प्रचण्ड चीन जाँदा चिनियाँ राष्ट्रपति रुसमा, प्रचण्ड-सी भेट होला कि नहोला?


Infocus



प्रचण्ड-सी जिनपिङ
प्रचण्ड-सी जिनपिङ

निर्धारित समयभन्दा भारत भ्रमण १ दिन वर सारेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण दुई दिन वर सरेको छ। यसअघि १ असोजमा बेइजिङ जाने तयारीमा रहेका प्रचण्डको कार्यक्रम २ दिन वर सरेपछि उनी भोलि नै बेइजिङ प्रस्थान गर्दैछन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको १५ सदस्यीय टोली चीन प्रस्थान गरेको भोलिपल्टै प्रचण्ड बेइजिङ प्रस्थान गर्न लागेका हुन्।

यसअघि २२ भदौमा भारत भ्रमणमा जाने योजनामा रहेका प्रचण्ड त्यो भन्दा अघिल्लै दिन २१ भदौमा नयाँदिल्ली प्रस्थान गरेका थिए। उनको भारत भ्रमणको कार्यतालिका पनि छोट्टिएको थियो। २२-२६ भदौमा भारत भ्रमण गर्ने भनिएकोमा २१-२४ भदौमा उनले भारत भ्रमण गरेका थिए।

असोज १ गते चीन जाने योजनामा रहेका प्रचण्ड भदौ ३० गते नै त्यसतर्फ प्रस्थान गरी  असोज ३ गते संविधान दिवसका दिन नेपाल फर्कनेछन्। 

बेइजिङमा उनले भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छैन। तर, उनले उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गर्ने पक्का भएको छ। चिनियाँ राष्ट्रपति सी रसिया भ्रमणमा रहेकै बेला अध्यक्ष प्रचण्ड चीन पुग्ने भएकाले राष्ट्रपति सीसँग भेट हुने नहुने टुंगो लागेको छैन।

यद्यपी, प्रचण्ड चीनमै रहेका बेला राष्ट्रपति सी रसिया भ्रमणबाट फर्कने भएकाले त्यसपछि भेटवार्ताको टुंगो लाग्ने स्रोतको दाबी छ।

सन् २०१३ मा पहिलो पटक राष्ट्रपति भएपछि सीले भेटेका प्रचण्ड नै पहिलो दक्षिण एशियाली नेता थिए। 

हालसम्मको कार्यक्रम अनुसार प्रचण्ड परिवारसहित चीनको नानजिङ र एनान पुग्नेछन्। प्रचण्डको साथमा धर्मपत्नी सीता दाहाल, स्वकीय सचिव जोखबहादुर महरा, छोरी गंगा दाहाल र नातिनी इशानवी भ्रमणमा सहभागी हुनेछन्।

माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो।

उता प्रवक्ता श्रेष्ठको भ्रमण टोलीमा उनीबाहेक पार्टीका केन्द्रीय तहका १४ जना नेताहरु सहभागी छन्।

समाजवादको विषयमा अध्ययन गर्न जाने भएकाले चीनमा उनको भेट मन्त्रीस्तरीय नेतासँगमात्र हुने जनाइएको छ।

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 16:52:05
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...