गृहमन्त्री बादलको संसदलाई जवाफः सरकारी सम्पत्तिको सुरक्षाका लागि कञ्चनपुरमा गोली चलेको हो


Infocus


रामबहादुर थापा (बादल)
रामबहादुर थापा (बादल)

गृहमन्त्री रामबहादुर थापा (बादल) ले कञ्चनपुर घटनाको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन भइसकेपछि सरकारी सम्पत्ति लक्षित आक्रमण भएकाले सुरक्षाकर्मीले गोली चलाएको बताएका छन्।

NIC ASIA

शुक्रबार संसदले उठाएको प्रश्नको सिलसिलेवार लिखित जवाफमा मन्त्री थापाले सरकारी सम्पत्तिमा क्षति हुने अवस्था देखेपछि प्रहरीले गोली चलाएको बताएका हुन्।

उनले घटनाका मृतक निर्मला पन्त र सनी खुन्नालाई जनही १० लाख रुपैयाँ उपलब्ध गराएको बताएका उनले पन्त र खुना दुबैलाई शहीद घोषणा भएको समेत सदनलाई जानकारी गराएका छन्।

उनले निर्मला पन्तको बलात्कार तथा हत्याको घटनामा जो कोही संलग्न रहेपनि कानूनी कठघरामा उभ्याउन मातहतका निकायलाई निर्देशन भएको जानकारीपनि संसदलाई गराए।

मन्त्री थापाले बर्दियामा हिरासतमा मृत्यु भएका राममनोहर यादवलाई कुटपिट र यातना नभएको दाबी समेत गरे। यादवको पक्राउको सम्बन्धमा बोल्दै नेपालको स्वतन्त्रता, प्रादेशिक अखण्डता र राष्ट्रियतामाथि अपमान हुनेगरी नारा लगाई घृणा द्वेष फैलाई राष्ट्रिय हित प्रतिकूल काम गरेकाले उनलाई पक्राउ गरिएको दावी गरे।

‘पोष्टमार्टम प्रतिवेदन अनुसार मृत्यु कुनै चोटपटकको कारणले नभई रोगको कारणले भएको हो’ गृहमन्त्री थापाले भने, ‘भिसेरा र रगतको परीक्षणको प्रतिवेदनबाट अन्य विवरण उपलब्ध हुने जानकारी प्राप्त भएको छ।’

यस्तै ढोरपाटन घर भई काठमाडौँ बस्दै आएका २२ वर्षे संगीन जिसीको अनुसन्धान भइरहेको मन्त्री थापाले बताए। उनले जिसीको भिसेरा, डिएनए परिक्षण र टेलिफोन कल डिटेलको अध्ययन भइरहेको बताएका छन्।

राजधानीको बबरमहलमा भएको पूर्वराजदूत केशवराज झाको हत्या, मोरङ जिल्लाको लेटाङमा विद्यालयको पानीट्याङ्कीमा विषादी मिसाएको घटना, सांसद निरुदेवी पालमाथि भएको आक्रमणका घटना, ओखलढुङ्गा जिल्लामा गाउँपालिका अध्यक्षमाथि भएको आक्रमण र सन्तोष कार्कीको हत्या लगायतका विषयमा प्रहरी अनुसन्धान र कारवाही भइरहेको मन्त्री थापाले संसदलाई बताएका हुन्।

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 13:56:31
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।