शिखर सम्मेलनअघि बिमस्टेकका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई राष्ट्रपति भण्डारीको दिवाभोज



बिमस्टेकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु
बिमस्टेकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु

बुहपक्षीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा सम्मेलन सुरु हुनुअघि नेपाल आउने शीर्ष विदेशी पाहुनाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज दिने भएकी छन्।

बिहीबार (१४ भदौ) अपरान्ह सम्मेलन हुनुअघि बिमस्टेक राष्ट्रबाट प्रतिनिधित्व गर्ने सबै राष्ट्र प्रमुख र सरकार प्रमुख नेपाल आइसकेपछि राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवाभोज दिन लागेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार दिउसो साढे १२ बजेका लागि बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि दिवाभोज आयोजना गरिएको छ, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य शीर्ष नेताहरु पनि सहभागी हुनेछन्।

दिउसो २ बजे करिव एक घण्टाका लागि दिवाभोज आयोजना गरिएलगत्तै अपरान्ह ४ बजे कालिमाटीस्थित सोल्टी होटलमा बिमस्टेकको चौंथो शिखर सम्मेलन हुनेछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

दिउसो २ बजे राष्ट्रपति कार्यालयमा दिवाभोज हुने भएकाले त्यस अगावै बिमस्टेक राष्ट्रका शीर्ष पाहुनाहरु काठमाडौँ आइपुग्नेछन्। बिमस्टेक शिखर सम्मेलनका लागि म्यान्मारका राष्ट्रपति विन मिन्ट आजै काठमाडौँ आइपुग्दैछन्।

भुटानका अन्तरिक सरकारमा प्रमुख सल्लाहकार रहेका प्रधान न्यायाधीश छिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना भने बुधबार नेपाल आइपुग्ने छन्। म्यान्मारका राष्ट्रपति विन र श्रीलंकाका राष्ट्रपति सिरिसेनाको गौतम बुद्धको जन्मस्थल लुम्बिनीका पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा भने सम्मेलन उद्घाटन हुने दिन बिहीबार बिहान काठमाडौँमा आउने कार्यक्रम रहेको छ।

यसैगरी बुधबार हुने विदेशमन्त्रीहरुको बैठकमा भाग लिन मंगलबार नै विदेशमन्त्रीहरुको नेपाल आउने कार्यक्रम रहेको छ। बिमस्टेक राष्ट्रका विदेश सचिवहरुको बैठक भने मंगलबार राजधानीमा शुरु भएको छ।

प्रकाशित १२ भदौ २०७५, मंगलबार | 2018-08-28 12:18:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...