‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफाबार छलफल सुरु

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति कांग्रेसकाे आपत्ति


Infocus


संघीय संसद
संघीय संसद

संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफाबार छलफल सुरु भएको छ।

NIC ASIA

समितिको बुधबार बसेको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु गरिएको हो। छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले विधेयकमा प्रस्तावित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाएका छन

नेपाली कांगे्रेसका सांसदद्वय गगन थापा र दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाउनु भएको हो। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस सांसद थापाले समग्र स्वास्थ्य क्षेत्रलाई समावेश हुनेगरी आयोगको क्षेत्राधिकार तोक्नुपर्ने माग पनि सरकारसँग गरे। उनले विधेयकमा आयोगको क्षेत्राधिकार भित्र उच्च शिक्षा अन्तरगतको स्वास्थ्य शिक्षा मात्रै समावेश गरिएको उल्लेख गर्दै त्यसमा सहमत हुन नसकेपछि आफूले संशोधन प्रस्ताव हाल्नु परेको पनि स्पष्ट पारे।

कांग्रेसका अर्का सांसद बडुले आयोगमा सदस्य मनोनित गर्ने अधिकार अध्यक्षलाई दिन नहुने माग गरे। सदस्य मनोनयन आयोगको निर्णय अनुसार हुने व्यवस्था गर्न आफूले विधेयकमा संशोधन दर्ता गरेको उनको भनाई थियो।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर ल्याइएको विधेयक भन्दै सरकारको बचाऊ गरेका थिए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले विधेयकले राष्ट्रिय आवश्यक्तालाई सम्बोधन गरेको उल्लेख गर्दै त्यसलाई खुला छलफल गरेर अघि बढाउन उपयुक्त हुने तर्क गरे।

नेपाल कम्युनिस्ट पार्टीकी अर्का सांसद रेखा शर्माले पनि विधेयकलाई खुला छलफल गरी टुंगो लगाउनुपर्नेमा जोड दिइन्। उनले सरकारी चिकित्सकहरुलाई निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था पनि विधेयकमा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार सरकारले अघि बढाएको विधेयकमा केदारभक्त माथेमा आयोगको भावनालाई पनि समेटनुपर्नेमा जोड दिएका थिए। बैठकमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमा व्यापक छलफल गरेर आवश्यक निर्णय लिन समिति समक्ष आग्रह गरेका थिए।

समितिको अर्को बैठक आइतबार बिहान ८ बजेका लागि बोलाइएको छ। बैठकमा विधेयकमाथिको छलफललाई निरन्तरता दिइने समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए।

प्रकाशित ३० साउन २०७५, बुधबार | 2018-08-15 16:38:24
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।