प्रचण्ड र नारायणकाजीबीच चीन भ्रमणको प्रतिस्पर्धा


Infocus



श्रेष्ठ र प्रचण्ड
श्रेष्ठ र प्रचण्ड
फाइल फोटो

नेकपाका दुई बरिष्ठ नेताहरुले आगामी भदौमा भारत र चीनको पालैपालो भ्रमण गर्ने भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रबक्ता नारायणकाजी श्रेष्ठले छिमेकी देशको पालैपालो भ्रमण गर्न लागेका हुन्।

पार्टी केन्द्रीय सचिवालयको बैठकपछि बिहीबार नारायणकाजी श्रेष्ठले आफ्नो नेतृत्वमा १२–१९ सेप्टेम्बर (२७ भदौ–३ असोज) सम्म चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा नेकपाको एक प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने बताएका थिए।

बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा प्रबक्ता श्रेष्ठले यो कुरा बताएपनि बिहीबार साँझ फेसबुक चाहिँ यो कुरा उल्लेख गरेका छैनन्। प्रबक्ता श्रेष्ठको चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्डको भारत तथा चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ।

जस अनुसार प्रचण्डले २२ भदौदेखि पाँच दिन भारतको भ्रमण गर्नेछन्। अध्यक्ष प्रचण्ड भारत भ्रमण सकेर नेपाल फर्केकै दिन प्रबक्ता श्रेष्ठको चीन भ्रमण सुरु हुनेछ। तर, प्रचण्ड भारत भ्रमणबाट फर्केकै दिन चीन भ्रमणमा जान लागेका श्रेष्ठलाई प्रचण्डले पनि पछ्याउने छन्।

किनभने, भारत भ्रमणबाट फर्केलगत्तै प्रचण्डपनि चीन भ्रमणमा जाने योजनामा छन्। उनी १ असोजमा चीन भ्रमणमा जाने बताइएको छ। पार्टी एकता लगत्तै प्रचण्डले आफूलाई चीन र भारत दुबै देशबाट भ्रमणको निम्तो आएको बताएका थिए।

श्रेष्ठ चीन भ्रमणमा नै रहेका बेला प्रचण्ड बेइजिङ भ्रमणमा रहनेछन्। तर, दुई नेताबीच चीनमा भेट हुन्छ वा हुँदैन, त्यो चाहिँ बताइएको छैन। नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली चाहिँ प्रधानमन्त्रीका हैसियतमा चीन भ्रमणमा गइसकेका छन्।

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 12:55:51
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं