केरुङ-काठमाडौँ रेलमार्गमा ९८ प्रतिशतभन्दा बढी सुरुङ र पुल

निर्माणका लागि ९ बर्ष लाग्ने



फाइल फोटो
फाइल फोटो
...

रेलमार्गको अधिकांस संरचनामा सुरुङ र पुल निर्माण गर्नुपर्ने भएपछि चिनिया रेल काडमाडौँमा आउने रेलमार्ग निर्माणका लागि ९ वर्ष लाग्ने भएको छ।

केरुङ-काठमाडौँ रेल निर्माण गर्न चिनिया टोलीले तयार गरेको प्रतिवेदन अनुसार, केरूङ-काठमाडौँ रेल मार्ग निर्माणको लागि दुई खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्ने देखिएको छ।

प्रतिवेदनमा उल्लेख भए अनुसार चीन-नेपाल सीमानाबाट काठमाडौँसम्मको रेलमार्ग ७२.२५ किमी हुनेछ।

त्यसमध्ये पुल तथा टनेलमात्रै ९८.५५ हुने रेलवे विभागका प्रवक्ता प्रकाश उपाध्यायले बताएका छन्। ‘रेगलमार्गको अधिकांस भाग पुल र टनेल हुने भए’ उपाध्यायले नेपालखबरसँग भने।

रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब लाग्नेछ। यस हिसावले एक किलोमिटर रेलमार्ग बनाउन ३ अर्ब ५५ करोड लाग्ने हिसाव विभागले निकालेको छ।

निर्माण सुरु भएको ९ बर्षभित्र सम्पन्न हुँदा प्रति वर्ष २८ अर्ब ५५ करोड रुपियाँ लाग्ने पनि प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनका सम्बन्धमा छलफलका लागि नेपाली टोली शनिबार बेइजिङ प्रस्थान गरिसकेको विभागका प्रबक्ता उपाध्यायले जानकारी दिए।

औपचारिक रुपमा प्रतिवेदन सोमबार (४ भदौ) नेपाली पक्षलाई दिइने भएपनि अनौपचारिक रुपमा उपरोक्त समय र खर्चको अनुमानित विवरण चिनिया पक्षले नेपाली पक्षलाई दिइसकेको छ।

चिनिया पक्षले तयार पारेको उक्त प्रतिवदेनमाथि सोमबार र मंगलबार चिनिया र नेपाली टोलीबीच छलफल हुनेछ।

उपाध्यायका भनाईमा नेपाली पक्षले रेलमार्गमा लाग्ने लागत खर्चका लागि चीनले सहयोग गर्नु पर्ने प्रस्ताव राख्नेछ।

तर चीन सरकार सहयोगका लागि तयार नभए यो रकम नेपालले नै खर्च गर्ने तर चिनिया पक्ष्ँबाट प्राविधिक सहयोग लिने योजनामा छ।

चिनिया पक्षले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि नेपाली पक्ष सहमत भएको अवस्थामा डीपीआर निर्माणको प्रक्रिया छिट्टै बढ्नेछ।

डीपीआर निर्माणमा पनि लागि चीन सरकारसँग नै अनुरोध गर्ने मनस्थितिमा नेपाली पक्ष छ।

डीपीआर आगामी ९ महिनाभित्रै तयार पारिसक्ने प्रस्ताव नेपाली पक्षले राख्नेछ।

प्रकाशित ३ भदौ २०७५, आइतबार | 2018-08-19 17:02:51
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...