायाधीश जोशीमाथि महाअभियोग प्रस्ताव संसदमा दर्ता गराउन केही दिन कुर्ने निचोडमा नेकपा नेताहरु पुगेका छन्।

त्यसैको संकेत हो, नेपालखबरले महाअभियोग र हस्ताक्षर संकलनका सम्बन्धमा राखेको जिज्ञाशामा उपनेता नेम्वाङले ‘मदनबहादुर–हरिबहादुर’ कार्यक्रममा जस्तै ‘हरिबहादुर स्टाइल’ मा दिएको जवाफ।

राजिनाका लागि दबाब सिर्जना गर्नमात्र जोशीमाथि महाअभियोगको चर्चा र हस्ताक्षर संकलन गरिएको हुनसक्ने एकथरिको आशंका छ।

‘पछिल्लो समयमा गरिएको हस्ताक्षर जोशीलाई राजिनामा गराउन दबाब बढाउन नै हो,’ संसदीय विषयमा हेर्ने नेकपा एक नेताले भने, ‘जोशीलाई राजिनामा दिनका लागि केही दिनका समय दिइने छ । त्यस समयमा पनि भएर अन्तिम विकल्पको रुपमा महाअभियोग लगाइने छ।’

बिहीबार नेकपाले आफ्नो सांसदहरुलाई ‘एसएमएम’ गर्दै आफ्नो हस्ताक्षरका लागि संसदीय दलका कार्यालयमा बोलाएको थियो।

यसअघि कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले न्यायाधीश जोशीलाई भेट गर्दै राजिनामा दिएर बाटो खुला गरिदिन सुझावपनि दिएका थिए।

नेकपा स्रोतकाअनुसार जोशीले विदा सकिएको केही दिन अदातलमा जाने र राजिनामा दिन आश्वासन दिएका थिए।

‘तर पछि अदातलका सहकर्मीहरुले समेत मलाई स्वीकारी सकेका छन्’ भन्दै राजिनामा नदिने अडान जोशीबाट आयो’ नेकपा स्रोतको भनाई छ, ‘राजिनामा गरेर जोशीले बाटो खोल्छन् भन्ने आशामा केही समय महाअभियोग प्रस्ताव दर्ता नगरी बसेका छौँ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस न्यायाधीश जोशीको बचाउमा उत्रिसकेको छ। सांसदमा बोल्दै विपक्षी दल कांग्रेस तथा राजपाले न्यायापालिकामा हस्ताक्षेप हुने भन्दै जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्ने चेतावनी समेत दिएका छन्।

कांग्रेसले जोशीको बचाउ गर्दै महाअभियोग नलगाउन चेतावनी दिएपछि नेकपा अप्ठेरोमा परेको छ। किनभने, अहिले जोशीमाथि महाअभियोग लगाइयो भने कांग्रेसले ६९ सांसद (२ सय ७५ सदस्यीय संसद) को एक चौथाई समर्थन जुटायो भने कुनै प्रधानन्यायाधीस, न्यायाधीस वा सम्बैधानिक निकायका कुनै पदाधिकारीमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न सक्छ। पारित नभएपनि प्रस्ताव दर्ता गर्नासाथ त्यो पदाधिकारी महाअभियोगको छिनोफोन नलागुन्जेलसम्मका लागि निलम्बित हुनसक्छ।

प्रधानमन्त्री हुने बेला केपी शर्मा ओलीको पक्षमा मतदान गरेपनि हाल प्रतिपक्षी बेञ्चमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई साथ लिनासाथ कांग्रेसले पनि जो कोहीमाथि महाअभियोग प्रस्ताव दर्ता गराउन सक्ने स्थिति छ।  

त्यसैले, अर्काथरिको दावी के छ भने न्यायाधीश जोशीमाथि महाअभियोग लगाउने कुरामा नेकपा पछि हट्ने निर्णयमा पुगिसकेको छ। सिर्फ ‘बहादुरीपूर्वक पछि हटेको’ उसले घोषित रुपमा यस सम्बन्धी निर्णय सार्वजनिक नगरेको मात्र हो।

प्रकाशित ७ असोज २०७५, आइतबार | 2018-09-23 20:15:46
Max TV
Max TV
Zen Travels

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।