प्रधानमन्त्रीकाे निर्देशन: ‘विमस्टेक सम्मेलन अघि सडक मर्मत गरिसक्नु’




केपी शर्मा ओली
केपी शर्मा ओली
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक शिखर सम्मेलन आउनु अघि काठमाडौंका सडक मर्मतको काम गरिसक्न र सडक सफा राख्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री एवम् विमस्टेक शिखर सम्मेलन मूल तयारी समितिका अध्यक्ष ओलीले सम्मेलनलाई ध्यानमा राखेर काठमाडौंको सडकको मर्मत/सम्भारको कामलाई तीव्रता दिन पनि मातहतका निकायलाई सचेत गराएका हुन्।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बुधबार बसेको विमस्टेक मूल तयारी समितिको बैठकले विमस्टेक शिखर सम्मेलनको नारा, घोषणा पत्र तयारीलगायतको कामलाई अन्तिम रुप दिएको छ।

आसन्न विमस्टेक चौथो शिखर सम्मेलनको तयारीको कामलाई अन्तिम चरणमा पु-याएको सरकारको भनाई छ। सदस्य राष्ट्रहरुबीच लगानी र व्यापार प्रवद्र्धन हुने गरी संगठनलाई प्रभावकारी बनाउने गरी सम्मेलनको तयारीको कामलाई अन्तिम रुप दिइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरु आउने भएकाले सडकको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन पनि दिनु भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

आसन्न भदौ १४ र १५ गते काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक)को चौंथो शिखर सम्मेलन हुँदैछ। सरकारले सोही सम्मेलनको तयारीको कामलाई तीव्रता दिन मूल तयारी समिति र त्यस अन्तरगतका विभिन्न उपसमितिहरु बनाएको छ।

सम्मेलनलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण योगदान दिने गरी तयारीको कामलाई अघि बढाइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

 

प्रकाशित ३० साउन २०७५, बुधबार | 2018-08-15 19:46:25
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...