जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?



जाे जापानबाट फर्काइए
जाे जापानबाट फर्काइए

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई काठमाडौंस्थित जापानी दूतावासबाट भिषा लिएर जापान ओर्लिएपनि अध्यागमनबाटै फिर्ता पठाइएका एक्ला नेपाली नेता होइनन्।

१८ साउनमा टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थालको अध्यागमनले चार घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेपछि जापान प्रवेशमा अयोग्य ठहर्याउँदै काठमाडौं फिर्ता पठाइएका भट्टराई पछिल्ला पात्र मात्र हुन्।

छ वर्षअघि एमालकै केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार देवीप्रसाद ज्ञवालीलाई जापानको अध्यागमनले विमानस्थलबाटै नेपाल फर्कादिएको थियो।

भिषा भएर पनि जापान प्रवेश गर्न नपाउने नेपाली राजनीतिकर्मीको सूचीमा कांग्रेसका युवा नेता प्रदीप पौडेल तथा हाल नेकपाको केन्द्रीय सदस्य रहेका नयाँ शक्तिका तत्कालिन नेता कुमार पौडेल र शंकर भण्डारी पनि पर्छन्।

गत वर्षको भदौमा कांग्रेस केन्द्रीय सदस्य पौडेल कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति जापानको कार्यक्रममा सहभागी हुन गएका थिए। उनलाई प्रायोजन गर्ने व्यक्तिलाई अध्यागमनका अधिकारीहरुले सम्पर्क गर्न खोज्दा नभेटेपछि नेपाल फर्काइएको बताइएको थियो।

प्रदीपलाई करिब २० घण्टासम्म नियन्त्रणमा राखेर अध्यागमनले सोधपुछ गरेको थियो।

पौडेल र भण्डारी पनि नयाँ शक्ति पार्टीको प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन गत वर्ष जुनमा जापान प्रवेश गर्न खोजेका थिए। तर उनीहरुलाई पनि विमानस्थलबाटै नेपाल फर्काइएको थियो।

जापानको अध्यागमनबाट फिर्ता गरिएका भट्टराईदेखि भण्डारीसम्मले ‘जापानी दूतावासबाट भिषा लिएर जापान पुगेको व्यक्तिलाई प्रवेश नदिएर विमानस्थलबाटै फर्काउनु अपमानजनक भएको’ प्रतिक्रिया दिएका छन्। तर फिर्ता हुने यो क्रम भने रोकिएको छैन।

१९९० को दशकसम्म पनि नेपाली राहदानी बाहकलाई ‘अन अराइभल’ भिषा दिने जापान अहिले भिषा पाइसकेका व्यक्तिहरूलार्इ समेत प्रवेशमा यति धेरै कडाई किन गर्दैछ भन्ने प्रश्न उठेको छ। जापान ओहोरदोहोर गरिरहने व्यक्तिहरूका अनुसार ‘जापान अध्यागमनले जापान भ्रमण गर्नुको उद्देश्य खुल्ने विश्वासिलो कागजी प्रमाण खोज्छ, साथै भ्रमणको अवधिभरका लागि रकमको जोहो छ कि छैन भनेर पनि हेर्छ।

जापानले पर्यटन भिषामा गएका व्यक्तिलाई निर्धारित समयमा फर्किने सुनिश्चितता नहुन्जेलसम्म प्रवेश नै दिँदैन।

‘पहिला पासपोर्टको दुरुपयोग कम हुन्थ्यो र सहज थियो। नेपालीलाई अन अराइभल भिषा पनि थियो। अहिले जापान जान चाहने नेपालीको संख्या बढेसँगै समस्या पनि देखिन थालेको छ’, जापानका लागि पूर्व नेपाली राजदूत मदन भट्टराईले नेपालखबरसँग भने, ‘पछिल्लो समय विश्वभर अध्यागमनलाई कडा पारिएको छ। जापानमा नेपालीलाई मात्रै होइन अन्यलाई पनि कडा छ। ओभर स्टेसहितको कारणले गर्दा नेपालीलाई झनै कडा छ।’

