नेकपालाई एकता टुङ्ग्याउन अझै सकस



ओली र प्रचण्ड
ओली र प्रचण्ड
फाइल फोटो

सत्तारुढ नेकपालाई जिल्ला तथा प्रदेश कमिटी र जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्गाउन सकस परेको छ।

जसको कारण नेकपाको सचिवालयले तेस्रो पटक समय थप गर्दा समेत कार्यदलहरुले प्रतिवेदन बुझाउन असफल भएका छन् ।

यसअघि ५ भदौमा एकता टुङ्ग्याएर प्रतिवेदन पेश गर्ने कार्यतालिका बनाइएको थियो। तर त्यसमा सफलता हात लागेन।

५ भदौमा टुङ्ग्याउने भनिएको एकता हुन नसकेपछि ४ भदौको केन्द्रीय सचिवालय बैठकले ७ भदौका समयावधि तोकेका थियो।

तर आजसम्म पनि सबै तहको एकता टुङ्गाउन सकेको छैन। पार्टी एकताका बेला चाहिँ ३ महिनामा एकता प्रक्रिया टुङ्ग्याउने भनिएको थियो।

सबैभन्दा सकस प्रदेश–१ र २ मा परेको छ। त्यहाँको कार्यदलले जिल्लाहरुको नेतृत्व बाँडफाँटको बारेमा सहमति जुट्न नसक्दा शुक्रबार साँझसम्म प्रतिवेदन बुझाउन सकेको छैन।

प्रदेश–१ र २ मा पूर्व एमाले र पूर्व माओवादीबीच कुन कुन जिल्लाको नेतृत्व लिने भन्ने विषयमा अन्तिम टुङ्गो लागेको छैन।

विद्यार्थी, युवा, मजदुर ठूला जनवर्गीय संगठनहरुको एकता सम्बन्धी कार्यदलले पनि प्रतिवेदन बुझाउन सकेका छैनन्।

‘केही प्रदेशका कार्यदलले विवरण बुझाएपनि पूर्ण विवरण छैन’ केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘कार्यदलहरुको समय थप नगरिएपनि प्रतिवेदन बुझाउन लागि ताकेता गरिएको छ।’

नेकपाले १८ जेठमा प्रवाससहित आठ वटा प्रदेश र जनवर्गीय संगठन एकीकरणका लागि २२ वटा कार्यदल गठन गरेको थियो।

एकताकै लागि पछि सात वटा कार्यदल थप गरिएका थिए।

युवा संगठन एकीकरणका लागि गठन गरिएको कार्यदलका सदस्य रामप्रसाद सापकोटा (दीपशिखा) ले कार्यदलका सदस्य विरामी भएकाले समयमा काम नसकिएको बताए।

तेस्रो पटक मिति पछि सारेपनि कार्यदलहरुले समयमा प्रतिवेदन नबुझाएका कारण नेकपा स्थायी कमिटीको बैठकपनि पछि सरेको छ।

८–९ भदौका लागि लागि बोलाइएको स्थायी कमिटीका बैठक १८–१९ भदौका लागि सारिएको हो।

प्रदेश–२ मा एकता टुङ्ग्याउन अनौपचारिक छलफल जारी रहेको नेताहरुले बताएका छन्। प्रदेश–१ को हालतपनि यस्तै छ।

बाँकीमध्ये प्रदेश–३, ४, ५, ६ र ७ कार्यदलले प्रतिवेदन बुझाएपनि ती प्रतिवेदनपनि पूर्ण नरहेको नेकपाका एक नेताले बताए।

ती नेताको भनाईमा, प्रतिवेदन बुझाएको कतिपय जिल्लामा नेतृत्वको बारेमा सर्वसम्मत रुपमा निर्णय हुन सकेको छैन।

हालसम्म कार्यदलस्तरमा ६६ वटा जिल्लाका नेतृत्वको विषयमा सहमति भएको अनौपचारिक तबरमा बताइएको छ।

ती मध्ये पूर्व एमालेले ४० र पूर्व माओवादीले २६ जिल्लाको नेतृत्व लिने सहमति भएको छ।

नेकपाको भूगोलमा ७७ वटा जिल्ला कमिटी र चार वटा विशेष जिल्ला कमिटी रहेका छन्।

तल्लो तहमा जस्तै स्थायी समिति र केन्द्रीय सचिवालय बनाउनपनि नेकपालाई यस्तै सकस परेको थियो।

प्रकाशित ८ भदौ २०७५, शुक्रबार | 2018-08-24 19:42:20
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...