बिमस्टेक सम्मेलनमा भूटानबाट न राजा, न प्रधानमन्त्री



छिरिङ वाङ्चुक
छिरिङ वाङ्चुक

बहुपक्षीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौँमा भदौ दोस्रो साता हुने सम्मेलनको विभिन्न देशबाट हुने शीर्ष नेतृत्वको सहभागिताको टुङ्गो लागेको छ।

सदस्य देशका कार्यकारी राष्ट्र वा सरकार प्रमुख सहभागी हुने सम्मेलनमा भुटानबाट भने सर्वोच्च अदालतका प्रधान न्यायाधीश छिरिङ वाङ्चुकले प्रतिनिधित्वि गर्ने भएका छन्।

प्रधान न्यायाधीश वाङचुक भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार हुन्। भुटानी संविधानका धारा १९(१) मा स्वतन्त्र र निष्पक्ष बनाउनका लागि अन्तरिम सरकार गठन गर्ने र धारा १९ (२)मा त्यस्तो सरकारको नेतृत्व सर्वोच्च अदातलका प्रधान न्यायाधीश गर्ने व्यवस्था छ।

यस्तो अन्तरिम सरकारमा प्रधान न्यायाधीश प्रमुख सल्लाहकारको रुपमा रहने छन् भने मन्त्रिपरिषदका बाँकी सदस्यहरु सल्लाहकारका रुपमा रहने छन्।

राजासँग सल्लाह गरेर उनीहरुले कुनैपनि निर्णय गर्ने व्यवस्था त्यहाँको संविधानले गरेको छ।

सार्कमा संलग्न दक्षिण एशियाली देशमध्ये बंगलादेशमा पनि भुटानको जस्तै प्रधान न्यायाधीश नेतृत्वमा चुनावका लागि अन्तरिम सरकार गठन गर्ने व्यवस्था रहेको छ।

१४ साउन (३० जुलाई) मा भूटानी संसदको कार्यकाल समाप्त भएसँगै जननिर्वाचित सरकारका प्रधानमन्त्री छिरिङ तोग्बेले पदबाट राजिनामा दिइसकेका छन्।

संविधानअनुसार भुटानी नरेश जिम्मे खेशर वाङचुकले २४ साउन (९ अगस्ट) मा प्रधानन्यायाधीशको नेतृत्वमा ९ सदस्यीय अन्तरिम सरकार गठन गरेका थिए।

भुटानमा सेप्टेम्बर १५ (३० भदौ) मा पहिलो र अक्टोबर १८ (१ कार्तिक) मा दोस्रो चरणको चुनाव हुनेछ। पहिलो चरणमा चुनावमा जो जो पहिलो र दोस्रो हुन्छन्, दोस्रो चरणको चुनावमा उनीहरुमात्र प्रतिस्पर्धा गर्न पाउँछन्।

‘कुन–कुन देशबाट कस कसको सहभागिता रहनेछ भन्ने टुङ्गो लागेको छ’ परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन शाखाका प्रमुख कृष्णप्रसाद ढकालले भने, ‘बिमस्टेक सम्मेलनमा कार्यकारी राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्बन्धित देशको नेतृत्व गर्ने व्यवस्था छ। भुटानबाट अन्तरिम प्रमुख सल्लाहकारको सहभागिता हुनेछ।’

सम्मेलनमा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्यान्डका प्रधानमन्त्री प्रयूत चनओचा, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना सहभागी हुनेछन्।

१९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल र भुटान २००४ मा सदस्य बनेका हुन्। यसका चौथो शिखर सम्मेलनमा १४-१५ भदौमा काठमाडौँमा हुँदैछ।

प्रकाशित ४ भदौ २०७५, सोमबार | 2018-08-20 19:54:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...