बिमस्टेकमा क्षेत्रीय विद्युत ‘ग्रिड लाइन’ समझदारीको तयारी



बिमस्टेकका सात राष्ट्रका झण्डा
बिमस्टेकका सात राष्ट्रका झण्डा

बहुपक्षीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रहरुबीच क्षेत्रीय विद्युत प्रशारण लाइन (ग्रिडलाइन) निर्माणमा सम्झौता हुने भएको छ।

बुधबार र बिहीबार (१४-१५ भदौ) काठमाडौँमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरुबीच समझदारी पत्रका हस्ताक्षर हुन लागेको हो।

‘सदस्य राष्ट्रहरुबीच यसले विद्युत व्यापार गर्नका लागि बाटो खोल्नेछ,’ परराष्ट्र मन्त्रालयका स्रोतले भन्यो, ‘आफूलाई विद्युत बढी भएका मुलुकले ऊर्जा संकट सामना गरिरहेको देशलाई विद्युत बेच्न सक्ने ढोका खोल्नेछ।’

यदि यस्तो खालको समझदारी हुन सक्यो भने जलविद्युत उत्पादनको सम्भावना बोकेको मुलुक नेपाल यसबाट लाभान्वित हुनसक्नेछ। यथेष्ट विजुली उत्पादन गरेर उसले बढी भएको विजुली बिमस्टेक राष्ट्रलाई बेच्ने अवसरको ढोका खुल्नेछ।

बिहीबारबाट शुरु हुने बैठकमा प्रमुख मुद्दालाई प्राथमिकतामा राखेर छलफल अघि बढेको छ। त्यसैगरी सदस्य राष्ट्रहरुबीच ऊर्जा सम्बन्धी नयाँ क्षेत्रमा सहकार्यका विषय पनि यसमा समेटिँदैछ।

समेटिने नयाँ विषयमा व्यापार तथा लगानी प्रबद्र्धन, ‘कनेक्टिभिटी’ को विस्तार र सचिवालयलाई प्रभावकारी बनाउने विषय मुख्य छन्। त्यसैगरी भौतिक, डिजिटल र मानवीय ‘कनेक्टिभिटी’ पनि रहेका छन्। भौतिक कनेक्टिभिटी अन्तर्गत रोडवेज, वाटरवेज, रेलवेज, एयरवेज जस्ता विषय छन्।

मानवीय कनेक्टिभिटीमा सांस्कृतिक आदानप्रदानको विषय रहेको छ। यस अन्तर्गतसांस्कृतिक आदान–प्रदान, विश्वविद्यालयहरुबीच ‘थिङ्क-ट्याङ्क’ र मानवीय जीवनका विभिन्न पक्षका मानिसबीच प्रबद्र्धन गर्ने एजेण्डा छन्।

यसैगरी औद्योगिकीकरणलाई मद्दत पुग्ने गरी व्यापार र लगानीलाई प्रबद्र्धन गर्ने विषय पनि छ। यसले रोजगारी सिर्जना गर्ने र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास बिमस्टेक राष्ट्रहरुले लिएका छन्।

शिखर सम्मेलनको अर्काे एजेण्डा हो, बिमस्टेकको सचिवालय लगायतका विषयलाई प्रभावकारी बनाउने। विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनहरुको आ-आफ्नै बडापत्र हुन्छ। अहिलेसम्म बिमस्टेकको बडापत्र छैन। १९९७ मा जे घोषणा गरिएको थियो, यो क्षेत्रीय संगठन त्यसकै आधारमा चल्दै आएको छ।

त्यसैले, बिमस्टेकको बडापत्र ल्याउने, बिमस्टेक सचिवालयलाई प्रभावकारी बनाउने, समग्र बिमस्टेक प्रक्रियालाई प्रभावकारी, सशक्त र गतिशील बनाउने गरी छलफल अघि बढेको जानकारी परराष्ट्र मन्त्रालय स्रोतले दिएको छ।

प्रकाशित १० भदौ २०७५, आइतबार | 2018-08-26 21:42:55
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...