ओलीको गृहजिल्लामा यसरी हुने भो नेकपाको एकता


Kshamadevi Group


झापा एकता कार्यदलका सदस्यहरु
झापा एकता कार्यदलका सदस्यहरु

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पूर्व एमाले र माओवादी केन्द्रले एकताको मोडालिटी तय गरेका छन्।

बुधबार बिहान काठमाडौँको गौशालामा बसेको एकता कार्यदलले एकताको मोडालिटी तय गरेको हो।

दुबै पार्टीका नेताहरु रहेको संयुक्त कार्यदलले एकतापछि जिल्लाअध्यक्ष पूर्व एमालेको तर्फबाट हुने र सचिव पूर्व माओवादीबाट हुने निर्णय गरेको छ।

कार्यदलल एमालेबाट केन्द्रीय सदस्य रबिन कोइराला र जिल्ला अध्यक्ष चिन्तन पाठक तथा माओवादी केन्द्रबाट जिल्ला इञ्चार्ज झलकसिँह दर्लामी र जिल्ला अध्यक्ष विजय साम्पाङ छन्।

एकतापछि नेकपाको झापा जिल्ला कमिटी १ सय ७५ सदस्यीय हुने भएको छ, जसमा पूर्व एमालेबाट १ सय ५ र पूर्व माओवादी केन्द्रबाट ७० जना रहने भएका छन्।

जिल्ला नेतृत्वमा इञ्चार्ज र सहइञ्चार्ज, अध्यक्ष र सचिवसहितको व्यवस्थाका लागि केन्द्रीय कमिटी र प्रदेश कार्यदललाई सिफारिस गर्ने निर्णयपनि दुबै पक्षले गरेका छन्।

पार्टी केन्द्रमा जस्तै जिल्ला कार्यालयको व्यवस्थापन गर्ने निर्णयपनि उनीहरुले गरेका छन्। केन्द्रमा केन्द्रीय कार्यालय धुम्बाराहीस्थित पूर्व एमालेको कार्यालय र अन्य कार्यालय पेरिसडाँडास्थित पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालय तय गरिएको छ।

जसअनुसार पार्टीको जिल्ला कार्यालय पूर्व एमालेको जिल्ला कार्यालय हुनेछ भने पूर्व माओवादी केन्द्रको जिल्ला कार्यालयमा जनवर्गीय संगठन, मोर्चा, विभाग र प्रतिष्ठानहरुका कार्यालय रहनेछन्।

प्रकाशित ३० साउन २०७५, बुधबार | 2018-08-15 17:01:33
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।