बामदेवलाई ओलीको अर्को ‘धोका’


Infocus



वामदेव गौतम
वामदेव गौतम

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय मंगलबार (२९ साउन) को मन्त्री परिषदबाट गराए।

पूर्व एमालेको ओली इतर खेमा र पूर्व माओवादी केन्द्रका मन्त्रीहरुको असहमतिका बाबजुद ओलीले मन्त्री परिषदबाट ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेका थिए।

कनिष्ट तहका सरकारी अधिकारी ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत बनाइएपछि कर्मचारीतन्त्रको असन्तुष्टिका कारण अघिल्लो कार्यकालमा सन्तोषजनक काम गर्न सकेका थिएनन्।

तिनै ज्ञवालीलाई पाँचौ कार्यकारी निर्देशक बनाएपछि नेकपाभित्र असन्तुष्टि चुलिएको छ। यसको चोट भने नेकपाका बरिष्ठ नेता बामदेब गौतमलाई परेको छ।

खासमा पुननिर्माण प्राधिकरण भन्दा शक्तिशाली विकास निर्माण प्राधिकरण निर्माण गरेर त्यसको नेतृत्व नेकपाका कुनै उच्च नेतालाई दिने आन्तरिक सहमति नेकपाभित्र थियो।

त्यो जिम्मेवारीका लागि नेकपाका केन्द्रीय सचिवालय सदस्य बामदेब गौतमले रुचि देखाएका थिए।

निर्वाचनमा पराजित गौतमलाई उचित भूमिका हुने गरी त्यस्तो प्राधिकरण निर्माण गर्नेमा पार्टीका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) पनि सहमत थिए।

खासमा पुनर्निर्माण प्राधिकरण १२ बैशाख ०७२ मा आएको भूकम्पबाट क्षति पुगेका संरचनाहरुको पुनर्निर्माणका लागि निर्माण गरिएको निकाय हो।

तर मुलुकको तीब्र विकासका लागि अझ शक्तिशाली निकाय गठन गर्नुपर्ने र त्यसलाई रेलमार्ग, अन्य सडकमार्ग निर्माण लगायतको जिम्मेवारी दिने सहमति नेताहरुबीच थियो।

यस्तो प्राधिकरण गठन गरिँदा त्यसले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण र नयाँ निर्माण त गथ्र्याे नै, मुलुकको तीब्र विकासको खाका र सोही अनुसार कामपनि त्यो प्राधिकरणले गर्न सक्थ्यो।

राजनीतिक व्यक्तित्व भएपनि विकास निर्माणका सम्बन्धमा चिन्तन गरिने भएकाले ओली र प्रचण्डले गौतमलाई यस्तो प्राधिकरण निर्माण गरेर त्यसको जिम्मेवारी दिने बचनपनि दिएका थिए।

३ फागुन ०७४ मा ओली प्रधानमन्त्री नियुक्त हुनासाथ गौतमलाई ओलीले प्राधिकरण निर्माण र त्यसको नेतृत्वको जिम्मा त दिए, तर प्राधिकरण गठन भने गरेनन्।

प्राधिकरण गठन होला र त्यसको नेतृत्व आफूलाई दिइएला भन्ने कुरामा गौतम लामो समय आशावादी भएर बसे। तर गठन नगरिँदा गौतम विस्तारै असन्तुष्ट बन्न थाले।

तर, मंगलबारको मन्त्री परिषद बैठकमा आफ्नै पार्टीका मन्त्रीहरुको असहमतिका बाबजुद ओलीले पुनर्निर्माण प्राधिकरणको नेतृत्व ज्ञवालीलाई दिएपछि गौतमले अपेक्षा गरेअनुरुपको शक्तिशाली प्राधिकरण बन्ने र त्यसको नेतृत्व पाउने सम्भावना करिब करिब समाप्त भएको छ।

यसको अर्थ के हो भने, गौतमले ओलीबाट फेरि अर्काे धोका पाएका छन्।

२०७० को दोस्रो संविधान सभा निर्वाचनदेखि नै गौतमले ओलीलाई निरन्तर साथ दिँदै आएका छन्, तर बदलामा धोका सिवाय केही पाएका छैनन्।

दोस्रो संविधान सभा निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा संसदीय दलको नेताका लागि गौतमले ओलीलाई सघाएका थिए। गौतमको समर्थनका कारण ओलीले तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्न सके।

ओली प्रधानमन्त्री बन्ने अवस्था आए संसदीय दलको नेता गौतमलाई छाड्ने ‘भद्र सहमति’ अनुसार गौतमले संसदीय दलको नेतामा ओलीलाई समर्थन गरेका थिए।

तर, ओलीले यो भद्र सहमति कार्यान्वयन गरेनन्। गौतमले पार्टीको नबौँ महाधिवेशनमा पनि ओलीलाई नै सहयोग गरे। र, ओली पार्टी अध्यक्ष निर्वाचित भए। तर त्यो बेलापनि संसदीय दलको नेतृत्व दिन चाहेनन्।

बरु, गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–१ बाट गौतमको पराजय भयो। आफ्नो पराजयको मुख्य कारण ओली निकट जिल्लास्तरीय नेताहरुको अन्तर्घात रहेको दाबी गौतमले गर्दै आएका छन्।

यसका बाबजुद भूकम्पबाट क्षति भएका संरचनाहरुको पनि निर्माण गर्ने र नेकपाको चुनाव घोषणा पत्र कार्यान्वयन हुने गरी शक्तिशाली बिकास निर्माण प्राधिकरण गठन हुने कुरामा केही समयअघिसम्म आशावादी थिए।

तर, आफैले दिएको बचन कार्यान्वयनमा ओलीले गरेको ढिलाईप्रति गौतम असन्तुष्ट थिए। मंगलबार पुनर्निर्माण प्राधिकरणमा ज्ञवालीलाई नै नियुक्त गर्ने निर्णय ओलीले गौतमलाई दिएको अर्को धोकाको रुपमा दरिन पुगेको छ।

प्रकाशित ३० साउन २०७५, बुधबार | 2018-08-15 17:54:15
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...