भारतमा प्रचण्डले दिएको अन्तर्वार्ताले बालुवाटारमा हलचल

प्रचण्डको स्पष्टिकरण: मैले नभनेको कुरा पत्रिकाले प्रकासित गरिदिएछ




नेकपा केन्द्रीय सचिवालय बैठक
नेकपा केन्द्रीय सचिवालय बैठक

सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताका विषयमामात्र छलफल भएको बताएपनि नेताहरु विदेश भ्रमणबारे पनि छलफल भएको छ।

भारत भ्रमणका क्रममा दिएको एउटा अन्तर्वार्ताका कारण बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिरक्षात्मक स्थितिमा पुगे। त्यो थियो, हिन्दूस्तान टाइम्सलाई दिएको अन्तर्वार्ता।

अन्तर्वार्ताकार प्रशान्त झाले प्रचण्डसँग सोधेका छन्, ‘एमालेसँग पार्टी एकता हुँदा खास के विषयमा सहमति भएको थियो? ओलीले दुई बर्षभित्र तपाईंलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष वा दुबै दिन्छु भनेर प्रतिवद्धता व्यक्त गरेका छन्?’

यो प्रश्नमा प्रचण्डले निकै छोटो उत्तर दिएका छन्। प्रचण्डले भनेका छन्, ‘समझदारीको मर्म ती दुई मध्ये एक (दिने भन्ने) छ।’ झाले यससँगै पुरक प्रश्न गरेका छन्, ‘यदि उनले पुरा गरेनन् भने!’ 

प्रचण्ड यो प्रश्नको उत्तर दिने क्रममा भनेका छन्, ‘त्यसपछि हामी विचार गर्नेछौँ। हालका लागि हामी निकै सतर्कताका साथ अघि बढिरहेका छौँ। म त्यही भावनाका साथ अघि बढिरहेको छु। यो कुरा मैले भारतीय नेताहरुलाई पनि भनेको छु।’

हो, प्रचण्डको यही अभिव्यक्तिको विषयलाई लिएर आजको बैठकमा प्रश्न उठ्यो। बैठकको विस्तृत विवरण त प्राप्त भएको छैन। तर, स्रोतका अनुसार, नेताहरुले प्रचण्डलाई र्‍याखर्‍याख पारेपछि प्रचण्डले जवाफ दिए, ‘अन्तर्वार्तामा जे कुरा प्रकासित भएको छ, मैले त्यसरी बोलेको होइन। अन्तर्वार्ता लिनेले बिगारेर प्रकासित गरिदिएछ।’

सचिवालय सदस्य बामदेब गौतमले आजको बैठकमा पार्टी एकताबारे महासचिवको प्रतिवेदन बाहेक नेताहरुले विदेश भ्रमणका विषयमापनि छलफल भएको बताए।

‘अध्यक्ष ओलीले बिमस्टेक सम्मेलन, प्रचण्डले भारत भ्रमण, माधव नेपालले अमेरिका भ्रमण र ईश्वर पोखरेलले लेवनन-पोल्याण्ड भ्रमणबारे जानकारी गराउनुभयो’ गौतमले भने, ‘बैठकले सबै सम्मेलन र भ्रमणहरु सफल भएको, सम्बन्धलाई सुदृढ बनाउन भूमिका खेलेको निष्कर्ष निकालेको छ।’

प्रकाशित २७ भदौ २०७५, बुधबार | 2018-09-12 20:41:06
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...