कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर


Infocus



NIC ASIA

‘भाई फुटे, गवाँर लुटे’ भन्ने नेपाली उखान नै छ। थारुहरुको नेतृत्वदायी संस्था थारु कल्याणकारी सभाको २२ औँ अधिवेशनको उद्घाटन कसले गर्ने भन्ने विवाद हुँदा यो अवसर एकजना भारतीय नेताले पाएका छन्।

आइतबार (७ असोज) देखि काठमाडौँमा सुरु भएको तीन दिने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्नुपर्ने प्रस्ताव सभाको नेतृत्वमा रहेका नेकपा समर्थकहरुले गरेका थिए। कांग्रेस र मधेशी दल समर्थकले चाहिँ यसको विरोध गरे।

उनीहरुको भनाई मधेशी-थारु विरोधी रहेकाले ओलीबाट सभाको उद्घाटन गराउनु हुँदैन भन्ने थियो। उनीहरुको प्रस्ताव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट उद्घाटन गराउनु पर्छ भन्ने थियो। देउवाबाट उद्घाटन गराउने कुराको विरोध नेकपा पक्षधरबाट भयो।

सहमति जुट्न नसकेपछि प्रधानमन्त्री भएका कारण ओलीबाट नै उद्घाटन गराउनु पर्छ भन्नेमा कांग्रेस पक्षधरु पनि सहमत भए।

यसरी बल्ल बल्ल ओलीबाट उद्घाटन गराउने भन्ने कुरामा सहमति जुटेपनि महाधिवेशनको अघिल्लो दिन प्रधानमन्त्री ओली राष्ट्र संघीय महासभामा सहभागी न्युयोर्क प्रस्थान गरिदिए। अब उनी

प्रधानमन्त्री ओली महाधिवेशनको न्यूयोर्क प्रस्थान गरेपछि कोबाट उद्घाटन गराउने भन्ने समस्या पर्‍यो। कांग्रेस पक्षले उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाबाट गर्नुपर्ने प्रस्ताव गर्‍यो।

तर, देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। उनीहरु कुनै हालतमा देउवाबाट महाधिवेशन गर्न नहुने दृढ अडानमा रहे। उनीहरुले अरु कसैको नाम प्रस्ताव गरेनन्, तर देउवाबाट उद्घाटन गर्नु हुँदैन भन्ने एकोहोरो विरोध आइतबार बिहानसम्म गरिरहे।

कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु कल्याणकारी महासभाका अध्यक्षबाट उद्घाटन गराउने सहमतिमा दुबै पक्ष पुगे। र, महासंघका अध्यक्ष दीपनारायण प्रसादले २२ औँ महाधिवेशनको उद्घाटन गरे।

२००५ सालमा स्थापित भएको थारु कल्याणकारी सभा गैर राजनीतिक संस्था भएपनि केही बर्षयता सभाका अगुवाहरुको राजनीतिक द्वन्द्वले यो संस्था आक्रान्त बनेको छ।

कतिसम्म भने, महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने बिषयमा पनि ध्रुबीकृत भएका छन्। नेतृत्वका लागि कांग्रेस समर्थक र नेकपा समर्थक प्यानल नै खडा भएको छ।

एउटा प्यानलको नेतृत्व जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले गरेका छन्। हाल राजपामा रहेका उनलाई नेकपाको समर्थन छ। उनी लामो समय पूर्व एमाले सम्बद्ध थिए।

वर्तमान अध्यक्ष धनीराम चौधरीले अर्काे प्यानल बनाएका छन्। चौधरीलाई नेपाली कांग्रेसले समर्थन गरेको छ। टीकापुर घटनाको अभियोग लागेका चौधरी अर्ध भूमिगत हैसियतमा छन्।

महाधिवेशनमा देशका विभिन्न जिल्लाबाट छनिएर करिब एक हजार प्रतिनिधिको सहभागिता छ।

प्रकाशित ७ असोज २०७५, आइतबार | 2018-09-23 16:51:33
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।