यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर


Infocus



ओली र प्रचण्ड
ओली र प्रचण्ड
फाइल फोटो

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

अध्यक्ष प्रचण्ड चीन भ्रमणबाट फर्केको २ दिनपछि र अर्का अध्यक्ष ओली अमेरिका भ्रमणमा जानुभन्दा २ दिनअघि भएको केन्द्रीय सचिवालयको बैठकपछि सो सर्कुलर जारी गरिएको हो।

५ असोजमा भएको सचिवालयको १३ औँ बैठकले सातै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय गरेको थियो।

सो बैठकले जिम्मेवारी पाएका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवहरुले प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म गर्नुपर्ने ७ जिम्मेवारी समेत तोकेको छ।

तोकिएका ती जिम्मेवारीहरु निम्न बमोजिम छन्ः

१. प्रदेशका ईञ्चार्ज, सह-ईञ्चार्ज, अध्यक्ष र सचिवहरुको बीचमा नियमित बैठक बस्ने, पार्टीको विधान, नियमावली र निर्देशनहरुको मार्गदर्शन तथा विगतको सिफारिस समेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने

२. सम्बन्धित तहका पूर्व कमिटी र तिनका पदाधिकारी तथा सदस्यहरुसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने

३. आफ्नो तह र मातहतका पार्टी कार्यालयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने

४. आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने

५. पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्नेे र केन्द्रीय सचिवालयमा बुझाउने ५. प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र सञ्चालन गर्ने

६. प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने, ती निकायहरुसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने

७. उपरोक्त बमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने

सर्कुलरमा पार्टी केन्द्रबाट यथासक्य चाँडो प्रदेश कमिटीका सदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डका साथै थप मापदण्डहरु पठाईने पनि जनाइएको छ।

 

सो बैठकले पार्टी एकताका सम्बन्धमा सिफारिस पेश गर्न गठन गरिएका तर काम गर्न नसकेका कार्यदलहरु विघटनको निर्णय समेत गरेको थियो।

बैठकले प्रतिवेदन पेश गर्न नसक्ने कार्यदलहरुको आलोचना समेत गर्दै प्रतिवेदन पेश गर्ने कार्यदलहरुलाई धन्यवाद समेत दिएको थियो।

प्रकाशित ७ असोज २०७५, आइतबार | 2018-09-23 10:35:05
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं