सीमामा हुने ज्यादती रोक्न नेपाल–भारत सहमत, चाडपर्वमा प्रमुख नाकामा डेस्क राखिने


Infocus



नेपाल–भारत सीमामा हुने ज्यादती रोक्न दुबै देशमा सुरक्षा प्रमुखबीच सहमति भएको छ। सीमामा हुने अपराध रोक्न नेपाल र भारतमा सशस्त्र बलले गर्ने संयुक्त गस्तीलाई तीव्रता दिने विषयमा सहमति भएको हो।

NIC ASIA

सशस्त्र प्रहरी बल महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र सीमा बलका प्रमुख रजनीकान्त मिश्राले शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेको हुन्। भारतको राजधानी नयाँ दिल्लीमा तीन दिनसम्म चलेको तेस्रो समन्वय बैठकपछि चाडपर्वमा दुबै देशका प्रमुख सीमामा सहयोगी कक्ष सञ्चालन गर्ने समेत सहमति भएको हो।

बैठकले मानव तथा लागूऔषध ओसारपसार, आतंकवादी गतिविधि तथा हातहतियारको अवैध कारोबार रोक्न समेत सहकार्य गर्न सहमति गरेको छ। दुबै देशका प्रमुखहरुले एकअर्काका सुरक्षा अधिकारीलाई तालिम र संयुक्त सहकार्यका लागि अवसर उपलब्ध गराउन समेत सहमति पत्रमा हस्ताक्षर भएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा सशस्त्रका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठ र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिम्सिना छन्।

त्यस्तै नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. ईला मैनाली प्रतिनिधि मण्डलमा सहभागी छन्।

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 14:18:35
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...