भुटानमा पाँच वर्ष सरकार चलाएको छिरिङ तोग्बेको पार्टी पराजित



भुटानी संसदका लागि भएको पहिलो चरणको मतदानमा निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको राजनीतिक दल पिपुल्स डेमोक्रयाटिक पार्टी (पिडिपी) पराजित भएको छ।

शनिबार राति सम्पन्न मतगणनामा पिडिपी तेस्रो स्थानमा खुम्चिन पुग्यो। यो परिणामसँगै पिडिपीको लागि कार्तिक १ गते हुने दोस्रो चरणको चुनावमा सहभागी हुने बाटो बन्द भएको छ।

पहिलो चरणको चुनावी परिणाम आउने वित्तिकै निर्वतमान प्रधानमन्त्री तोग्बेले ट्विट गर्दै डिएनपी, डिपिटी पार्टी तिनका नेतालाई बधाइ दिएका छन्।

पहिलो चरणको चुनावमा ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) र ड्रुक फुन्सुम शोग–पा (डिटिपी) पहिलो र दोस्रो स्थानमा आएका छन्। भुटानमा पछिल्लो समय निवर्तमान प्रधानमन्त्री तोग्बे भारतपरस्त नेताका रुपमा चिनिन्थे।

पाँच वर्षअघिको चुनावमा तोग्बेको दलले दोस्रो चरणको चुनावमा जीत हासिल गर्न सफलता प्राप्त गरेको थियो। त्यसबेला तोग्बेलाई जिताउन भूमिका खेलेको भनिएको दिल्लीले अहिले पनि तोग्बेलाई नै थिम्पुको सत्तामा ल्याउन चाहेको मानिन्थ्यो।

भुटानमा नेशनल एसेम्बली (संसद) को चुनाव दुई चरणमा हुन्छ। संविधानअनुसार पहिलो चरणमा मतदाताले राजनीतिक दल छान्न पाउँछन्। प्रारम्भिक चरणमा देशव्यापी मतदानबाट पहिलो र दोस्रो हुने दलले मात्रै दोस्रो चरणमा हुने आम निर्वाचनमा उम्मेदवार उठाउन पाउँछन्। दोस्रो चरणमा जसले बहुमत ल्याउँछ उसले सरकार गठन गर्छ।

शनिबार भएको निर्वाचनमा चार राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए। जसमा निर्वतमान प्रधानमन्त्री तोग्बेको दल तेस्रो स्थानमा खुम्चिएको हो। यो परिणामसँगै उनको दल कार्तिक १ मा हुने चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको छ।

भुटानको संविधानले नेसनल एसेम्बलीमा राजनीतिक दल बाहेक स्वतन्त्र उम्मेदवारी दिने व्यवस्था गरेको छैन। तर माथिल्लो सदन नेसनल काउन्सिल र स्थानीय निकायमा भने राजनीतिक दलको नभै व्यक्ति चुनाव लड्ने व्यवस्था रहेको छ।

भुटानी सरकारी पत्रिका कुन्सेलको अनलाइन संस्करणअनुसार डिएनटीले ९५ हजार ७२२ मत प्राप्त गरेको छ भने डिपिटीले ९० हजार ८८९ मत पाएको छ। त्यसैगरी पिडिपीले ८२ हजार ३२० मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको भुटान कुइन नयम पार्टीले २९ हजार १०७ मत प्राप्त गरेको छ।

प्रजातान्त्रिक समाजवादी दल डिएनटीले १६ वटा निर्वाचन क्षेत्रमा पहिलो भएपनि कुल मत भने बढी ल्याएको छ। राजावादी पुरातनपन्थी डिटिपीले कुल ४७ निर्वाचन क्षेत्र मध्ये १९ वटामा पहिलो स्थानमा हासिल गरेको छ। पछिल्लो समय पाँच वर्ष सत्तामा रहेको पिडिपीले ९ निर्वाचन क्षेत्रमा मात्रै अग्रस्थानमा हासिल गरेको छ।

भुटानमा ४ लाख ३८ हजार ६६३ मतदाता रहेकोमा २ लाख ९० हजार ७४४ ले मतदान गरेका थिए। ६६.२७ प्रतिशत मतदात भएको अधिकारीहरुले जनाएका छन्।

भुटानको यो तेस्रो संसदीय चुनाव हो। यसअघि डिटिपी र पिडिपीले एक एक पटक सरकार चलाएका छन्। २००८ को पहिलो चुनावमा डिटिपीले ४७ स्थान मध्ये ४५ स्थानमा जित्दै सरकार बनाएको थियो। तर त्यसको पाँच वर्षपछि पिडिपीले चुनाव जित्यो। सो दलले ३२ स्थान जीत हासिल गरेको थियो। सन् २०१३ मा गठन भएको डिएनटीले त्यस समयमा भएको पहिलो चरणको चुनावमा तेस्रो स्थान रहेको थियो।

प्रकाशित ३१ भदौ २०७५, आइतबार | 2018-09-16 07:29:18
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...