नेपालका राजनीतिक दलहरुले विदेशमा आफ्ना सम्पर्क संगठन वा जनवर्गीय संगठनहरु खोल्ने गरे पनि कतिपय देशमा यस्ता राजनीतिक संगठन गैरकानुनी मानिन्छ। त्यस्ता संगठनहरूको निम्तोमा जाने नेताहरुले प्रवेश पाउने संभावना पनि कम हुन्छ।

अध्ययनको सिलसिलामा जापानमा लामो समय बसेका त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागका स‌ंयोजक डा.खड्ग केसीका अनुसार नेपालका राजनीतिक दलको कुन कमिटीको व्यक्ति हो भन्ने विषयलाई जापानको अध्यागमनले महत्व दिँदैन।

‘तर नेपालमा सार्वजनिक पदमा रहेका वा कागजात सबै भएका व्यक्तिहरुलाई जापान प्रवेशमा समस्या छैन’, केसी भन्छन्, ‘नेपालीहरुप्रति जापानीको नराम्रो धारणा छैन। तर नेपालबाट जापान जानेहरू पटक पटक किन फर्काइन्छन् भन्ने विषय राम्रोसँग खोजविन हुन आवश्यक छ।’

जापान विकसित विभिन्न देशको तुलनामा विदेशी आप्रवासी कम रहेको देश हो। जहाँ कूल जनसंख्यामा १.४ प्रतिशत मात्रै विदेशी छन्। जापानमा बस्ने विदेशीमध्ये आधाभन्दा बढी चिनियाँ र कोरियाली छन्। त्यसपछि ब्राजिलियन, फिलिपिनो र भियतनामी छन्। नेपालीहरु जापान जान थालेको एक शताब्दीभन्दा बढी भैसकेको छ। जापानमा नेपालीको संख्या एक लाख हाराहारी पुगेको अनुमान छ।

‘हाम्रोमा जस्तो अध्यागमन विभाग गृह अन्र्तगत नभएर जापानमा कानुन मन्त्रालय मातहत छ’, पूर्व राजदूत भट्टराई भन्छन्, ‘कानुन मन्त्रालय निकै कडा र सशक्त मानिन्छ।’

जापानमा विदेशीका लागि अध्यागमन नियम सहज बनाउनु पर्ने बहस पनि हुँदै आउको छ। ६५ बर्षभन्दा बढी उमेरको जनसंख्या २० प्रतिशतभन्दा माथि रहेका कारण विदेशहरुलाई जापान प्रवेश र बसोबासका लागि सहज वातावरण हुनुपर्ने माग हुँदै आएको छ।

तर जापानको संसदमा भएको पछिल्लो छलफलमा प्रधानमन्त्री सिन्जो अबेले अध्यागमन नीति खुकुलो बनाउने सरकारको कुनै योजना नभएको जवाफ दिएका छन्। उनले जापानको अर्थतन्त्र र पूर्वाधारलाई दिगो बनाइराख्न अध्यागमन नीतिलाई कडा बनाउन आवश्यक भएको तर्क पेश गरेका छन्।

जापानको अध्यागमनबाट फर्काइएकाहरूले काठामाडौंस्थित जापानी दूतावासले राम्रोसँग अध्ययन गरेर मात्र भिषा जारी गरे जापान पुगेर फर्किनु र अपमानित हुनु नपर्ने बताउने गरेका छन्।

काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ। दूतावासमा मिडिया हेर्ने अधिकारीले दूतावासको जवाफ आउने जानकारी दिएपनि यो रिपोर्ट तयार गर्दासम्म प्राप्त भएको छैन।

 

प्रकाशित २९ साउन २०७५, मंगलबार | 2018-08-14 16:02:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...