आफैले ‘मन्त्री बनाउँछु’ भनेका योगेशमाथि प्रम ओलीको तीन ‘कू’


Infocus



योगेश भट्टराई
योगेश भट्टराई
NIC ASIA

आफ्नो आलोचना गर्नेमाथि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली कति असहिष्णु रहेछन् भन्ने कुरा आइतबार (७ असोज) मा संसदीय समितिहरुको निर्वाचनबाट समेत देखिएको छ।

संसदीय सुनुवाई विशेष समितिको नेतृत्व सत्तारुढ नेकपाल नै लिने योजना रहेपनि रातारात समितिको सभापति राजपाका लक्ष्मणलाल कर्णलाई बनाइयो। 

जेष्ठ सदस्यका रुपमा राजा कर्णले यसअघि समिति बैठक र विभिन्न सुनुवाईहरुको नेतृत्व गर्दै आएका थिए। तर, उनलाई सभापति बनाउने चर्चा र योजना कहीँकतै थिएन।

संसदीय सुनुवाई समितिका बैठकहरुमा नेकपाको नेतृत्व सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताहरुले गर्दै आएका थिए।

प्रधानन्यायाधीसमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत गर्ने विषयमा भट्टराईले नै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यसअघि कुनैपनि लाभको पदमा नरहेका र प्रभावशाली व्यक्तिका कारण दुबै सदनको संयुक्त समितिको रुपमा रहेको यो समितिको नेतृत्व योगेशलाई दिने चर्चा थियो।

त्यसका लागि योगेशपनि मानसिक रुपमा तयार थिए। समितिमा खेलेको उनको सशक्त भूमिकाका कारणपनि यो समितिका लागि योेगेश योग्य पात्र थिए।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको ईच्छा बेगर अरु कुनै नेताले यस्तो महत्वपूर्ण जिम्मेवारी पाउने सम्भावना हुँदैन।

सम्बन्धित लिंक: योगेशलाई बनाउने भनिएको सुनुवाई समितिको सभापतिमा राजपाका कर्ण

संसदमा नेकपा गठबन्धनको अत्याधिक बहुमत रहेकाले अन्य दलले पनि ओलीलाई राजी नगराई कुनै अवसर पाउन सक्ने स्थिति छैन।

ओलीले यही अवसरको उपयोग गरे, नेकपाले पाउने संसदीय सुनुवाई समिति जस्तो महत्वपूर्ण समिति प्रतिपक्षी राजपालाई दिने निर्णय गरे।

यसको कारण थियो, यो समितिको सभापति बन्ने अवसरबाट रोक्नु। किनभने, नेकपाले लिएको खण्डमा योगेश नै यो समितिको सभापति हुने थिए।

राष्ट्रिय पार्टीको मान्यता पाएका नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राजपाले संसदीय समितिहरुको नेतृत्वको भागबण्डा गरेका छन्।

भागबण्डामा सहमति जुटेपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति नेपाली कांग्रेसले पाएको छ भने उद्योग समिति संघीय समाजवादी फोरमले।

यस हिसावले राजपाले पनि कुनै समिति पाउने पक्का थियो। तर, उ आफैलेपनि संसदको यति महत्वपूर्ण समिति पाउने आशा सायद गरेको थिएन।

तर, ओलीलाई जसरी हुन्छ, योगेशलाई संसदको यो महत्वपूर्ण समितिको सभापति बनाएर उनको व्यक्तित्व अझ उचो बनाउनबाट रोक्नु थियो।

त्यसैले, यो समितिको सभापति योगेशलाई दिनु भन्दा बरु राजपालाई दिने निर्णय आफू न्यूयोर्क प्रस्थान गर्नुभन्दा अघिल्लो दिन गरिदिए।

नेकपाले चाहँदा उसैले पाउने पक्का भएको यो समिति राजपालाई सुम्पेर ओलीले ०७४ को निर्वाचन यता योगेशमाथि तेस्रो पटक ‘कू’ गरेका छन्।

योगेशमाथि ओलीले दोस्रो ‘कू’ दुई दिनअघिमात्र प्रदेशको नेतृत्व छान्न बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमार्फत् गरेका थिए।

सो बैठकले नेकपाको प्रदेश–१ को ईञ्चार्ज भीम आचार्य र अध्यक्ष देबराज घिमिरेलाई बनाउने निर्णय गरेको थियो।

सम्बन्धित लिंक: सबै गुटको सन्तुलन मिलाउँदै नेकपाले प्रदेशमा यसरी गर्‍यो भागबण्डा

ओलीले चाहेको भए प्रदेश ईञ्चार्ज वा अध्यक्ष योगेशलाई बनाउन सक्थे। पूर्व एमालेको सचिव भएकाले यी जिम्मेवारीमा योगेशको दावीपनि पुग्थ्यो।

तर, ओलीले माधव नेपाल–झलनाथ खनाल खेमामा रहेका आचार्यलाई ईञ्चार्ज र आफू पक्षधर घिमिरेलाई अध्यक्ष बनाइदिए।

योगेशपनि नेपाल पक्षमा रहेकाले उनलाई ईञ्चार्ज बन्न नदिन ओलीले नेपाल-खनाल खेमाका आचार्यलाई ईञ्चार्जको रुपमा अघि सारेका थिए।

यो ओलीले योगेश उपर गरेको दोस्रो ‘कू’ थियो।

योगेशमाथि पहिलो ‘कू’ चाहिँ १८ साउनमा भएको मन्त्री परिषद विस्तारका बेला भएको थियो।

तेस्रो पटक गरिएको त्यो विस्तारमा पनि ओलीले योगेशलाई आफ्नो मन्त्री मण्डलमा सामेल गर्नु आवस्यक सम्झेनन्।

ओली नै थिए, जसले गत निर्वाचनका क्रममा ताप्लेजुङको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरुले जिताएर पठाउनुस्, म योगेशलाई मन्त्री बनाउँछु।’

तर पटक पटकको विस्तारमा पनि उनले योगेशलाई आफ्नो मन्त्री मण्डलमा सामेल गरेनन्।

यो पनि हेर्नुहोस्: जोखिम मोल्ने योगेश, मन्त्री पाउने अरु!

यो ओलीले योगेशमाथि गरेको पहिलो ‘कू’ थियो।

आफैले मन्त्री बनाउँछु भनेर सार्वजनिक रुपमा गरिएको बचन विपरित ओलीले किन योगेशलाई अवसरबाट बञ्चित गरिरहेका होलान्?

भिडियो:

 

यसको एउटै कारण हो, योगेश ओलीको ‘एस म्यान’ बन्न नचाहनु। ओलीले गल्ती कमजोरी गर्दा पार्टी बैठकमा त्यसको जमेर विरोध गर्नु।

त्यसो त, योगेशले सार्वजनिक रुपमा चाहिँ ओली र सरकारको बचाउ गर्दै आएका छन्। तर, पार्टी बैठकहरुमा चाहिँ उनी ओलीका कमजोरीको जमेर विरोध गर्छन्।

जब एमाले–माओवादी केन्द्रबीच एकता वार्ता चल्दै थियो, अध्यक्ष को बन्ने भन्ने विवादले पार्टी एकताको गतिमा ब्रेक लगाएको थियो।

योगेशले ओली र प्रचण्ड दुबै नेतालाई विश्राम लिएर युवा पुस्तालाई पार्टी नेतृत्व दिन सार्वजनिक आग्रह गरेका थिए।

सम्बन्धित लिंक: ओली र प्रचण्डलाई कार्यकारी भूमिका नखोज्न योगेशको सुझाब

आफ्नो अन्ध समर्थनमात्र खोज्ने ओलीले योगेशको युवा पुस्तालाई नेतृत्व दिन गरेको आग्रहलाई ओलीले आफू विरुद्ध ठाने।

एमाले-माओवादी केन्द्रबीच एकता अघि नै ओली प्रधानमन्त्री भए, मन्त्री मण्डल बनाए। तर, उनले योगेशलाई सामेल गरेनन्।

पटक पटक भएका विस्तारमा पनि उनले योगेशलाई अवसर दिएनन्, बरु विद्यार्थी राजनीतिमा योगेश भन्दा जुनियरहरुलाई ठाउँ दिए।

५ असोजको केन्द्रीय सचिवालयको बैठकमा उनले पूर्व एमालेको भागमा परेको प्रदेश-१ को ईञ्चार्ज वा अध्यक्ष बनाउन सक्ने थिए।

तर, नेतृत्वको अवसर दिएर योगेशलाई अघि बढाउँदा त्यो आफू र आफ्नो गुटका लागि चुनौति हुने उनले ठाने। र, योगेशलाई अवसरबाट बञ्चित गरेर पटक पटक ‘कू’ गरिरहे।

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 11:41:49
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।